सामाजिक परिचालक
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।।।
प्रथम पटक प्रकासित मिति : २०८२ कार्तिक २७ गते
बहुउद्देश्यीय विकास समाज (MPDS) डडेल्धुरा २०५५ सालमा स्थापना भएको गैरसरकारी संस्था हो । यस संस्थाले विभिन्न दातृ निकायको सहयोगमा सुदुरपश्चिम प्रदेशका जिल्लाहरुमा स्वास्थ्य, शिक्षा, कृषि तथा जिविकोपार्जन, खाद्य तथा पोषण सुरक्षा, जलवायू परिर्वतन तथा अनुकुलन, विपत जोखिम न्यूनीकरण, सामाजिक परिचालन, आय आर्जन, सिप विकास, मानव अधिकार, जनवकालत, वाल अधिकार, महिला सशक्तीकरण, सुशासन, पारदर्शिता, पशु विकास, खानेपानी, सरसफाई तथा स्वच्छता (WASH), क्षमता विकास, मानवीय सहायता, राहत र प्रतिकार्य, पूर्वाधार विकास, एचआईभी, टिबी, मलेरिया रोकथामको क्षेत्रमा काम गर्दै आएको छ । हाल GIZ (Deutsche Gesellschaft für Internationale Zusammenarbeit) संगको साझेदारीमा यस संस्थाद्वारा डडेल्धुरा जिल्लाको आलिताल गाउपालिकामा संचालन हुन गईरहेको Health Equity and Access for the Last-mile Communities (HEAL) Project का लागि तपसिलका कर्मचारीहरु आवश्यक भएकाले सूचना प्रकासित भएको मितिले ७ दिन भित्र योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वानका लागि यो सूचना प्रकासित गरिएको छ ।
तपसिल
| पद | सामाजिक परिचालक |
| पद संख्या | २ (दुई) जना |
| कार्यक्षेत्र | आलिताल गाउपालिका, डडेल्धुरा |
| न्यूनतम योग्यता | मान्यता प्राप्त शिक्षण संस्थावाट स्वास्थ्य विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी स्वास्थ्य, GEDSI, अधिकार लगायतको क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको । |
| ज्ञान, सीप, कार्य अनुभव, र प्रतिवद्धता |
|
| कागजातहरु | निवदेन, वैयक्तिक विवरण (Updated CV) र नागरिकता । |
| पारिश्रमिक | कार्यक्रमको नियमानुसार । |
दरखास्त पेश गर्ने तरिकाः
तोकिएको मापदण्ड पुगेका ईच्छुक आवेदकहरुले आफुले काम गर्ने वडा उल्लेख गरिएको निवेदन र अध्यावधिक गरेको वायोडाटा सहित मिति २०८२ मंसिर ०३ गते (November 19, 2025) भित्र संस्थाको ईमेल recruitment@mpdsnepal.org.np मा पठाउन हुन अनुरोध गरिन्छ ।
योग्यता पुगेका सिमान्तकृत तथा लक्षित समुदायका व्यक्ति महिला, दलित, जनजाति लाई विशेष प्राथमिकता दिइनेछ ।
छोटोसूचीमा सफल भएका आवेदकहरुलाई मात्र अर्को प्रक्रियाको लागि सूचना गरिनेछ ।
Note :
- MPDS ले लैङ्गिक समानता र सबैको सुरक्षा र संरक्षणको सम्मान र प्रवर्द्धन गर्ने जिम्मेवारी आफ्नो भएको स्वीकार गर्दछ । MPDS को दुर्व्यवहार सम्बन्धी शून्य-सहिष्णुता नीति छ । MPDS ले सम्भावित उम्मेदवारहरूको पृष्ठभूमि जाँच गर्ने अधिकार सुरक्षित राख्छ । MPDS सँग सम्बन्धित सबै कर्मचारी र सल्लाहकारहरूले प्रतिवद्धताको कथन र आचार संहितामा हस्ताक्षर गर्नुपर्छ र सहमत हुनुपर्छ । आचार संहितामा हस्ताक्षर गर्न अस्वीकार गर्दा उम्मेदवारलाई भूमिकामा नियुक्त गरिने छैन र MPDS संलग्न बालबालिका र बृद्धबृद्धाको कल्याणलाई प्रवर्धन गर्न प्रतिवद्ध छ ।
- माथि उल्लेखित मापदण्ड अनुसार वा रित नपुगी प्राप्त भएका आवेदनहरु मुल्यांकन प्रक्रियामा समाबेश गरिने छैनन् ।
कर्मचारी पदपूर्ति समिति
MPDS डडेल्धुरा
Overview
| Category | Public Health, Development Project |
| Openings | 2 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 13 Nov, 2025 |
| Apply Before | 19 Nov, 2025 |
| City | Dadeldhura |