सुचीदर्ता गर्ने सम्बन्धी सूचना

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

सुचीदर्ता गर्ने सम्बन्धी सूचना

(REF.: BWSN/EOI/01/2082/083)

प्रकाशित मिति: २०८२ कार्तिक २७ (13 November 2025)

बागमती सेवा समाज नेपाल (BWSN) — सन् १९९५ मा स्थापना भएको, नेपालभरिका गरिब, युवा, विपन्न तथा सीमान्तकृत समुदायहरूको जीवनस्तर सुधार गर्न समर्पित गैर–सरकारी, गैर–नाफामुखी संस्था हो। “बालबालिकाहरूको कुरा सुन्नुहोस्” भन्ने आदर्श वाक्यबाट निर्देशित BWSN ले शिक्षा, बाल संरक्षण, स्वास्थ्य, जीविकोपार्जन, पानी तथा सरसफाइ र विपद् व्यवस्थापनका क्षेत्रमा बाल–केन्द्रित विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

विभिन्न दातृ निकायहरूसँग सहकार्य गर्दै BWSN ले कोशी र मधेश प्रदेशमा बाल तथा परिवार कल्याण प्रवर्द्धन, बाल अधिकार संरक्षण सुदृढीकरण, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन/पोषण र दिगो विकासमा समुदायको लचिलोपन अभिवृद्धि गर्ने कार्यमा केन्द्रित छ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा, BWSN ले सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका मा “प्रायोजन सञ्चालन कार्यक्रम (SOP)” र “नागरिक आवाज तथा कार्यहरू, बाल संरक्षणका प्रमुख परियोजना मोडेलहरू” लागू गर्दै आएको छ।

यसै सन्दर्भमा, आ.व. २०२५/२०२६ का लागि आवश्यकताअनुसार एकपटक वा पटक–पटक खरिद गर्नुपर्ने निम्न सेवा तथा सामग्रीहरूको लागि दीर्घकालीन सम्झौता (Long Term Agreement) गर्नुपर्ने भएकाले, योग्य इजाजतप्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक तथा संस्थाहरूलाई पूर्व–योग्यता (Supplier Pre-Qualification Process) मार्फत सुचीदर्ता गर्न आवेदन दिन यसै सूचनामार्फत आह्वान गरिएको छ।

इच्छुक आवेदकहरूले आवश्यक कागजातहरू सहितको आवेदन मिति २०८२ मंगसिर ११ (27 November 2025) भित्र कार्यालय समयमा पेश गर्न अनुरोध गरिएको छ।

१. सेवा तथा सामग्री खरिदका क्षेत्रहरू

  • घरपालुवा जनावरहरु सम्बन्धि खरिद विक्री
  • फर्निचर तथा फर्निसिङ्ग सामग्री
  • कार्यालय मसलन्द, स्टेशनरी तथा खेलकुद सामग्री आपूर्ति
  • विद्यालय पोशाक, ब्याग तथा तयारी कपडा आपूर्ति
  • किराना, सौन्दर्य, चप्पल–जुत्ता, भाँडा–वर्तन, ग्यास र विजुली सामग्री आपूर्ति
  • कम्प्युटर, ल्यापटप, प्रिन्टर, मोबाइल तथा इलेक्ट्रोनिक सामान आपूर्ति तथा मर्मत
  • होटल तथा तालीम सेवा
  • सवारी साधन भाडा (बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअप भ्यान, ट्र्याक्टर, अटो आदि)
  • छपाइ सेवा (कपी, पोस्टर, टि–सर्ट, कप प्रिन्ट, किताब, फ्लेक्स ब्यानर, मायाको चिनो, होडिङ बोर्ड, भित्ते लेखन आदि)
  • विज्ञापन, सूचना तथा सन्देश प्रसारण सेवा र कुरियर सेवा
  • मोटरसाइकल मर्मत तथा पार्टपुर्जा आपूर्ति
  • प्राथमिक उपचार तथा मेडिकल औजार आपूर्ति
  • परामर्श सेवा तथा उद्यमशीलता / सीपमूलक तालिम सेवा
  • स्वयंसेवक तथा तथ्याङ्क संकलनकर्ता सेवा
  • संगीत उपकरणहरू

२. पेश गर्नुपर्ने आवश्यक कागजातहरू

  • निवेदनपत्र (BWSN) बाट प्राप्त हुने सूचिकृत फारमम
  • फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र अधिकृत विक्रेता प्रमाणपत्र
  • स्थायी लेखा नम्बर (PAN) वा मू.अ.कर दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • आ.व. २०८१/२०८२ को कर चुक्ता प्रमाणपत्र (यदि अवधि थप भएको छ भने सोको प्रमाणपत्र सहित)

३. फारम प्राप्ति

आवश्यक सुचीदर्ता फारम BWSN कार्यालयमा सम्पर्क गरेर लिन सकिनेछ, वा इमेल मार्फत माग गर्न सकिनेछ, साथै तल दिइएको लिंकबाट डाउनलोड गर्न सकिनेछ।

Suppliers Registration Forms 

सम्पर्क ठेगाना

बागमती सेवा समाज नेपाल (BWSN)

हरिवन नगरपालिका – ११, सर्लाही

फोन: ०४६–५३०५०१

इमेल: [procurement@bwsn.org.np]

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 13 Nov, 2025
Apply Before 27 Nov, 2025
City Sarlahi