सामाजिक परिचालक

Dalit JanKalyan Yuba Club Lahan

Details / requirements:

दलित जनकल्याण युवा क्लव, लहान विगत २४ वर्षदेखि सिरहा जिल्लामा दलित अधिकार, भूमि तथा पोषण, खाद्य अधिकार, सुशासन, महिला अधिकार, शिक्षा, जीविकोपार्जन, खानेपानी स्वच्छता, तथा सरसफाई, हरवा चरवा अधिकार तथा दलित अधिकारको सवालमा काम गर्दै आइरहेको गैह्र नाफामुलक गैह्रसरकारी संस्था हो । हाल यो संस्था एक्सनएड नेपाल, वाटरएड नेपाल, द फ्रिडम फण्ड, र प्लान ईन्टरनेशनल नेपाल, मेनोनाइट सेन्ट्रल कमिटि (एमसिसि) नेपालसंग सिरहा जिल्लामा कामगर्दैआईरहेको छ । त्यसैगरी, यस संस्था विगतको दिनमा युएनडिपी, डिएफआईडि, केयर नेपाल र युकेएड जस्ता साझेदार संस्थासंग काम गरिसकेको अनुभव छ । 

यसै सन्दर्भमा मेनोनाइट सेन्ट्रल कमिटि ( एमसिसि ) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा “Inclusive & Quality Education for Children of Bariyarpatti & Nawarajpur Rural Municipality in Siraha” अन्तर्गत तपसिल बमोजिम कर्मचारीहरूको आवश्यकता भएकोले उल्लेखित योग्यता पुगेका इच्छुक नेपाली नागरीकहरूबाट दरखास्त आव्हान गरिन्छ । दरखास्तको लागि व्यक्तिगत विवरण (biodata) र आशय पत्र, लगायतका कागजातसहित  मिति २०८2 कार्तिक १ गते सम्म (२०२५ ओक्टोबर १८ तारिक बिहान सम्म) (7 दिन) भित्र यस लिङ्कमा: https://ee.kobotoolbox.org/x/7htx0D5z  र vacancy@djkyc.org मा इमेल गर्न वा दलित जनकल्याण युवा क्लव लहान न.पा वडा नं. १४, प्रदिप गिरीको आश्रम स्थित कार्यालयमा आवेदन दिन यो सुचना प्रकाशित गरिएको छ । साथै संस्थाको वेवसाईट: www.djkyc.org हेर्न सकिनेछ ।

बिज्ञापन नं. १  

पद: सामाजिक परिचालक ( १ जना ) 

कार्यक्षेत्र: बरियार पट्टी र नवराजपुर गाउँपालिका (मासिक बैठक, आवधिक समिक्षा, तालिम, पेश्की फर्छौट तथा प्रतिवेदनको काम बाहेक कार्य क्षेत्रमै रहनु पर्ने)

पदिय जिम्मेवारीको सारंश:

समाजिक परिचालकले पदमा रही संस्थाद्वारा संचालित समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना मार्फत शैक्षिक सुधार मार्फत सामाजिक रुपान्तरणको लागि बिभिन्न काम तथा जिम्मेवारीहरू निर्वाह गर्नु पर्नेछ । यस संस्थामा काम गर्दा संस्थाको नीति, नियम, आचारसंहिताहरूलाई परिपालना गर्देसमाजिक परिचालनको कामहरू गर्नु पर्ने छ ।

योग्यता तथा अनुभव:

प्रवीणता प्रमाण पत्र उतीर्ण भई कम्तिमा सामाजिक परिचालकको रुपमा सरकारी तथा गैर सरकारी संस्थामा न्युनतम एक वर्ष काम गरेको अनुभव भएको वा एस.एल.सी. उतीर्ण भई सामाजिक परिचालक पदमा रही कुनै पनि सरकारी तथा गैर सरकारी संस्थामा कम्तिमा ३ बर्ष काम गरेको अनुभब भएको हुनु पर्नेछ ।

सुपरभिजन तथा जवाफेदहीता:

सामाजिक परिचालकहरूको कार्यक्रमको सुपरभिजन कार्यक्रम अधिकृतबाट हुनेछ भने सामाजिक परिचालकले आफ्नो सबै संस्थागत जिम्मेवारीका लागि कार्यक्रम अधिकृतप्रति जवाफदेही हुनुपर्नेछ भने प्रतिबेदन पनि कार्यक्रम अधिकृतलाई नै पठाउनु पर्ने छ ।

जिम्मेवारीहरू:

  • परियोजनाको लक्ष्य प्राप्तीका लागि सामुदायिक गतिविधि सञ्चालन गर्न लचिलो भई सामुदायिक परिवेश अनुकुल उपलब्ध हुनुपर्नेछ भने कार्यालय समयको हकमा दैनिक ७ घण्टा अर्थात हप्तामा ५६ घण्टा काम गरेको हुनु पर्नेछ । कार्यालयमा रहँदा तोकिएको काममा केन्द्रित रही अतिरिक्त समय भए आफ्नो जिम्मेवारीसँग सम्वन्धित क्रियाकलापमा संलग्न भई कार्यालय समयको अधिकतम सदुपयोग गर्नु पर्नेछ । 
  • परियोजनाको वार्षिक, अर्धवार्षिक र त्रैमासिक योजनासँग तादम्यता हुनेगरी आफ्नो साप्ताहीक तथा मासिक कार्य योजना बनाई समुदाय वा कार्यक्षेत्रमा परिचालित हुने । 
  • अनुकुल शैक्षिक वातावरणका लागि सामुदायिक सरोकारवालाहरू, विद्यालय, राजनैतिक नेतृत्व तथा नागरिक अगुवाहरू, जनप्रतिनीधिहरू सँग नियमित रुपमा समन्वय तथा सहकार्य गर्ने ।
  • बालमैत्री शैक्षिक वातावरणका लागि विविध सचेतनामुलक गतिविधिहरू सञ्चालन गर्ने 
  • विविध कारणले विद्यालय बाहिर रहेका विद्यालय उमेरका बालबालिकालाई विद्यालयमा ल्याउन समुदाय, तथा घरभेट गरी अविभावकहरूलाई परामर्श दिने ।
  • आफ्नो कार्यक्षेत्रका लक्षित बालबालिकाको अवस्था विश्लेषण गरी समस्याको कारणसम्म पुगेर आवश्यकता पहिचान गर्ने र प्राथमिकिकरण गर्ने ।
  • लक्षित समुदायमा सामुदायिक समुहहरू मार्फत अविभावक शिक्षा तथा सचेतना कक्षा सञ्चालन गर्ने ।
  • लक्षित बालबालिकाका परिवारको खाद्य सूरक्षा तथा जिविकोपार्जन सम्वन्धि समस्या समाधानका लागि अन्तर परियोजना समन्वय एवं सहकार्य गर्ने ।  
  • कार्यक्रमको निर्देशिका अनुसार सामुदायिक सिकाई केन्द्रहरूमा बालबालिकाहरूको सक्रिय सहभागिताका लागि आवश्यक भूमिका निर्वाह गर्ने  ।  
  • सामुदायिक सिकाई केन्द्रहरूमा नियुक्त स्वयं सेवकहरूको परिचालन, निरीक्षण तथा प्रतिवेदन गर्ने ।
  • परियोजना अन्तर्गत हुने कुनै पनि भौतिक वा आर्थिक सहयोग परियोजनाको मर्म अनुसार लक्षित बालबालिका वा परिवारले मात्रै पाउने सुनिश्चिताका लागि सहजिकरण गर्नुपर्नेछ । 
  • कार्य सम्पादनको क्रममा सधै संस्थागत मूल्य मान्यता, नीतिनियम, आचार संहिता प्रति सचेत रहनुपर्नेछ । 
  • सामाजिक परिचालकले परियोजना टिमसँग संयुक्त रुपमा कार्ययोजना बनाई कार्यान्वयन तथा सहजीकरण गर्नु पर्नेछ । 
  • संस्था तथा परियोजनाको श्रोत साधनको उपयोगमा अधिकतम मितब्ययिता अपनाई समुदाय र सरोकारवालाहरूसँग साझेदारी र सहकार्य मार्फत थप श्रोत जुटाउन पहल गर्नुपर्नेछ । 
  • महिनाभरी समुदाय/विद्यालयमा सम्पन्न गरिएको कामहरूको तोकिएको ढाँचामा तोकिएको समयभित्रै प्रतिवेदन गर्नुपर्नेछ ।  उपलब्धि, सिकाई तथा चुनौतीहरू मासिक  वैठकमा प्रस्तुत गरी आगामी महिनाको कार्यक्रमहरूको कार्य योजना वनाई कार्यान्वयन गर्नु पर्ने ।

पेश गर्नुपर्ने कागजातहरू:

  • दरखास्तको लागि आशय पत्र,
  • व्यक्तिगत विवरण (biodata)

नोट: संस्थाले दिएको कार्य जिम्मेवारी अनुसार अनुशासित, मर्यादित तथा जवाफदेही ढंगले कार्य सम्पादन नगरेको ठहर भएमा वा चित बुझ्दो तरिकाले काम सम्पन्न नगरेको मुल्याङ्गन भएमा संस्थाको नियमानुसार कार्वाही हुनेछ ।

पदपुर्ती समिति

दलित जनकल्याण युवा कल्व

लहान, सिरहा

फोन नं. ०३३ ५६१२९९/9862967958

Overview

Category Development Project, NGO/INGO/Social work
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details, SLC / SEE
Posted Date 13 Oct, 2025
Apply Before 18 Oct, 2025
City Lahan