सामग्रीहरू खरिद सम्बन्धी प्रथम पटक सिलबन्दी बोलपत्र आह्वान सम्बन्धमा ।

CLEAN UP NEPAL

Details / requirements:

मितिः २०८३ असार ३२

सामग्रीहरू खरिद सम्बन्धी प्रथम पटक सिलबन्दी बोलपत्र आह्वान सम्बन्धमा ।

यस संस्था स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) ले UNDP Nepal को साझेदारीमा Green Jobs Creation through Recycling and Up-cycling in Pokhara (GCRU) Project in Pokhara सञ्चालन गरिरहेको छ, जसमा Doko Foundation र Green Road Waste Management Pvt. Ltd सह–कार्यान्वयन साझेदारका रूपमा रहेका छन् ।

परियोजनाका लागि आवश्यक सामग्रीहरू खरिद गर्नुपर्ने भएकाले स्वच्छ सफा नेपाल खरिद नीति, २०२३ बमोजिम नेपाल सरकारमा विधिवत् दर्ता भएका इच्छुक फर्म तथा कम्पनीहरूबाट सिलबन्दी बोलपत्र (Tender) आह्वान गरिएको छ । यो सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी बोलपत्र संस्थामा दर्ता गराउन सम्बन्धित सबैलाई अनुरोध गरिन्छ ।

बोलपत्रदाताले यस सूचनामा उल्लेख गरिएका सम्पूर्ण आवश्यक कागजातहरू एउटै खाममा राखी सिलबन्दी गरी, खामको बाहिरी भागमा सम्बन्धित बोलपत्रको शीर्षक स्पष्ट रूपमा उल्लेख गरी निर्धारित समयभित्र पेश गर्नुपर्नेछ ।

For Supply, Delivery, Installation, and Commissioning of Machinery and Materials for Recycling and Upcycling (RU) Groups, under Green Jobs Creation through Recycling and Up-cycling in Pokhara (GCRU) Project in Pokhara Metropolitan City

तपशिलः

9k=

बोलपत्र आह्वान पत्रिका:अन्पूर्ण पोस्ट्

सिलबन्दी बोलपत्रसँग सम्बन्धित आवश्यक कागजात, शर्त तथा प्रावधानहरू र बोलपत्र मूल्याङ्कन तथा छनौटका आधारहरूः

Link: https://drive.google.com/file/d/1dgFm_4S1wgirWS7MJNC6_0YP-qMuiAan/view?usp=sharing

बोलपत्र स्वीकार गर्ने, रद्ध गर्ने, सामग्री योजनामाथप घट गर्ने र यस सम्बन्धिअन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।

यस बोलपत्र सम्बन्धी विस्तृत जानकारी कार्यलायको वेबसाईट https://cleanupnepal.org.np/procurement/ वा

Google doc link https://drive.google.com/drive/folders/1fHMzAVU4q3XdppkzkjAD5W8pZfEft5zY?usp=sharing बाट आवश्यक दस्तावेजहरू लिन सकिनेछ ।

विस्तृत जानकारीको लागीस् स्वच्छ सफा नेपाल (CLEAN UP NEPAL) को केन्द्रीय कार्यलय, वित्त शाखा, बालवाटार, काठमाण्डौ । फोन: ०१(४३७३१७५, ९८२३०८३५०५ वा ईमेल: procurement@cleanupnepal.org.np वा फिल्ड कार्यालय पोखरा, अमरसिंह चोक (सम्पर्क नम्बर ९८६०३०१७४५)

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 16 Jul, 2026
Apply Before 30 Jul, 2026
City Kathmandu