सिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सुचना ।।।
Details / requirements:
सिलबन्दी दरभाउ पेश गर्ने सम्बन्धि सुचना ।।।
प्रकाशित मिति: २०८१/०१/१२
सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्सा एक मुनाफा रहित गैर सरकारी संस्था हो । यस संस्थाले बिभिन्न दातृ निकायहरुसंग समन्वय र सहकार्यहरुमा मधेश प्रदेशका ८ वटै जिल्लाहरुमा सामाजिक विकासका क्षेत्रहरुमा कार्यहरु गर्दै आएको छ । यसै सन्दर्भमा सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र युनिसेफ नेपालको साझेदारीमा संचालित बालविवाह न्यूनीकरणका लागि रुपान्तरण कार्यक्रम अन्तर्गत peer leaders को लागि टि-सर्ट खरिद गर्ने भएको हुँदा सेवा प्रदायक फर्म/कम्पनीले आपुर्ती गर्नका लागि इच्छुक इजाजत प्राप्त ब्यवसायी/फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरुको अधिनमा रहि रितपुर्वक रुपमा शिलबन्दि दरभाउ (QUOTATION) पत्रमा दर रेट खुलाई ब्यक्ति तथा फर्म बिबरण PAN/VAT, ब्यबसाय दर्ता, करचुक्त्ता प्रमाणपत्रको प्रतिलिपी सहित दरभाउ (QUOTATION) पत्र पेश गर्न यो सुचना मार्फत शिलबन्दी दरभाउ आह्वान गरिन्छ । प्राप्त शिलबन्दी दरभाउ (QUOTATION) हरु स्विकृत गर्ने वा नगर्ने सम्बन्धी सम्पुर्ण अधिकार संस्थाको खरिद समितीमा निहित रहनेछ ।
पालना गर्नुपर्ने शर्तहरु:
- संस्थाले तोकेको ढाँचा वा फारममा मात्र कोटेशन बुझाउन आह्वान गरिन्छ साथै दरमा कर भ्याट समावेश भएको हुनुपर्नेछ ।
- दरभाउ पत्र लाई सिलबन्दी गरी पेश गर्नुपर्नेछ अन्यथा प्रकृयामा सहभागी गराईने छैन ।
- दरभाउ पत्र मिती: २०८१/०१/१२ गते देखि २०८१/०१/१८ गते साँझ ५ बजे भित्र सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साको कार्यालयमा बुझाउनु पर्नेछ ।
- मिती र समय नाघेका कोटेशनलाई समावेश गराईने छैन ।
- संस्थाले भुक्तानी गर्दा खाता दाखिला चेकबाट मात्र भुक्तानी गरिनेछ ।
- कम्पनिको भ्याट दर्ता, अन्तिम करचुक्ता प्रमाण पत्र र कम्पनि दर्ता प्रमाण पत्र तथा नविकरण गरीएको फोटोकपि कोटेशन संगै बुझाउनु पर्नेछ ।
- नेपाल सरकारको नियम अनुसार लाग्ने करकट्टी गरीनेछ ।
आपुर्ति गर्नुपर्ने सम्पुर्ण सेवाहरुको सुची तथा फारमका लागी तलको लिङ्कमा जानुहोस ।
https://drive.google.com/file/d/1Kvhv8uP5wF6mZHhYh5GXV4xXBxOWhO19/view?usp=sharing
सामाजिक संस्था जिल्ला समन्वय समिती, पर्सा (SODCC, Parsa)
केन्द्रिय कार्यालय: बिरगंज, पर्सा
सम्पर्क नं.: ०५१-५२७३३४
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 24 Apr, 2024 |
Apply Before | 30 Apr, 2024 |
City | Parsa |