Admin Associate

Bagmati Welfare Society Nepal(BWSN)

Bagmati Welfare Society Nepal (BWSN), a non-governmental Organization, is implementing Disaster Risk Management and Humanitarian Preparedness and Water Sanitation and Hygiene Promotion HIV and TB related projects funded by numerous donors . We have been working in numerous districts of Terai region

Details / requirements:

बागमती सेवा समाज नेपाल

हरिवन–११, सर्लाही

विज्ञापन प्रकाशित मितिः  २०८१/०१/२३

पुनः प्रकाशित मितिः  २०८१/०२/०२

बागमती सेवा समाज नेपाल जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता तथा समाज कल्याण परिषदमा आवद्ध रही समुदायको परिचालन मार्फत मानव अधिकार तथा समाजिक न्यायको सुनिश्चितता, माग तथा अधिकारमा आधारित विकास परियोजना तथा पैरवी लगायतका क्रियाकलाप सञ्चालन गरी सिमान्तकृत समुदायको जीवनस्तरमा गुणात्मक एवं उल्लेख्य सुधार ल्याउन तल्लिन रहेको एक गैरसरकारी संस्था हो । सिमान्तकृत तथा संकटाशन्न समुदायलाई आफ्नो लक्षित समूह बनाई समाज रुपान्तरणको २७ वर्ष लामो यात्रा पार गरेको यस संस्थाले विभिन्न सरकारी तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निकाय तथा विकास साझेदारहरूसँगको साझेदारी तथा सहकार्यमा मधेश प्रदेश लगायत देशका १७ वटा जिल्लाहरूमा काम गर्दै आएको छ । मुख्यतः यस संस्था मानव अधिकार, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता, महिला तथा बालबालिका, वातावरण, लघुउद्यम विकास, कृषि, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक पूर्वाधार आदि जस्ता क्षेत्रहरूमा काम गरी ग्रामिण क्षेत्रमा वसोबास गर्ने सिमान्तकृत तथा पहुँचशुन्य समुदायको सामाजिक तथा आर्थिक जीवन सुधार गर्नका लागि प्रतिवद्धता सहित त्यस्ता समुदायको परिचालन मार्फत निरन्तर सहयोग पुर्‍याउँदै आइरहेको छ ।

CARE NEPAL को नेतृत्वमा Associations of Youth Organizations Nepal -AYON, Howard Delafield International, Jhpiego and CRS Company तथा बागमती सेवा समाज नेपालको संयुक्त साझेदारीमा सञ्चालित "USAID Adolescent Reproductive Health" परियोजना १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशोरीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हाँसिल गराउन सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशोरीहरूलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा स्वस्थ निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पूर्ण क्षमताको विकास गर्नु रहेको छ ।

यो कार्यक्रम सर्लाही जिल्लाका आठ वटा पालिकाहरू: (१) ईश्वरपुर नगरपालिका (२) बरहथवा नगरपालिका (३) कविलासी नगरपालिका (४) चन्द्रनगर गाउँपालिका (५) हरिपुर  नगरपालिका (६) हरिपुर्वा नगरपालिका (७) ब्रह्मपुरी गाउँपालिका र (८) मलङ्वा नगरपालिका  पालिकामा  सञ्चालन हुनेछ । यस कार्यक्रमका लागि तपसिलमा उल्लेखित कर्मचारीको पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड पुगेका नेपाली नागरिकहरूले आवेदन पेश गर्नु हुन आह्वान गरिन्छ ।

क्र.सं.

पद र  संख्या

योग्यता तथा जिम्मेवारीहरू

१.

Admin Associate- 1 Nos. based in Harion Sarlahi Office

  • न्यूनतम योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन वा अर्थशास्त्र विषयमा प्रविणता प्रमाण पत्र तह वा दश जोड दुई उत्तीर्ण गरी गैरसरकारी संस्था तथा विकास साझेदारी संस्थामा प्रशासन तथा लेखामा क्षेत्रमा २ वर्षको अनुभव भएको साथै व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बधित कार्य अनुभव भएकालाई पनि प्राथमिकता दिइनेछ ।
  • मुख्य भूमिका र जिम्मेवारीहरू: संस्था र कार्यक्रमको प्रशासनिक कार्य, पेट्टी रकम व्यवस्थापन, सवारी साधन तथा स्टोर व्वस्थापन, खानेपानी बिजुली इन्टरनेटका बिलहरू र अन्य सहायक कागजातहरू तयार गर्ने, कार्यक्रमले तोकेको समयमा सहयोग गर्ने ।

विस्तृत कार्य विवरण: JD_BWSN_ Admin Associate.pdf

इच्छुक उम्मेदवारहरूले पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

  • व्यक्तिगत विवरण (Biodata) र बायोडाटामा एक प्रति पासपोर्ट साइजको फोटो राखेको हुनुपर्ने । विवरणमा पहिले काम गरेको निकायबाट २ जना सन्दर्भ व्यक्तिहरूको (References) नाम, सम्पर्क नं., ईमेल, कार्यालय र पद उल्लेख गर्नुपर्ने ।
  • शैक्षिक योग्यताका प्रमाणपत्र, तालिमका प्रमाणपत्रहरू, अनुभवको पत्र र नेपाली नागरिकताको प्रमाणपत्र १/१ थान ।
  • प्रतिलिपिहरूलाई सम्बन्धित आवेदकले स्वयं प्रमाणित गरिएको हुनुपर्ने छ ।
  • आवेदकले निवेदनमा अनिवार्य अपेक्षित तलब उल्लेख गरि माथि उल्लेखित कागजातहरू फाईलमा राखेर कार्यालयमा उपस्थित भई पेश गर्नुपर्नेछ वा ईमेल मार्फत आवेदन पेश गर्न चाहने आवेदकहरूले सबै प्रमाण पत्रहरूलाई एउटा पिडिएफ फाईल बनाई ईमेल पठाउनुपर्ने छ । अनलाईन आवेदन पेश गर्न संस्थाको ईमेल bwsn.hr@gmail.com मा पठाउनु पर्नेछ ।

छनौट प्रक्रियाः छोटो सूचि प्रकाशन, लिखित र अन्तर्वार्ता गरिनेछ ।

बागमती सेवा समाज नेपाल कुनैपनि प्रकारको दुर्व्यवहार र शोषणमा शुन्य सहनशिलता अपनाउँदछ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका वयस्कहरूलाई हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौँ  ।

सबै उम्मेद्वारहरूले परियोजना सम्झौतामा समेटिएका व्यक्तिको प्रावधानहरूमा बाल सुरक्षाको पालना गर्नुपर्छ । 

बागमती सेवा समाज नेपालका नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, बागमती सेवा समाज नेपालको आचार संहिताको सुरक्षा मापदण्ड, गुनासो व्यवस्थापन, बाल संरक्षण र नो हार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना सुनिश्चित गर्नुपर्छ । साथै गुनासो र समस्याहरूको गम्भीरता हेरी तत्काल सम्बोधन गरिन्छ । परियोजना जिल्लाका बासिन्दाहरू तथा विपन्न समूहका योग्य उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ ।

नोट: महिला, दलित, जनजाति र समाजमाा पछाडि पारिएका समुदाय, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, बञ्चितिकरणमा परेको वर्ग तथा स्थानियलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौट प्रकृयामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । संस्थाले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नु हुन समेत जानकारी गराईन्छ । आवेदन दिने अन्तिम मिति २०८१/०२/०६ गते दिनको ५:०० बजेसम्म । अनलाईन आवेदन पेश गर्न संस्थाको ईमेल bwsn.hr@gmail.com मा पठाउनुहुन अनुरोध छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५: ०० बजेसम्म ।

ठेगानाः

बागमती सेवा समाज नेपाल, हरिवन–११, USAID/ARH परियोजना कार्यालय करडिया चोक

फोनः ०४६–५३०५०१/ मो.नं. ९८५४०२८८७५

गुनासो वा सुझावको लागि ईमेलः complaintregister.bwsn@gmail.com

Overview

Category Administrative / Management, Development and Project
Openings 1
Position Type Full Time
Experience 2 Years
Education Graduate (Bachelors)
Posted Date 15 May, 2024
Apply Before 19 May, 2024
City Sarlahi