बाख्रा आपुर्ति सम्बन्धि टेण्डर आह्वान गरिएको सूचना

CEAD Nepal Doti

Details / requirements:

बाख्रा आपुर्ति सम्बन्धि टेण्डर आह्वान गरिएको सूचना

सूचना प्रकाशित मिति: २०८१/०१/२३

समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीको खरिद समितिको मिति. २०८१/०१/२३ को बैठकको निर्णय अनुसार यू.एम.एन डोटी संगको साझेदारीमा बोगटान फुडसिल गाउँपालिका वडा नं २,३,५ र ६ (केदारअखडा, कानाचौर, धिर्कामाण्डौ र गगुडां) मा संचालित बालबालिका उत्थानशील विकास परियोजना अन्र्तगत समूहका सदस्यहरुको आयआर्जनमा बृद्धि गर्नका लागी बाख्रापालनमा सहयोग गर्ने योजना अन्तर्गत आवश्यक कागजतपत्रहरु सहित तपशिलमा उल्लेखित सर्त र मापदण्डको अधिनमा रही टेण्डर आह्वान गरिएकाले सुचना प्रकाशन भएको मिति देखि १५ दिन भित्र कार्यालय समयमा पेश गर्नहुन ईच्छुक योग्यता पुगेका फर्महरुको लागि यो सूचना प्रकाशित गरिएको छ ।

विवरण

विस्तृत विवरण (स्पेसिफिकेशन)

माग परिणाम

स्वस्थ, वयस्क, र प्रजनन योग्य बाख्रा

१. बाख्राको जात: सुदूरपश्चिम पहाडी भागमा हुने खरी क्रस जातका बाख्राहरु हुनुपर्नेछ ।

२. बाख्राको उमेर: १ बर्ष देखि १.५ बर्षको (प्रजनन् योग्य उमेर ) स्वस्थ बाख्राहुनु पर्नेछ ।

३. बाख्राको तौल: १८ देखि २८ के.जी भित्रको हुनु पर्नेछ । प्रति के.जी दरमा मूल्य राख्नु पर्नेछ । यदि २८ के.जी भन्दा माथी तौलको भएमा बढी तौलको मूल्य  सिड नेपाल डोटी ब्यहोर्न बाध्य हुने छैन् ।

नोट:

  • बाख्रा ढुवानी: बाख्रा ढुवानी गर्दा उल्लेखित वडा कार्यालयहरु
  • (केदारअखडा, कानाचौर, धिर्कामाण्डौ र गगुडा) मा पुर्याउनु पर्नेछ र अतिरिक्त ढुवानी शुल्क लाग्ने वा नलाग्ने खुलाउनु पर्नेछ।
  • बाख्रा वितरण गरिने स्थानमाबाख्राको तौल लिइने र पशु स्वास्थ प्राबिधिकबाट बाख्राको स्वास्थ्य अवस्थाको जाँचगरि लिने दिने गरिनेछ । वितरण गर्ने बाख्रा पशु प्राबिधिक द्धारा स्वास्थ्य परीक्षण गरि स्वस्थ रहेको भनि प्रमाणित गरिएको कागजात उपलब्ध गराउनु पर्नेछ ।

१८० देखी २०० वटा बाख्रा

१. ईच्छुक सप्लायर्सले मिति २०८१।०१।२३ देखि २०८१।०२।०६ गते सम्म आफ्नो फर्मको फर्म दर्ता, नविकरण र पान तथा भ्याट दर्ता र कर चुक्ता प्रमाण र फर्मको प्रोपाईलको विधुत्तिय कपि ईमेल sushila.cead@gmail.com मार्फत प्राप्त भएपछि मात्र टेण्डर फाराम उपलब्ध गराउन सक्किनेछ ।

२. ईच्छुक सप्लायर्सले टेण्डर रकमको २ प्रतिशतले हुन आउने रकम टेण्डर सुरक्षाको लागि बैंक ग्यारेण्टि मिति २०८१।०२।०६ गते दिउसो १२ बजे भित्र पेश गर्नुपर्ने छ भने सोही दिनको २ बजे सिड नेपालको जिल्ला कार्यालयमा टेण्डर कर्ताहरुको उपस्थितिमा टेण्डर खोलिने छ ।

३. छनौटमा परेको सप्लायर्स संग एक बर्षका लागि दिर्घकालिन सम्झौता गर्न सकिने छ ।

४. टेण्डरको पुर्ण वा आंसिक स्वीकृती गर्ने वा अस्वीकृत गर्ने सम्पुर्ण अधिकार सिड नेपालमा रहने छ ।

५. विगतका बर्षहरुमा रु १५ लाखभन्दा बढीको कारोवार गरेको विवरण सहित विगत २ बर्षको कर चुक्ता प्रमाण पत्र पनि टेण्डरका साथ पेश गर्नुपर्ने छ । 

६. टेण्डरमा संचालकको हस्ताक्षर तथा फर्मको छाप अनिवार्य हुनु पर्नेछ र रित नपुगी आएका टेण्डरहरु अमान्य हुनेछन् र टेन्डर सिलबन्दि रुपमा बुझाउनु पर्ने छ।

७. सम्पर्क ठेगाना: सिड नेपाल डोटी फोनं. ०९४४११०११, ९८५८४४०४११, ९८६९१७८१९२ खरिद व्यवस्थापन शाखा, सिलगढी डोटी

८. ईमेल: sushila.cead@gmail.com

खरिद समिति

सिड नेपाल, डोटी

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 05 May, 2024
Apply Before 19 May, 2024
City Doti