सिलबन्दी बोलपत्रको सूचना आह्वान

Kalika Self Reliance Social Center

Details / requirements:

मिति: २०८३ बैशाख ११ गते

सिलबन्दी बोलपत्रको सूचना आह्वान

यस कालिका स्वावलम्बन सामाजिक केन्द्र द्वारा संचालित बिभिन्न परियोजनाहरूको लागि तपसिल बमोजिमको सामाग्रीहरू खरिद गर्नको लागि तल उल्लेखित शर्तहरूको अधिनमा रहने गरी इच्छुक तथा इजाजत प्राप्त नेपाली नागरिक व्यक्ति वा फर्महरूबाट फर्म पान/भ्याट दर्ताको प्रतिलिपी, घरेलु दर्ताको प्रतिलिपी तथा नबिकरण, आ.ब. २०८१।०८२ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपी सहित पेश गर्नको लागि सिलबन्दी बोलपत्र आह्वान गरिन्छ ।

तपसिलः

१. माउ तथा पाठी बाख्रा

२. Water Purifier System (With Installation)

प्राप्त सिलबन्दी बोलपत्र रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी कालिका स्वावलम्बन सामाजिक केन्द्र (KSSC-Nepal) तौलिहवा कपिलवस्तुमा मिति २०८३ बैशाख २५ गते तदानुसार 8th May 2026 बेलुका ५:०० बजे भित्र बुझाई सक्नु पर्नेछ । सिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ ।

मिति २०८३ बैशाख २८ गते तदानुसार 11th May 2026 दिउँसो ११:०० बजे सिलबन्दी बोलपत्रदाताको प्रस्तावना खोलिने छ तथा सम्पुर्ण बोलपत्र पेश गर्ने बोलपत्रदातालाई यसै सूचनालाई आधार मानी बोलपत्र खोलिने मितिमा उपस्थित हुन जानकारी गराईन्छ । 

शर्तहरू:

१. आपुर्तिकर्ताले कार्यालयले उपलब्ध गराएको बोलपत्रमा आफुले तोकेको प्रति इकाई दर रेट प्रष्ट सँग उल्लेख गर्नुपर्नेछ साथै तोकेको दर रेट अनुसारको जम्मा रकम अङ्क र अक्षर दुबैमा उल्लेख गर्नु पर्नेछ । यदि कारणवश उल्लेख भएको जम्मा रकम नबुझिएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने छ ।

२. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरू हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ यदि कुनै पनि प्रकारका कागजातहरू पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछ ।

३. सिलबन्दी बोलपत्र तयारी तथा पेश गर्न लाग्ने कुनै पनि किसिमको खर्चहरू यस संस्थाले व्यहोर्ने छैन ।

४. खरिद गर्न खोजेको परिमाण कम या बढी हुन सक्नेछ ।

५. तपसिल बमोजिमको स्थान सम्म बोलपत्रदाताले बाख्रा ढुवानी गर्नुपर्नेछ तथा Water Purifier System जडान गर्नुपर्नेछ, सो बापत कार्यालयले कुनै किसिमको अतिरिक्त भुक्तानी गर्ने छैन ।

तपसिलः

बाख्राः यशोधरा गाँउपालिकाको २ स्थानमा, मायादेबी गाँउपालिकाको २ स्थानमा, शुद्धोधन गाँउपालिकाको २ स्थानमा तथा बिजयनगर गाँउपालिकाको ४ स्थान सम्म ढुवानी गर्नुपर्ने छ ।

Water Purifier System Installation: शुद्धोधन गाँउपालिका ४ र ५ मा ३ वटा, मायादेबी गाँउपालिका १ मा १ वटा, यशोधरा गाँउपालिका ५ र ७ मा २ वटा तथा विजयनगर गाँउपालिका ४ र ५ मा ३ वटा जडान गर्नु पर्नेछ ।

६. बिरामी बाख्राको आपुर्ति मान्य हुने छैन ।

७. आपुर्ति गरेको ७२ घण्टा भित्र बाख्राको मृत्यु भएको खण्डमा सोको सट्टामा सोही तौल बराबरको अर्को बाख्रा उपलब्ध गराउनु पर्नेछ र सो बापत कुनै किसिमको अतिरिक्त भुक्तानी गरिने छैन ।

८. Water Purifier System Installation गर्दा लाग्ने सहयोगी सामाग्रीहरु बोलपत्रदाता स्वंयले नै व्यवस्था गर्नुपर्नेछ र सो बापत कार्यलय कुनै अतिरिक्त भुक्तानी गर्ने छैन तसर्थ बोलपत्र पेश गर्दा कबोल गरेको रकममा सम्पुर्ण खर्चहरु समावेश गरी मात्र दर पेश गर्नु पर्नेछ ।

९. बिग्रेको (काम नगर्ने) Water Purifier Install गर्न पाइने छैन तथा बोलपत्रमा वारेन्टी तथा ग्यारेन्टीको समय पनि उल्लेख गर्नु पर्नेछ ।

१०. Water Purifier System कसरी संचालन गर्ने भनी अभिमुखीकरण गर्नु पर्नेछ तथा Manual पनि उपलब्ध गराउनु पर्नेछ ।

११. इमेलबाट पठाइएको बोलपत्र  स्वीकार गरिने छैन तसर्थ सिलबन्दी बोलपत्र फारम कार्यालय मै बुझाई दर्ता गराउनु पर्नेछ ।

१२. म्याद नाघेको, रित नपुगेको बोलपत्र उपर कुनै कारवाही गरिने छैन ।

१३. प्राप्त सिलबन्दी बोलपत्रहरू खोलिने मिति र समय माथि उल्लेख गरिएको छ । बोलपत्रदाता वा निजको प्रतिनिधीको अनुपस्थितमा पनि बोलपत्र खोल्न कुनै बाधा पुग्ने छैन ।

१४. दररेट पूर्ण वा आंशिक रूपमा कुनै कारण जनाई वा नजनाई स्वीकृत गर्ने वा नगर्ने वा सूचना नै रद्द गर्ने सम्पुर्ण अधिकार यस कालिका स्वावलम्बन सामाजिक केन्द्रको खरिद तथा लिलाम बिक्री समितिमा निहित रहने छ ।

१५. माथि उल्लेखित भएका कुराहरू बाहेक अन्य कुरा प्रष्ट गर्नु परेमा निम्न ठेगानामा सम्पर्क राखी जानकारी लिन सकिने छ ।

१६. बोलपत्र फारम आवश्यक परेमा यस कार्यालयमा सम्पर्क गरी वा Jobs Nepal को अनलाइन पोर्टलबाट पनि डाउनलोड गर्न सकिन्छ । 

१७. यस सूचनामा उल्लेख गरिएका शर्त तथा बन्देजहरू यसै सूचना बमोजिम र अन्य आवश्यक कुराहरूको हकमा संस्थाको खरिद नियमावली बमोजिम हुनेछ ।

खरिद तथा लिलाम बिक्री उप-समिति

कालिका स्वावलम्बन सामाजिक केन्द्र

कपिलवस्तु नगरपालिका ०३, कालिका गाँउ, तौलिहवा

सम्पर्क नम्बरः ०७६-५६०२८२

गुनासो गर्नको लागिः

टोल फ्री नम्बरः १८१०५०००२८२

इमेलः cfm.kssc@gmail.com

LINKS:

Financial Proposal - GOAT

Financial Proposal - Water Purifier System

Self Declaration

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 24 Apr, 2026
Apply Before 08 May, 2026
City Kapilvastu