सडक नाटक प्रदर्शनी सेवा खरिद सम्वन्धि सूचना
Details / requirements:
सडक नाटक प्रदर्शनी सेवा खरिद सम्वन्धि सूचना
प्रथम पटक प्रकाशित मिति २०८३ असोज महिनाको १९ गते
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । क, असमानता विरुद्ध वकालत (सामाजिक न्याय), ख, उत्थानशिल जिबिकोपार्जन, ग, सुरक्षा र जिबन रक्षा, घ, स्वच्छता स्वास्थ्य तथा पोषण, ङ, जिवन उपयोगि तथा समावेशी शिक्षा र च, बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ ।
यस संस्थाको खरिद समितिको मिति २०८३ साल भदौ ३१ गतेको निर्णय अनुसार यस संस्थाको सानो कदम उज्ज्वल भविस्य (सार्थक परीयोजनको) लागी अबश्यक पर्ने यस चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख का वडाका बिभिन्न ४ ठाँउमा बालबालिका हेरचाह सम्वन्धि अभिभावक सचेतना सडक नाटक प्रदर्शनी गर्नुपर्ने भएकोले सेवा अपुर्तिका लागी ईच्छुक ब्यक्ति, फर्म र कम्पनीका लागी यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र संस्थामा कार्यको प्रस्तावना,आवश्यक कागजात र दरभाउ सहित संस्थाबाट उपलब्ध फाराम भरि संस्थाको इमेल procurement@sosec.org.np स्वयम, प्रतिनिधी उपस्थितभई वा इमेल मार्फत पेश गर्नका लागी यो सुचना प्रकाशन तथा प्रशारण गरिएको छ ।
तपशिल
आवश्यक सेवा । सामाग्री
१) बाल हेरचाह सम्वन्धि अभिभावक सचेतना सडक नाटक प्रदर्शनी
दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरुः
- समुदायस्तरीय सडक नाटक सञ्चालन गरेको ।
- सामाजिक तथा व्यवहार परिवर्तन, बालअधिकार, अभिभावकत्व, शिक्षा, स्वास्थ्य, संरक्षण वा सामुदायिक विकासका विषयमा काम गरेको ।
- प्राविधिक सन्देशलाई सरल, आकर्षक र रोचक कथामा रूपान्तरण गर्ने क्षमता भएको ।
- स्थानीय सामाजिक तथा सांस्कृतिक परिवेशको राम्रो बुझाइ भएको ।
- नेपाली तथा स्थानीय रूपमा उपयुक्त भाषामा प्रदर्शन गर्ने क्षमता भएको ।
- विविध समुदाय र दर्शकसँग अन्तरक्रिया गरेको अनुभव भएको ।
- बालअधिकार तथा बाल सुरक्षाप्रति प्रतिबद्ध ।
- लैङ्गिक संवेदनशील तथा सामाजिक रूपमा समावेशी कार्यशैली ।
- कार्यक्रमको प्राविधिक सुझावका आधारमा कथा तथा स्क्रिप्ट परिमार्जन गर्न सक्ने क्षमता ।
२) संस्थागत भएमा, फर्म दर्ता तथा नविकरणको प्रतिलिपी
३) स्थायी लेखा नम्बरको प्रतिलिपी
४) आ।ब। २०८१र८२ वा २०८२र८३ को करचुत्ता प्रमाण पत्रको प्रतिलिपी
५) सुरक्षा निति ९क्बाभनगबचमष्लन एयष्अिथ० मा हस्ताक्षर गरि हस्ताक्षर भएको प्रति
दरभाउ पेश गर्दा
१) खाममा शिलबन्दी वा इमेलमा पास्वोर्ड राखी पेश गर्नु पर्ने छ ।
२) तोकिएको समयमा सेवा उपलब्ध गराउन सक्ने सप्लायर्स वा ब्यक्तिलाई प्राथमिकता दिईने छ ।
३) दरभाउ पत्र खोल्ने समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन ।
४) आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन ।
५) केरमेट भएको, दरभाउको मुल्याकन गरिने छैन र ब्यक्ति, कम्पनी तथा फर्मको नाम अनिबार्य उल्लेख गर्नुपर्ने छ
६) अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।
७) दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः दरभाउ संस्थाको फिल्ड परियोजना कार्यालय जम्बुकाँध दैलेख
८) दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ साल असोज २५ गते सम्म पेश गरि सक्नु पर्नेछ दरभाउपत्र मिति २०८३ असोज २६ गते विहान ११:३० बजे खोलिने छ ।
९० दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।
LINK: ToR Street Drama
नोटः यस कार्यको बिस्तृत जानकारीका लागी तल दिइएको लिंङ्कमा गएर हेर्न सक्नुहुनेछ ।
खरिद समिति, सोसेक, नेपाल
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 06 Oct, 2026 |
| Apply Before | 11 Oct, 2026 |
| City | Dailekh |