सुचिदर्ता सम्बन्धी सूचना

NARMIN

Details / requirements:

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल

अनामनगर काठमाडौं

सुचिदर्ता सम्बन्धी सूचना

सूचना प्रकाशन मितिः २०८३/०४/०४

यस गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लाई आ.व. २०८३/०८४को लागि आवश्यक पर्ने तपसिलमा उल्लेखित वस्तु तथा सेवाहरू एकै पटक वा पटक–पटक गरी आपूर्ति प्रवाह गर्ने एवं मर्मत प्रयोजनका लागि सम्बन्धित विषयको कारोवार गर्न स्वीकृति प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरूलाई सूचि दर्ता गराउनु पर्ने भएकोले आफुले आपूर्ति/प्रवाह गर्ने वस्तु तथा सेवाहरूको स्पष्ट विवरण, सहित यसै साथ् संग्लग्न फारम भरि यस कार्यालयमा सुचिकृत हुन सार्वजनिक खरिद ऐन २०६३ को दफा ३० को उपदफा ६, दफा ४१ को उपदफा १ (क) र दफा ४६ बमोजिम सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको मितिले १५ दिन भित्रमा सुचिकृत हुन आउनका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

तपसिल

क्र.सं.
विवरण

मसलन्द, सामान्य स्टेशनरी आपूर्ति सम्बन्धी कार्य।

छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू।

हावाई टिकट सम्बन्धी कार्यहरू, रास्ट्रीय तथा अन्तर्राष्ट्रिय ।

कार्यालय उपकरण, सर्भर, ल्यापटप, प्रिन्टर, स्क्यानर, राउटर लगायत सामाग्रीहरूको आपूर्ति, जडान मर्मत सम्भार सम्बन्धी सम्पूर्ण कार्यहरू।

बैठक, गोष्ठी , सभा, सम्मेलनको लागि होटेल सेवा नेपाल भर प्रमुख शहरहरुमा सात वटै प्रदेश ।

 सवारि साधन मर्मत सम्बन्धी कार्यहरू

 बिमा सम्बन्धि कार्यहरू, दूर्घटना बिमा , स्वास्थ्य बिमा र सवारीसाधन बिमा समेत


 फर्निचर र फिक्चर्स, सामाग्रीहरू आपूर्ति र मर्मत सम्भार सम्बन्धी कार्यहरू


 ईमेल इन्टरनेट, क्लाउड स्पेश, नेटवर्किङ्ग सेवा, भुक्तानी प्रदायक सेवा सम्बन्धी कार्यहरू

१०

 कन्सलटेन्सी, परामर्शदाता, अनुसन्धान, कानुनि परामर्श लगायत अन्य विविध सेवा सम्बन्धी कार्यहरू।

११

 कुरियर, बिज्ञापन प्रकाशन सम्बन्धी कार्यहरू।

१२

 बाह्य लेखा परीक्षण सम्बन्धी कार्यहरू।

१३

 सवारी साधन भाडामा लिने सम्बन्धि नेपाल भर

LINK: Vendor Regestration Form.docx

थप जानकारीका लागिः

गाउँपालिका राष्ट्रिय महासंघ नेपाल

सगरमाथा गल्लि, अनामनगर -२९

काठमाडौं

फोन नं. ०१-५३२९८४१

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 21 Jul, 2026
Apply Before 04 Aug, 2026
City Kathmandu