शिलबन्दी कोटेशन आह्वानको सूचना
Rural Development Centre (RDC) Nepal is a non-political and non-profitable organization established in May 2002 with its head office in Rautahat District of Nepal. Since then, RDC is heavily engaged in humanitarian assistance, community development, conservation of natural resources, and environmental protection mainly in the Terai region of Nepal through the dozens of humanitarian and long-term development projects reaching out to the children, adolescent, youth, women, landless, urban poor, and people living with disabilities, HIV & AIDS, conflict and disaster survivors from the poor families of historically marginalized Dalits, Muslims, Madheshi and Indigenous communities and other underprivileged groups.
Details / requirements:
शिलबन्दी कोटेशन आह्वानको सूचना
प्रथम पटक प्रकाशित मिति २०८३/०३/१२ गते
ग्रामीण विकास केन्द्र नेपाल रौतहट र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित SHIELD-IPF परियोजना अन्तर्गत रौतहट जिल्लाको गरूडा नगरपालिका वडा नं ४, ५, ६, ८ र ९ मा shallow Tube well installation (9 sites) सम्बन्धि कार्यहरू गर्नुपर्ने भएको हुँदा ईच्छुक ईजाजत प्राप्त निर्माण व्यवसायीहरूबाट रीतपुर्वक शिलवन्दी कोटेशन आह्वान गरिन्छ ।
| कोटेशन सुचना नम्बर | सेवाको विवरण | विस्तृत विवरण | अनुमानित लागत | कोटेशन पेश गर्ने तरिका |
| RDC/RFQ/2025-026/24 | Shallow Tube well installation | As per BOQ | ने.रू २५,०४,४३३.00 (भ्याट सहित) | संस्थामा स्वयम् उपस्थित भई अथवा प्रतिनिधि मार्फत पेस गर्नु पर्नेछ । |
नोटः माथि उल्लेखित ताकिएको सबै सेवाको लागि दररेट भ्याट सहित पेश गर्नुपर्नेछ ।
१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ०७ दिन भित्र ईच्छुक व्यवसायीहरूले तल राखिएको link बाट फर्म download गर्न सकिने वा संस्थामा उपस्थित भइ बोलपत्र माग गर्न सकिनेछ ।
पेश गर्नुपर्ने
- फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ ।
- VAT को प्रमाण पत्रको प्रतिलिपि ।
- करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२) ।
- हस्ताक्षर र छाप गरिएको गा्रमिण विकास केन्द्र नेपालको Suppliers code of conduct, COI declaration form / Technical form
- सम्बन्धित कार्यको अनुभव प्रमाणित गर्ने कागजात पेश गर्ने प्रस्तावदाता लाई अतिरिक्त लाभ प्रदान गरिने छ ।
- प्रतिनिधिमार्फत प्रस्ताव पेश गरिने अवस्थामा सम्बन्धित कम्पनीको तर्फबाट जारी गरिएको अधिकारपत्र (Power of Attorney) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
- स्वार्थको द्वन्द्व (Conflict of Interest) सम्बन्धी व्यवस्था उल्लेख गरिएको (Bidder's Code of Conduct) मा हस्ताक्षर तथा छाप (Stamp) सहित पेश गर्नुपर्नेछ ।
- प्रस्तावको दर्ता (Registration) गर्ने समयमा प्रस्तावदाताको अधिकारप्राप्त प्रतिनिधि अनिवार्य रूपमा भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।
शर्तहरू
१. Technical तथा Financial Proposal फरक फरक खाममा शिलबन्दी सहित प्रेषकको नाम, सम्पर्क नं. ठेगाना उल्लेख गरेर संस्थाको चन्द्रपुर स्थित कार्यालयमा स्वयम् उपस्थित भई मिति २०८३/०३/१८ गते दिनको ५:०० बजे भित्र बुझाउन सकिनेछ ।
२. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ ।
३. कोटेशन आपुर्तिकर्ता प्रतिनिधीहरूको उपस्थितिमा संस्थाको कार्यालयमा २०८३/०३/१९ गते दिनको ११:०० बजे कोटेशन खोलिनेछ । आपुर्तिकर्ताले आफ्ना प्रतिनिधी उपस्थित नगराएको खण्डमा संस्थाले आफ्नो प्रकृया अनुसार कोटेशन खोली प्रकृया अगाडी बढाउन सक्नेछ ।
४. शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ ।
LINK:
ग्रामीण विकास केन्द्र नेपाल,
चन्द्रपुर ०४, रौतहट
फोन.नं.०५५–५४०२०३, Email: procurement@rdcnepal.org
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 26 Jun, 2026 |
| Apply Before | 02 Jul, 2026 |
| City | Rautahat |