सूचीकृत हुन आउने सम्बन्धी सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

सूचीकृत हुन आउने सम्बन्धी सूचना

(प्रकाशित मिति २०८२ असार १२ गते)

उपरोक्त सम्बन्धमा राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केएर नेपालसंगको सहकार्यमा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका, भगवानपुर, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी सप्तरी जिल्लाको रुपनी र अग्नीसाईर कृष्णसवरन गाउँपालिकाहरुमा संचालन भई रहेको जलवायुमैत्रि गाउँ परियोजना अन्तर्गत पालिका स्तरमा जनसमुदायमा जलवायु परिवर्तनका असर तथा जनस्तरमा देखिएका हानिकारक अभ्यासहरु जस्तै गुँइठा वाल्ने, कृषि वालीमा रसायनिक मल तथा विषादीको अत्याधिक प्रयोगबाट जनस्वास्थ तथा माटोमा देखिएको असर, वालीको अवशेषहरु जलाउने अभ्यासहरुले जलवायु परिवर्तनमा पारेका असरहरु विषयमा सचेतीकरण गर्ने, विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु  संचालन गर्ने, स्थानीय स्तरका युवा क्लवहरु, युवा संजालहरुको संस्थागत क्षमता विकास गर्न मद्दत पु–याउने उदेश्यले युवा क्लवहरु, युवा संजालहरुको सूचीकरण गरिने भएकोले देहाय बमोजिम योग्यता पुगेका सुचीकृत हुन इच्छुक युवा क्लबरसंजाल हरुलाई यो सूचना प्रकाशन भएको मितिबाट ७ दिन भित्र तपशिल बमोजिमका कागजातहरु सहित सुचीकृत हुनको लागि आवेदन पेश गर्नु हुन यो सूचना प्रकाशन गरिएको छ ।

संलग्न गर्नु पर्ने कागजातहरु र योग्यता:

१. सम्बन्धित निकायमा दर्ता भई माथि उल्लेखित पालिकाका युवाहरुले नेतृत्व गरेको युवा क्लव वा युवा संजाल हुनु पर्ने छ । 

२. बैंक खातार प्यान दर्ता भएको,  आ.व.२०८०/२०८१ सम्मको कर चुक्ता प्रमाण पत्र, संस्थाको विद्यान, संस्थाको अध्यक्षको नागरिकताको फोटोकपी, सम्पर्क नं.     

३. जलबायु परिवर्तन तथा कृषि सम्बन्धी  वा अन्य कुनै कार्यक्रम  संचालन गरेको भए अनुभव खुल्ने कागजातहरु 

४. सुचिकृत हुनको लागी आवेदन पेश गर्ने भनि कार्यसमितिले गरेको निर्णय

५.  तोकिएको म्याद पछि प्राप्त हुन आउने तथा रीतनपुगेका आवेदनहरु दर्ता गरिने छैन 

६. सुचीकृत भएका संस्थाहरु मध्ये आवश्यकता, योग्यता तथा संभावनाको आधारमा जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नको लागि सहकार्य गर्न सकिने छ ।

७. सूचीकरणका लागि संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत आवेदन पेश गर्न सकिने छ ।

सम्पर्कका लागि:

राष्ट्रिय कृषक समूह महासंघ, नेपाल

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं.– १, सिरहा–(बालाजु पेट्रोल पम्प भन्दा उत्तर पट्टीको गल्ली बाट १०० मि भित्र ।)  

फोन न. ०३३–५६४०७३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 26 Jun, 2025
Apply Before 02 Jul, 2025
City Kathmandu