सूची दर्ताका लागि सूचना आह्वान

PRAYAS Nepal

Details / requirements:

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ

सूची दर्ताका लागि सूचना आह्वान

सूचनाको मिति: २०८३ जेठ २० (३ जुन २०२६)

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ वि.सं २०५८ चैत्र ६ गते जिल्ला प्रशासन कार्यालय धादिङमा दर्ता भई (दर्ता नं. ४३८) विधिवत रुपमा सञ्चालित बालबालिका तथा महिलाहरूको क्षेत्रमा कार्य गर्ने एक गैर–सरकारी संस्था हो । जसले धादिङ जिल्लालाई कार्यक्षेत्र बनाई शिक्षा र संरक्षण, उद्यमशीलता र रोजगारी, खानेपानी सरसफाई र स्वास्थ्य, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, दिगो प्राकृतिक स्रोत व्यवस्थापन जलवायु परिवर्तन अनुकूलन र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सक्रिय रूपमा कार्य गर्दै आइरहेको छ ।

यस संस्थाका लागि आ.व. २०८३/८४ का लागि आवश्यक पर्ने तपशिल बमोजिमको वस्तु तथा सेवाहरू प्रदान गर्न इच्छुक व्यक्ति, संस्था/फर्म/कम्पनीहरू आपुर्तिकर्ता सूचीमा सुचिकृत हुन आह्वान गरिन्छ । इच्छुक व्यक्ति, संस्था/फर्मबाट तपशिल बमोजिमको आवश्यक कागजात सहित तोकिएको ढाँचामा फारम भरी संस्थाको उल्लेखित ठेगानामा बुझाइ सुचीकृत हुन आह्वान गरिन्छ । 

तपशिलः

क्र. स.आवश्यक वस्तु तथा सेवाहरू
१.स्टेशनरी तथा मसलन्द सामाग्री
२.बार्षिक लेखापरीक्षण
३.जिल्ला तह र स्थानीय तहमा सामाजिक लेखापरीक्षण सहजकर्ता
४.यातायात (सवारी साधन भाडा तथा रिजर्भ, ढुवानी) सेवा
५.होटल सेवा (आवासीय तथा गैरआवासीय) कार्याशाला तथा बैठक सञ्चालनका लागि
६.कम्प्युटर, प्रिन्टर, इन्टरनेट, कार्टेज आपुर्ति तथा मर्मत सम्भार सेवा
७.फ्लेक्स तथा प्रतिवेदन, ब्रोसर डिजाइन तथा छपाई सेवा
८.इन्सोरेन्स सेवा
९.परामर्श सेवा प्रशिक्षक सेवा (विपद जोखिम न्युनिकरण, मनोसामाजिक परामर्श, विद्यालयको प्रकोप जोखिम नक्साङ्कन, सहकारी शिक्षा र वितिय व्यवस्थापन, संकलन केन्द्र व्यवस्थापन र व्यवसायिक योजना, स्थानीय अगुवाको तालिम, इन्जिनियरिङ (सब इन्जिनियर)
१०.फर्निचर तथा फर्निसिङ सम्बन्धी कार्य
११.निर्माण तथा मर्मत सम्भार सम्बन्धि कार्य (खानेपानी धारा, विद्यालय गेट निर्माण तथा हाता घेराबार, वहु उपयोगी पानी प्रणाली)
१२.फोटो तथा डकुमेन्ट्री सम्बन्धी कार्य (अनलाइन मिडिया)
१३.भाँडाकुँडा आपुर्ति सम्बन्धि सेवा
१४.कुरियर साथै ढुवानी सेवा
१५.विद्यालय पोशाक, शैक्षिक सामाग्री आपुर्ति कार्य र सिलाई सम्बन्धि सेवा
१६.कृक्रिम अभ्यास सम्बन्धि सामाग्री आपुति
१७.प्राथमिक उपचार/मेडिकल सामाग्री आपुर्ति
१८.जलवाय् अनुकुलन सम्बन्धीत कृषि सम्बन्धि बिउविजन तथा कृषि सामाग्रीहरू
१९.पशु उपचार सम्बन्धि औषधि र खनिज ढिक्का निमार्ण सम्बधित सामाग्रीहरू
२०.पौष्टिक आहार सम्बन्धि घाँस तथा बिउहरू
२१.बिउ पाठी खरिद
२२.हार्डवयर सामाग्री आपुर्ति
२३.स्थानीय कुषि बजारको लागि आवश्यक सामाग्रीहरू
२४.IEC/BCC सम्बन्धी सामागी डिजाइन तथा पिन्ट सामाग्री आपुति
२५.मोटरसाइकल र्ममत  तथा सभिसिङ्क सम्बन्धित कार्यहरूको लागि

सुचीकृत हुनका लागि प्रत्येक तपशिलका कागजातहरूको प्रतिलिपीमा सहिछाप सहित तल उपलब्ध ठेगानामा पेश गर्नुपर्नेछ ।

फर्म/कम्पनीको हकमा:

  • यस सूचनाको साथमा तोकिएको ढाँचामा निवेदन
  • फर्म/कम्पनी दर्ताको प्रतिलिपी (नवीकरण सहित)
  • प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • करचुक्ता प्रमाणपत्रको प्रतिलिपी 
  • अन्य संघ/संस्था तथा निकायहरूमा सोही किसिमको सेवा प्रवाह गरेको खण्डमा अनुभवको प्रमाणपत्रको प्रतिलिपी
  • विगतमा कालोसूचीमा नपरेको स्व–घोषणा पत्र 

व्यक्ति तथा परामर्शकर्ताको हकमा:

  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • व्यक्तिगत विवरण (बायोडाटा)
  • प्यान/भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी
  • शैक्षिक योग्यता को प्रमाणपत्रको प्रतिलिपी
  • अन्य संघ/संस्था तथा निकायहरूमा सोहि किसिमको सेवा प्रवाह गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपी
  • वस्तु तथा सेवा आपूर्ति गर्न आधिकारिक एजेन्सी, वितरक भए सोको प्रमाण पत्रको प्रतिलिपि

(सवारी साधन भाडामा उपलब्ध गराउनेको हकमा)

  • सवारी चालक प्रमाणपत्रको प्रतिलिपी
  • सवारी साधनको ब्लुबुकको प्रतिलिपी
  • प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी 
  • कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी (कम्पनी मार्फत भएमा)

सुची दर्ताको लागि कागजात बुझाउने अन्तिम मिति र ठेगानाः

स्थान: प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङको कार्यालय नीलकण्ठ नगरपालिका ३, बगालेटार

अथवा इमेल: procurement.prayasnepal@gmail.com

फोन नंः ०१०–५२०४५० मोबाइल नंः ९८५१२२०४६५

निवेदन पेश गर्ने अन्तिम मिति: २०८३ अषाढ १९ गते (३ जुलाई २०२६)

“सूचीदर्ता फाराम” गुगलड्राइभ लिंकबाट डाउनलोड गर्न सकिनेछ (सो फारामका सबै पानामा सहि छाप गरि पेश गर्नुपर्नेछ):

Link: https://drive.google.com/file/d/1ANz85qFZF1pWXgjMll0Gxopm5J23qqf-/view?usp=sharing

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 03 Jun, 2026
Apply Before 03 Jul, 2026
City Dhading