आपूर्ति तथा दररेट पेश गर्ने सम्बन्धी सूचना

Shree Nepal Rastriya Secondary School Paterwa

Details / requirements:

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय  पटेर्वा, पर्सा

पटेर्वा सुगौली गाउँपालिका–४, पर्सा

आपूर्ति तथा दररेट पेश गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८३/०४/०७ गते

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वा, पर्साले ActionAid Nepal तथा Divya Development Resource Centre (DDRC), Parsa को संयुक्त साझेदारी तथा पटेर्वा सुगौली गाउँपालिकाको समन्वयमा विद्यालयको चार कोठे भवन निर्माण कार्यका लागि आवश्यक पर्ने देहायबमोजिमका निर्माण सामग्री तथा सेवाहरू खरिद गर्नुपर्ने भएकोले योग्य तथा इच्छुक आपूर्तिकर्ता/फर्म/कम्पनीसँग दीर्घकालीन आपूर्ति सम्झौता गर्न इच्छुक रहेको छ।

तसर्थ, प्रचलित कानूनबमोजिम दर्ता भएका इच्छुक तथा योग्य आपूर्तिकर्ता/फर्म/कम्पनीहरूलाई आफ्नो फर्म/कम्पनीको दररेटसहित देहायबमोजिमका आवश्यक कागजातहरू संलग्न गरी मिति २०८३ साल साउन १७ गते कार्यालयको समयभित्र यस विद्यालयको कार्यालयमा वा इमेल  hsspaterwa2015@gmail.com मार्फत पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

आवश्यक निर्माण सामग्री तथा सेवाहरू

१. स्क्वायर फिटका आधारमा भवन निर्माणसम्बन्धी सेवा

२. इँटा

३. रड (TMT/Rebar)

४. बालुवा, गिटी तथा बोल्डर

५. सिमेन्ट

पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म/कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा आधिकारिक बिक्रेता प्रमाणपत्र (Authorized Dealer Certificate), लागू हुने अवस्थामा।

२. स्थायी लेखा नम्बर (PAN) तथा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि।

३. आर्थिक वर्ष २०८१/०८२ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि।

महत्वपूर्ण सूचना

१. आपूर्तिकर्ता/फर्म/कम्पनीले प्रत्येक सामग्री वा सेवाको इकाइ, दररेट तथा लागू हुने करसम्बन्धी विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

२. दररेट पेश गर्दा आपूर्ति, ढुवानी तथा अन्य लागू हुने खर्च समावेश भए/नभएको स्पष्ट खुलाउनुपर्नेछ।

३. विद्यालयले आवश्यकता, गुणस्तर, दररेट, आपूर्ति क्षमता तथा प्रचलित नियमअनुसार उपयुक्त आपूर्तिकर्ता/फर्म/कम्पनी छनोट गर्नेछ।

४. विद्यालयले कुनै वा सबै दररेट स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ।

५. आवश्यक परेमा विद्यालयले सम्बन्धित आपूर्तिकर्ता/फर्म/कम्पनीसँग थप विवरण वा कागजात माग गर्न सक्नेछ।

LINKS:

  1. Notice_Inviting_Quotation_4Room_Building 
  2. Brick 
  3. Iron Rod 
  4. Sand 
  5. Cement

सम्पर्क ठेगाना

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय  पटेर्वा, पर्सा

पटेर्वा सुगौली गाउँपालिका–४, पर्सा

सम्पर्क नं.: 9848701331

इमेल: hsspaterwa2015@gmail.com

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 24 Jul, 2026
Apply Before 02 Aug, 2026
City Birgunj