सूचि दर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
समग्र जन उत्थान केन्द्र लहान ८ सिरहा ।
सूचि दर्ता गर्ने सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३/०३/०१
समग्र जन–उत्थान केन्द्र मानवअधिकारको संरक्षण, सम्बर्धन र प्रवर्धन एवं द्वन्द्व न्यूनिकरण, शान्ति निर्माण र समाजमा बिधमान हानिकारक सामाजिक अभ्यास तथा मूल्यमान्यता रुपान्तरणका लागि बिगत दुई दशकदेखि बिभिन्न साझेदार संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था, सरकारी निकाय, स्थानीय तहसंग समन्वय र सहकार्य गरि समुदायका बिभिन्न लक्षित समुदाय (दलित, महिला, बालबालिका, जेष्ठ नागरिक, यौनिक तथा अल्पसंख्यक, द्वन्द्व पीडित, किशोरी, युवा, अपांगता भएका व्यक्ति र सिमान्तकृत समुदाय) का सवालमा निरन्तर रुपमा कार्य गर्दै आएको छ ।
यसै क्रममा यस संस्थालाई आर्थिक वर्ष २०८३/०८४ को लागि आवश्यक तपसिलमा उल्लेखित वस्तु तथा सेवाहरू आपूर्ति/प्रवाह गर्ने प्रयोजनको लागि सम्बन्धित बिषयमा कारोवार गर्ने सिरहा, सप्तरी, धनुषा लगायत मधेश प्रदेशका र अन्य क्षेत्रका स्वीकृत प्राप्त इच्छुक सेवा प्रदायक रजिष्टर्ड फर्म/कम्पनीहरू सूचिकृत गरिने भएकोले आफूले आपूर्ति गर्ने सामान एवं सेवाहरूको विवरण, फर्म/कम्पनीको दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र, मूल्य अभिबृद्धि कर (VAT) दर्ता, पछिल्लो आ.व. २०८१।०८२ को कर चुक्ता प्रमाणपत्र, स्वघोषणा निवेदन सहितको आफूले गर्न चाहेको कार्यका लागि छुट्टाछुट्टै खामबन्दी आवेदन प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस संस्थाको कार्यालय लहान नगरपालिका वडा नं. ८ यातायात कार्यालय ५० मिटर दक्षिणमा दर्ता गराउनुहुन अथवा सम्पूर्ण कागजात स्क्यान गरि procurement.samagralahan@gmail.com इमेल गरि पठाउनु हुनु सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
क. आपूर्ति गर्नुपर्ने वस्तु तथा सेवाहरू:
१) फर्निचर आपूर्ति,फर्निसिङ तथा मर्मत
२) स्टेशनरी तथा खेल सिकाई सामाग्री आपूर्ति
३) छापाखाना/छपाई सम्बन्धी काम डिजाईनिङ (प्रिन्टिङ्ग, ब्यानर, फल्याक्स आदि)
४) इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उपकरणहरू, डेक्सटप, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, यु.पी.यस. ब्याट्री, प्रीन्टर टोनर तथा सोसँग सम्बन्धित पार्टपुर्जाहरूको आपूर्ति तथा मर्मत संभार सेवा ।
५) निर्माण सम्बन्धि सेवा
६) राहत तथा खाद्य/गैर खाद्य सामाग्री
७) वीमा सम्बन्धि सेवा
८) मोटरसाइकल विक्री तथा मर्मत संभार
९) सवारी साधन भाडामा उपलब्ध गराउने
१०) कुरियर तथा ढुवानी सम्बन्धी कार्यहरू
११) बीउबिजनको आपूर्ति
१२) कृषि उपकरण तथा सामाग्रीहरूको आपूर्ति
१३) सूचना प्रकाशन तथा प्रसारण
१४) निर्माण, रङ्गरोगन र प्लम्बिङ (पाईप) आपूर्ति तथा मर्मत कार्यहरू
१५) होटल तथा रेष्टुरेण्ट सेवा
१६) सफ्टवेएर, एप्स तथा वेबसाईट निर्माण
१७) लेखा परिक्षण सेवा
१८) अन्य परामर्श सेवाहरू (विशेषज्ञ, प्रशिक्षण सेवा आदि) ।
१९) खाधान्न तथा किराना सामानहर्रू ।
२०) होर्डिङ्ग बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखन सम्बन्धी कार्य
२१) ड्रेस, ब्याग तथा छाता लगायतको आपूर्ति ।
२२) टुर्स र travel, घरेलु तथा अन्तराष्ट्रिय हवाइ टिकट
२३) औषधि जन्य तथा साहायक सामग्री
२४) लाहचुरा बनाउने सामाग्री
२५) सर्फ बनाउने सामाग्री
२६) प्लास्टी जन्य वा अन्यभाडाकुडा सामाग्री (डस्टबीन, बाल्टिन, बटा आदि)
२७) ग्रिल र आल्मुनियमका सामाग्री
अन्य शर्त तथा जानकारीहरू:
सूचिकृत हुने निवेदकहरू मध्येबाट योग्य ठहरिएका आपूर्तिकर्ता, फर्म वा कम्पनीलाई मात्र सुचिकृत गरिने छ । सूचिकृत भएका फर्म वा कम्पनीहरूले सन्तोषजनक सेवा तथा समयमा वस्तु तथा सेवा आपूर्ति नगरेका खण्डमा सूचिबाट बिना सूचना नाम हटाउन सकिनेछ । यस उपर कुनै दावी बिरोध गर्न पाईने छैन । सूचिकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थामा निहीत रहनेछ । म्याद नाघि आएको आवेदन उपर कुनै कारवाही गरिने छैन ।
समग्र जन उत्थान केन्द्र लहान ८, सिरहा (यातायात कार्यालय देखि दक्षिण ५० मिटर दक्षिण)
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 15 Jun, 2026 |
| Apply Before | 29 Jun, 2026 |
| City | Lahan |