Request for Proposal

SOSEC Nepal

Details / requirements:

चलानी नं. :   ४५५   ०८२।०८२

मिति २०८२ भदौ  २३ गते

सूचना ! सूचना !!

दोस्रो पटक प्रकाशित सूचना मिति २०८२ साल भदौ महिनाको २३ गते 

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ: (क)असमानता विरुद्ध, (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी तथा पोषण, (ङ) समावेशी र अनौपचारिक शिक्षा र (च) बाल समृद्धि साथै महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ।

यस संस्थाको खरिद समितिको मिति २०८२ साल भदौ महिनाको २३ गतेको निर्णयनुसार यस संस्था को लागी तपशिलको सेवा आवश्यक परेकाले ईच्छुक परामर्श सेवा फम वा परामर्शकर्ता बाट ७ दिनभित्र भनि सूचना गरियकोमा ७ दिनको समय अबधी कम हुनगयकोले पाचदिन अबधी थप गरियको जानकारी गर्दछौ र संस्थामा लाई आवश्यक कागजात र दरभाउ सहित प्रस्तावना पत्र संस्थाबाट उपलब्ध TOR अनुसार भरि पेश गर्नका लागी यो सूचना प्रशारण गरिएको छ ।  यो लिंकमा गइ टोरमा डाउनलोड गर्न सकिन्छ ।

आवश्यक सामाग्री

१, कर्णाली प्रदेश का सातवटा जिल्लाहरूमा मनसिक स्वास्थ्य र मनोसामाजिक  अबस्थाको मुल्याङ्कन र सोसेक नेपालले उक्त क्षेत्र मा पारेको प्रभाब अध्यन को बिबरण संकलनका लागी परामर्श सेवा

प्रस्तावना पत्र पेश गर्दा  आवश्यक कागजातहरू

    १. फर्म दार्ता नविकरणको प्रतिलिपी

    २. स्थायी लेखा नम्बरको प्रतिलिपी

    ३. करचुत्ता प्रमाण पत्रको प्रतिलिपी

    ४. परामर्शकर्ताहरूको बायोडाटा

    ५. प्रस्तावना पत्र संस्थाबाट उपलब्ध TOR अनुसार

प्रस्तावना पत्र पेश गर्दा पालना गर्नुपर्ने शर्तहरू:

१. मनोविज्ञान, सार्वजनिक स्वास्थ्य, सामाजिक काम, या सम्बन्धित क्षेत्रमा डिग्री या समबान्धित अनुभव   

२. नेपालको सामुदायिक मानसिक स्वास्थ्य मूल्याङ्कनमा न्यूनतम ५–७ वर्षको अनुभव।

३. मिश्रित विधि अध्ययन, नमुना संकलन, र सामुदायिक आधारित डेटा संकलनमा प्रमाणित क्षमता।

४. मजबूत नेपाली र अङ्ग्रेजी भाषा कौशल र कर्णाली प्रदेसका क्षेत्रसंग परिचित।

६. सरकारी या एनजिओ संरचनामा मानसिक स्वास्थ्य परिणामहरूको मूल्याङ्कन गर्नको लागि अनुभव।

६. अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ ।

७. प्रस्तावना पत्र पठाउने अन्तिम मिति र ठेगाना: प्रस्तावना पत्र संस्थाको इमेल procurement@sosec.org.np मा पठाउनु पर्ने छ । अन्तिम मिति र समयः २०८२ साल भदौ २८ गते ५ बजे सम्म पेश गरि सक्नु पर्ने छ मिति २०८२, भदौ २९ गते विहान ११:०० बजे खोलिने छ ।

८. प्रस्तावना पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थालाई निहित रहनेछ ।

खरिद समिति

सोसेक, नेपाल

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 11 Sep, 2025
Apply Before 14 Sep, 2025
City Dailekh