राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
Rural Development and Empowerment Center (RUDEC), Nepal, is a non-profit, non-political, and non-governmental organization established in 1998 A.D. (2054 B.S.) and registered at the District Administration Office (DAO) in Nuwakot. It is affiliated with the Social Welfare Council, NGO Federation Nepal, and NGO Coordination Committee. RUDEC is the first pioneering NGO registered in the Nuwakot district, with a well-established logistic management system based in Bidur Municipality, Nuwakot. RUDEC was founded to utilize local resources wisely while enhancing the capacity of local people, ensuring livelihood improvement opportunities for poor, deprived, and destitute community members, especially women, children, marginalized, and vulnerable populations in Nuwakot and surrounding districts. Since its inception, RUDEC has been implementing integrated development and humanitarian activities across various sectors, including Education, Health, Child Rights, Food Security, Rural Infrastructure Development, Climate Change and Disaster Risk Management, Renewable Energy, Environment, Agriculture, Natural Resources Management, Water, Sanitation, and Hygiene (WASH), Human Rights, Peace, and Democracy. These efforts aim to improve the socio-economic and health conditions of the most deprived and disadvantaged people.
Details / requirements:
ग्रामीण विकास तथा सशक्तीकरण केन्द्र (रुडेक नेपाल)
नुवाकोट रिलिफ एण्ड रिकभरी प्रोजेक्ट (RRP-Nuwakot)
बट्टार, नुवाकोट
राष्ट्रिय स्तरको सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८३/०८/०६
रुडेक नेपालले गुड नेवर्स इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालन गरिरहेको नुवाकोट रिलिफ एण्ड रिकभरी प्रोजेक्ट (RRP-Nuwakot) अन्तर्गत भोटेकोसी बाढीबाट प्रभावित समुदायका लागि जाडोयामका अत्यावश्यक सामग्री तथा स्वास्थ्य र सरसफाइ (WASH) सामग्री खरिद गर्नुपर्ने भएकाले राष्ट्रिय स्तरका इच्छुक, योग्य तथा कानुनी रूपमा दर्ता भएका आपूर्तिकर्ता/फर्म/कम्पनीहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ ।
खरिद गर्नुपर्ने सामग्रीहरूः
१. NFI तथा जाडोयामका सामग्रीहरू (NFI & Winterization Items Support)
२. स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू (WASH Kit Support)
इच्छुक आपूर्तिकर्ताले रुडेक नेपालको वेबसाइटबाट विस्तृत सेवा शर्तनामा तथा दरभाउपत्र फाराम डाउनलोड गरी आवश्यक विवरण, प्रति एकाइ दर र कुल रकम उल्लेख गरी सिलबन्दी खाममा पेश गर्नुपर्नेछ ।
दरभाउपत्र पेश गर्ने अन्तिम मितिः २०८३/०८/१५ गते (मंगलबार) कार्यालय समयभित्र ।
दरभाउपत्र पेश गर्ने स्थानः नुवाकोट रिलिफ एण्ड रिकभरी प्रोजेक्ट कार्यालय, बट्टार, श्रेष्ठ टावरको तेस्रो तल्ला, नुवाकोट ।
सम्पर्क व्यक्तिः सागर लम्साल (फोनः ९७४२५०९८४८), रुपेश पण्डित (फोनः ९८४००५९९१८)।
बोलपत्र/दरभाउपत्र जमानतः आपूर्तिकर्ताले रुडेक नेपालको नाममा जारी भएको, दरभाउपत्र पेश गर्ने अन्तिम मितिदेखि कम्तीमा ९० दिन म्याद भएको बैंक जमानत पेश गर्नुपर्नेछ । बैंक जमानतको रकम दरभाउपत्र/खरिदसम्बन्धी अन्तिम कागजातमा तोकिएबमोजिम हुनेछ ।
पेश भएका दरभाउपत्र, आवश्यक कागजात तथा उपलब्ध गराइएका नमुनाहरूको मूल्याङ्कनका आधारमा आपूर्तिकर्ता छनौट गरिनेछ । सेवा प्रदायक/आपूर्तिकर्ता छनौट गर्ने वा नगर्ने, पुर्ण तथा आंशिक दरभाउपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
विस्तृत जानकारीका लागि रुडेक नेपालको वेबसाइट वा माथि उल्लेखित सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सकिनेछ ।
रुडेक नेपाल
नुवाकोट
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 22 Nov, 2026 |
| Apply Before | 01 Dec, 2026 |
| City | Nuwakot |