(Program Officer – Technical)

Everest Club

Details / requirements:

एभरेष्ट क्लब, दैलेख

मानव संसाधन व्यवस्थापन/कार्यक्रम शाखा

रिक्त पदपूर्ति सम्बन्धी सूचना

(Vacancy Announcement)

सूचना प्रकाशित मिति: २०८३/०६/० ६

परियोजना: MNCH तथा Nutrition Project

कार्य अवधि: नियुक्ति मितिदेखि ३१ डिसेम्बर २०२७ सम्म (एक वर्षको करार अवधि)

कार्यस्थल: दैलेख जिल्ला तथा परियोजना अन्तर्गतका स्थानीय तह/स्वास्थ्य संस्थाहरू

क्र.सं.पदसंख्याशैक्षिक योग्यताअनुभव

कार्यक्रम अधिकृत – प्राविधिक

(Program Officer – Technical)

१ जनानर्सिङ वा जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्णMNCH तथा Nutrition कार्यक्रममा कम्तीमा १ वर्षको अनुभव भएकालाई प्राथमिकता

पदको उद्देश्य

  • MNCH (मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य) तथा पोषणसम्बन्धी परियोजनाका फिल्डस्तरीय कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, प्राविधिक समन्वय, गुणस्तर सुधार, अनुगमन तथा प्रतिवेदनमा कार्यक्रम संयोजकलाई सहयोग पुर्याउने।

न्यूनतम योग्यता तथा अनुभव

  • नर्सिङ वा जनस्वास्थ्य विषयमा स्नातक (Bachelor’s Degree) उत्तीर्ण गरेको हुनुपर्ने।
  • क्लिनिकल पृष्ठभूमि भएको तथा Staff Nurse/General Medicine सम्बन्धी अनुभव भएको उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
  • मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण (MNCH & Nutrition) कार्यक्रमसम्बन्धी कम्तीमा १ वर्षको कार्य अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
  • स्थानीय तह, स्वास्थ्य संस्था तथा सरकारी/गैरसरकारी निकायसँग समन्वय गरी फिल्डस्तरीय कार्यक्रम सञ्चालन गर्न सक्ने क्षमता भएको।
  • तालिम, अभिमुखीकरण, onsite coaching/mentoring तथा प्राविधिक सहयोग प्रदान गर्न सक्ने क्षमता भएको।
  • नेपाली भाषामा राम्रो लेखन तथा मौखिक सञ्चार क्षमता र आधारभूत कम्प्युटर ज्ञान (MS Word, Excel, PowerPoint तथा ई-मेल) भएको।

मुख्य जिम्मेवारी तथा कार्य विवरण

  • कार्यक्रम संयोजकलाई फिल्डस्तरका क्रियाकलापहरू कार्यान्वयन गर्न तथा नियमित/मासिक/त्रैमासिक प्रगति प्रतिवेदन तयार गर्न आवश्यक प्राविधिक सहयोग गर्ने।
  • जिल्ला तथा स्थानीय तहमा MNCH तथा Nutrition सम्बन्धी प्राविधिक फोकल पोइन्ट, स्वास्थ्य शाखा, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्ने।
  • कार्यसञ्चालन योजना, फिल्ड भ्रमण तथा गतिविधि तालिका निर्माण गरी स्वीकृत योजनाअनुसार समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने।
  • पालिका स्तरका सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्ने।
  • मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने तथा परियोजना क्षेत्रका स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई अभिमुखीकरण, onsite coaching/mentoring र प्राविधिक सहयोग प्रदान गर्ने।
  • MNCH तथा Nutrition सेवाको गुणस्तर सुधारका लागि स्थानीय तह र स्वास्थ्य संस्थालाई प्राविधिक सहयोग प्रदान गर्दै स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा कार्यसम्पादन सुदृढ गर्न सहयोग गर्ने।
  • स्वास्थ्य सेवा तथा परियोजना गतिविधिसम्बन्धी तथ्याङ्क संकलन, व्यवस्थापन, विश्लेषण र प्रयोग गर्ने तथा आवश्यक तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्ने।
  • परियोजनाका उपलब्धि, सफलताका कथा, सिकाइ, चुनौती तथा सुधारका क्षेत्रहरू अनुगमन, मूल्याङ्कन र अभिलेखीकरण गर्ने।
  • परियोजनाको आवश्यकता अनुसार अन्य प्राविधिक तथा फिल्डसम्बन्धी जिम्मेवारीहरू निर्वाह गर्ने।

आवश्यक सीप तथा दक्षता

  • MNCH तथा Nutrition कार्यक्रमको व्यावहारिक/प्राविधिक ज्ञान।
  • स्वास्थ्यकर्मी तथा स्थानीय तहका सरोकारवालासँग प्रभावकारी समन्वय र सञ्चार गर्ने क्षमता।
  • तालिम/अभिमुखीकरण सञ्चालन, presentation तथा facilitation सीप।
  • तथ्याङ्क विश्लेषण, प्रतिवेदन लेखन तथा कार्यक्रम दस्तावेजीकरणमा दक्षता।
  • फिल्डमा यात्रा गरी दुर्गम/ग्रामीण क्षेत्रमा कार्य गर्न इच्छुक र सक्षम।

करार अवधि, पारिश्रमिक तथा सुविधा

  • नियुक्ति मितिदेखि ३१ डिसेम्बर २०२७ सम्म करारमा नियुक्ति गरिनेछ। परियोजनाको आवश्यकता, कार्यसम्पादन तथा उपलब्ध बजेटका आधारमा करार नवीकरण हुन सक्नेछ।
  • पारिश्रमिक तथा अन्य सुविधा संस्थाको/परियोजनाको स्वीकृत बजेट तथा नियमावली बमोजिम हुनेछ।
  • फिल्ड भ्रमण तथा परियोजना गतिविधिसम्बन्धी खर्च स्वीकृत संस्थागत/परियोजना नीतिअनुसार उपलब्ध हुनेछ।

आवेदन पेश गर्ने तरिका

  • इच्छुक योग्य उम्मेदवारले अद्यावधिक व्यक्तिगत विवरण (CV), शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभवसम्बन्धी कागजातसहित आवेदन पेश गर्नुपर्नेछ।
  • आवेदन एभरेष्ट क्लब, दैलेखको कार्यालयमा प्रत्यक्ष वा संस्थाले तोकेको आधिकारिक इमेल/माध्यमबाट पेश गर्न सकिनेछ।
  • आवेदनको अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र।
  • छनोट प्रक्रियामा प्रारम्भिक सूची (Shortlisting) तथा आवश्यकतानुसार लिखित परीक्षा/अन्तर्वार्ता समावेश हुन सक्नेछ।
  • महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएका समुदायका योग्य उम्मेदवारलाई आवेदनका लागि प्रोत्साहित गरिन्छ।

नोट: एभरेष्ट क्लब, दैलेखले कुनै पनि उम्मेदवारलाई छनोट वा नियुक्ति गर्ने/नगर्ने अधिकार सुरक्षित राख्दछ। गलत विवरण वा अपूर्ण कागजात पेश भएको पाइएमा आवेदन रद्द गर्न सकिनेछ।

दरखास्त दिने अन्तिम मितिः  २०८३ असोज महिनाको १२ गते ।

दरखास्त पठाउने इमेल ठेगाना: hr@everestclubnepal.org.np मा सम्पर्क गर्नुहोस्।

भौतिक रूपमा कागजात वा आवेदन बुझाउने ठेगाना : एभरेष्ट क्लवको कार्यालय, नारायण नगरपालिका वडा नं. १, नयाँ बजार, दैलेख (कागजातहरू उल्लेखित कार्यालय ठेगानामा बुझाउनुपर्नेछ) ।

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता। 

नोट:

  • म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
  • प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।

Overview

Category Public Health, Development Project, Medical / Nursing
Openings 1
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education B.P.H. (Bachelors in Public Health), B.N. (Bachelors in Nursing)
Posted Date 22 Sep, 2026
Apply Before 28 Sep, 2026
City Dailekh