पोषण आहार सहयोग गर्न आवश्यक खसी र राँगा खरिदको लागि सिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
तौलिहवा, कपिलवस्तु ।
“पोषण आहार सहयोग कार्यक्रम” परियोजना
सिलबन्दी बोलपत्र आव्हानको सुचना
Bid No- 12/2024/025
सुचना प्रकाशन मिति: २०८२।०१।२८
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) ले Islamic Relief World Wide को साझेदारीमा “पोषण आहार सहयोग कार्यक्रम” परियोजना अन्तर्गत कपिलवस्तु जिल्लाको लाभग्राहीलाई पोषण आहार सहयोग गर्न आवश्यक खसी र राँगा खरिदको लागि सिलबन्दी बोलपत्र प्रस्ताव आव्हान गरिन्छ । यसका साथै इजाजत प्राप्त कम्पनी वा फर्महरुलाई बोलपत्र र प्रस्तावना पेश गर्नको लागि तपसिलका शर्तहरुको अधिनमा रही रितपुर्वक सिलबन्दी बोलपत्र आव्हान गरिन्छ ।
प्राप्त बोलपत्र सम्बन्धित प्राबिधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रितपुर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहा छापले खाममा सिलबन्दी गरी लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL) तौलिहवा कपिलवस्तुमा मिति २०८२।०२।०८ गते तदनुसार २२ मे २०२५ मा बेलुका ४:०० बजे भित्र बुझाई सक्नु पर्नेछ ।
मिति २०८२।०२।०९ गते दिउँसो १०:०० बजे प्राबिधिक प्रस्तावना खोलिनेछ र सो प्रस्तावनामा सफल हुने बोलपत्र दाताको आर्थिक प्रस्तावना खोलिने छ । बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएको खण्डमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र पेश गरिसक्नु पर्नेछ । बोलपत्र सम्बन्धी प्राबिधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय तौलिहवा कपिलवस्तु वा इमेल lidoprocurementofficer@gmail.com वा दिईएको लिंकबाट प्राप्त गर्न सकिने छ तर दिईएको प्राबिधिक र आर्थिक प्रस्तावना फर्मेटमा कुनै परिवर्तन गर्न पाईने छैन । परिवर्तन गरिएको प्राबिधिक र आर्थिक प्रस्तावना मान्य हुने छैन ।
Links:
नोट:
१. अधिकतम खुद्रा मुल्य भन्दा बढी मुल्यहरु उल्लेख गर्ने बिक्रेताहरु स्वत: अयोग्य हुनेछन ।
२. बोलपत्र फाराम माग गर्दा स्पष्ट रुपमा खसी र राँगाको लागि छुट्टाछुट्टै माग गर्नु पर्नेछ ।
३. फर्म वा कम्पनीले सम्पुर्ण बैधानिक कागजातहरु हाल सम्म बहाल रहेको प्रस्तावना सँगै पेश गर्नु पर्नेछ । यदि कुनै पनि प्रकारका कागजातहरु पेश नभएको खण्डमा स्वतः अयोग्य हुनेछन ।
४. कार्यक्रम संचालन हुने स्थानमा पशु स्वास्थ प्राबिधिकबाट खसी तथा राँगाको स्वास्थ्य अवस्थाको जाँच गरिने छ। पशु प्राबिधिक द्धारा स्वास्थ्य परीक्षण गरि स्वस्थ रहेको भनि प्रमाणित गरिएको कागजात उपलब्ध गराउनु पर्नेछ ।
५. पेश गर्नु पर्ने कागाजातहरु
- फर्म वा कम्पनी दर्ताको प्रमाण पत्रको प्रतिलिपी
- फर्म वा कम्पनी नबिकरणको प्रमाण पत्रको प्रतिलिपी
- पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपी
- आ.ब. २०८०।०८१ को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपी
- कबोल गरेको रकमको २.५ प्रतिशत रकम बराबरको बैंक जमानत पत्र (कम्तीमा ९० दिनको) लागि पेश गर्नु पर्नेछ ।
लुम्बिनी एकिकृत बिकास संस्था (LIDO-NEPAL)
ईमेल: lidoprocurementofficer@gmail.com
सम्पर्क नम्बर: ०७६-५६११४५
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 11 May, 2025 |
Apply Before | 22 May, 2025 |
City | Kapilvastu |