प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

प्रस्तावना पेश गर्ने सम्बन्धी सूचना

RFP: WVIN/DSWCN/ RFP. 2025/001

प्रकाशन मिति २०८२/०३/१९ गते बिहिबार

दलित समाज उत्थान समिति नेपाल, धनुषा जिल्लाको जनकपुरधाम उप-महानगरपालिका४ विश्वकर्मा चोकमा केन्द्रिय कार्यालय र जलेश्वर नगर पालिका०२ महोत्तरीमा शाखा कार्यालय रहेको राष्ट्रिय स्तरमा मान्यता प्राप्त गैर नाफामुलक तथा गैर दलीय गैर सरकारी संस्था हो । यो संस्था २०५८ साल स्थापना काल देखि नै क्रियाशील छ, सशक्तिकरण, सामाजिक जवाफदेहिता, शान्तिका लागि जीविकोपार्जन पुनरुत्थान (आईजीए, एमई र टीटी), गुणस्तरीय शिक्षा, सुशासन, मानव अधिकार, चेतना अभिवृद्धि, गरिबी न्यूनीकरण, प्रजनन स्वास्थ्य, एचआइभी/एड्स, युवा, वातावरण संरक्षण र संस्थागत सुदृढीकरणका साथै मधेस प्रदेशका जिल्लाहरूमा स्थानीय गैरसरकारी संस्था र समुदायमा आधारित संस्थाहरूको सञ्जाल मार्फत पैरवी गर्ने गदैछ । संस्थाद्धारा सञ्चालित Protection and Community Engagement & Sponsorship Programme परियोजना अन्तर्गत कार्यक्रम सञ्चालित गाउँ पालिकाहरू (एकडारा र समसी) को Development of Child Labor Free Local Government Declaration Procedure 2082 निर्माण गर्नका लागि इच्छुक इजाजत पत्र प्राप्त फर्म, कम्पनी, सेवाप्रदायक एवं संस्थाहरूबाट यस कार्यालयमा आर्थिक तथा प्राविधिक प्रस्तावना दर्ताका लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८२/०३/२५ गते बुधवार भित्र कार्यालय समयमा पेश गर्न आह्वान गर्दछौँ ।

दरखास्त साथ पेश गर्नु पर्ने आवश्यक कागजातहरू

कम्पनी तथा संस्थाहरूको हकमा

    १. कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी

    २. स्थायी लेखानम्बर/म.अ.क. मादर्ता भएको प्रमाण पत्रको प्रतिलिपी

    ३. कर छुट संस्था भएको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपी

    ४. आर्थिक बर्ष २०८१/०८२ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपी

    ५. पछिल्लो तीन बर्ष सम्म विभिन्न संघ संस्था तथा निकायहरुमा कारोवार गरेको प्रमाणको प्रतिलिपी

व्यक्तिको हकमा

    १. व्यक्तिगत विवरण (अनिवार्य)

    २. नागरिकताको प्रतिलिपी (अनिवार्य)

    ३. स्थायी लेखानम्बर प्रमाणपत्रको प्रतिलिपी (अनिवार्य)

    ४. अनुभवका प्रमाणपत्रहरूको प्रतिलिपी (अनिवार्य)

यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाणपत्रहरू भए सो पनि संलग्न गर्न सकिनेछ

  • TOR, Code of Conduct, Suppliers Registration को सबै पानामा हस्ताक्षर, छाप हुनु पर्यो,
  • Financial and Technical Proposal छुट्टा छुटै खाम मा शिलबन्दी हुनु पर्यो
  • पहिला Technical Proposal खोलिने छ, Technical Proposal मा पास भएको लाई Presentation गर्नुपर्ने हुन्छ,
  • Technical Proposal Presentation पछी मात्र Financial Proposal खोलिने प्रक्रिया गरिनेछ,

TOR को लागि तल राखिएको गुगल लिंकमा जानुहोला वा इमेल मार्फत पनि माग गर्न सकिनेछ

  • Supplier registration form individual consultant:
  • Supplier Code of conduct:
  • Development of Child Labor Free Local Government Declaration Procedure 2082 TOR_ Mahottari:
  • Annex-5- Financial Proposal:

Link:

https://drive.google.com/drive/u/0/folders/1NHhKL9IllrCO2w8Lq6kgbSYvruIVkIn9

दलित समाजउत्थान समिति नेपाल, महोत्तरी

इमेल: dswcn.Procurement@gmail.com

सम्पर्क नं. ९८०१६६६४६२, ९८०१६६६४६१

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 03 Jul, 2025
Apply Before 09 Jul, 2025
City Mahottari