प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

PeaceWin Nepal

Details / requirements:

PeaceWin Nepal

प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२/०१/१९ गते

पीसविन नेपाल महिलाद्वारा नेतृत्व गरिएको, गैर–सरकारी, गैर–नाफामुखी, सामाजिक संस्था हो । स्थानीय रूपमा २०४७ साल (२६ सेप्टेम्बर १९९०) मा स्थापना भई जिल्ला प्रशासन कार्यालय बाजुरामा २०४९ पुस ५ (२० डिसेम्बर १९९२ ईस्वी) मा “दक्ष व्यक्ति, सुखी परिवार र समृद्ध समाज” को परिकल्पनाका साथ दर्ता भएको संस्था हो । यसले विपन्न समूहहरू विशेष गरी बालबालिका र महिलाहरूसँग उनीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको प्रर्वद्धन र अभ्यासहरूको लागि काम गर्दछ । यसले सामाजिक समस्याहरू जस्तै छाउपडी, बालविवाह, र लिङ्गमा आधारित हिंसा, जातीय र अन्य प्रकारका भेदभाव आदीको एकिकृत कार्यक्रम मार्फत सम्वोधन र मुल प्रवाहीकरण गर्दछ ।

संयुक्त राष्ट्र संघ जनसंख्या कोष (UNFPA) सँगको साझेदारीमा पीसविन नेपाल (PeaceWin Nepal) ले अप्रिल २०२४ देखि सुदूरपश्चिम प्रदेशमा UNFPA 9th Country Programme (2023–2027) सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत PeaceWin Nepal ले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला बझाङ र बाजुराका छनोट गरिएका पालिकाहरूमा Reproductive Health and Rights for Accelerating Impact (RHEA) कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै कार्यक्रम अन्तर्गत बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका, केदारस्यु, बित्थरचिर र मष्टा गाउँपालिका तथा बाजुरा जिल्लाको बुढीनन्दा, बुढीगंगा, बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकामा योजना तर्जुमा पूर्व तयारी गोष्ठी सहजीकरण, स्वास्थ्य क्षेत्रको बजेट विश्लेषण, र स्थानीय तहको स्वास्थ्य प्रोफाइल निर्माण लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले स्वास्थ्य क्षेत्र सुशासन, तथ्याङ्कमा आधारित योजना तर्जुमा, स्वास्थ्य क्षेत्रको वजेट बिश्लेषण लगायत कार्यमा विशेषज्ञता भएका योग्य तथा ईच्छुक व्यक्तिहरूबाट यस संस्थामा वा emailमार्फत उल्लेखित कागजात सहित मिति २०८२/०१/२५ गते  भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न आह्वान गर्दछौँ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

    १. निवेदन

    २. सम्बन्धित क्षेत्रमा अनुभव उल्लेखित बायोडाटा

    ३. नेपाल स्वास्थ्य व्यबसायी परिषद् ९ल्ज्एऋ० को आवद्घता प्रमाण पत्रको प्रतिलिपि (नविकरण भएको) (जनस्वास्थ्य विषयको हकमा)

    ४. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

    ५. नागरीकताको प्रतिलिपि

    ६. यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

    ७. कार्ययोजना तथा आर्थिक प्रतिबेदन

    ८. प्रस्तावनामा उल्लेख गरिएको दरभाउ १ बर्ष सम्मको लागि मान्य रहनेछ ।

    ९. थप कागजात आवश्यक परेको खण्डमा कार्यालयले माग गर्न सक्नेछ ।

    १०. यस प्रकृया सम्बन्धि सम्पुर्ण निर्णय अधिकार पीसविन नेपालमा रहनेछ ।

TOR link: ToR_HealthProfile_Pre_Planning_PeaceWin_Final

Email: peacewin.calls@gmail.com

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगानाः (Accepted Hardcopy and through email)

    क) पीसविन नेपाल केन्द्रीय कार्यालय मार्तडी, बाजुरा फोन न. ०९७-५४१११३

    ख) पीसविन नेपाल प्रदेश कार्यक्रम कार्यालय, धनगढी उपमहानगरपालिका–०५, सत्कार चौक, कैलाली

फोन नं.: ९८४८५४६०८०

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 02 May, 2025
Apply Before 08 May, 2025
City Bajura