प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

PeaceWin Nepal

Details / requirements:

प्रस्तावना पेस गर्ने सम्बन्धी सूचना

PeaceWin Nepal

Ref No:

दोस्रो पटक प्रकाशित मितिः २०८१/०२/ गते

पीसविन नेपाल महिला नेतृत्वमुखी, गैर–सरकारी, गैर–नाफामुखी, सामाजिक संस्था हो । स्थानीय रूपमा २०४७ साल (२६ सेप्टेम्बर १९९०) मा स्थापना भई जिल्ला प्रशासन कार्यालय बाजुरामा २०४९ पुस ५ (२० डिसेम्बर १९९२ ईस्वी) मा “दक्ष व्यक्ति, सुखी परिवार र समृद्ध समाज” को परिकल्पनाका साथ दर्ता भएको संस्था हो । यसले विपन्न समूहहरू विशेष गरी बालबालिका र महिलाहरूसँग उनीहरूको सामाजिक, आर्थिक, सांस्कृतिक अधिकारको प्रवर्द्धन र अभ्यासहरूको लागि काम गर्दछ । यसले सामाजिक समस्याहरू जस्तै छाउपडी, बालविवाह, र लिङ्गमा आधारित हिंसा, जातीय र अन्य प्रकारका भेदभाव आदीको एकिकृत कार्यक्रम मार्फत सम्वोधन र मुल प्रवाहीकरण गर्दछ ।

संयुक्त राष्ट्र संघ जनसंख्या कोष (UNFPA) सँगको साझेदारीमा पीसविन नेपाल (PeaceWin Nepal) ले अप्रिल २०२४ देखि सुदूरपश्चिम प्रदेशमा UNFPA 9th Country Programme (2023–2027) सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत PeaceWin Nepal ले सुदूरपश्चिम प्रदेशका दुई जिल्ला बझाङ र बाजुराका छनोट गरिएका पालिकाहरूमा Reproductive Health and Rights for Accelerating Inpact (RHEA) कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसै कार्यक्रम अन्तर्गत बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिका तथा बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिकाको स्वास्थ्य नीति निर्माणमा प्राविधिक सहयोग गर्न र बाजुराको बडीमालिका नगरपालिकाको विद्यमान स्वास्थ्य नीति र आवधिक योजनाको समीक्षा गर्न सम्बन्धित नगरपालिकालाई सहयोग पुर्‍याउनका लागि यस संस्थालाई स्वास्थ्य नीति निर्माण सम्वन्धि कार्यमा विशेषज्ञता भएका योग्य तथा इच्छुक व्यक्तिहरूबाट यस संस्थामा वा email मार्फत उल्लेखित कागजात सहित मिति २०८१/०२/ गते  (२८ मे, २०२४) भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न आह्वान गर्दछौँ ।

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

    १. निवेदन

    २. सम्बन्धित क्षेत्रमा अनुभव उल्लेखित बायोडाटा

    ३. नेपाल स्वास्थ्य व्यबसायी परिषद् (NHPC) को आवद्घता प्रमाण पत्रको प्रतिलिपि (नविकरण भएको) (जनस्वास्थ्य विषयको हकमा)

    ४. PANT/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

    ५. नागरीकताको प्रतिलिपि

    ६. यो सूचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धित प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

    ७. कार्ययोजना तथा आर्थिक प्रतिबेदन

    ८. प्रस्तावनामा उल्लेख गरिएको दरभाउ १ बर्ष सम्मको लागि मान्य रहनेछ । 

    ९. थप कागजात आवश्यक परेको खण्डमा कार्यालयले माग गर्न सक्ने छ ।

    १०. यस प्रकृया सम्बन्धि सम्पुर्ण निर्णय अधिकार पीसविन नेपालमा रहने छ ।

आवश्यक TOR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ । साथै कार्यालयमा सम्पर्क राखि वा इमेल मार्फत पनि माग गर्न सकिनेछ । 

https://www.peacewin.org.np/

Or, TOR Link: https://drive.google.com/uc?export=download&id=1JmFs3v-o7o2HMTo4ksVRkzNkZqBjgv27

email: peacewin.calls@gmail.com

नोट: सेवा प्रदायकले आफुले कार्य गर्न रोजेको जिल्ला निवेदनमा उल्लेख गर्नु पर्ने छ ।

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted Hardcopy and through email)

    क) पीसविन नेपाल केन्द्रीय कार्यालय मार्तडी, बाजुरा फोन न. ०९७– ५४१११३  

    ख) पीसविन नेपाल प्रदेश कार्यक्रम कार्यालय, धनगढी उपमहानगरपालिका–०५, सत्कार चौक, कैलाली

फोन नं.: ९८४८५४६०८०

Overview

Category Public Health, Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 23 May, 2024
Apply Before 28 May, 2024
City Bajura