प्रस्तावना आह्वान (Call for Proposal) को सुचना प्रकाशन
Details / requirements:
प्रस्तावना आह्वान (Call for Proposal) को सुचना प्रकाशन ।
प्रकाशन मिति: २०८३ असार १० गते बुधबार
गैरसरकारी संस्था महासंघ नेपाल नेपालमा सामाजिक कल्याण र विकासका विभिन्न क्षेत्रहरूमा कार्यरत ६,७८१ गैरसरकारी संस्थाहरूको एउटा छाता संगठन वा राष्ट्रिय मञ्च हो । गैह्रसरकारी संस्था महासंघ नेपालले युरोपेली संघ (European Union) को आर्थिक सहयोग तथा एसोसिएसन अफ इन्टरनेसनल एनजीओज इन नेपाल (AIN) सँगको सहकार्यमा "नेपालमा संघीय शासन प्रणालीको सबै तहमा नागरिक समाजको स्थान सुदृढीकरण" परियोजना कार्यान्वयन गरिरहेको छ। यस परियोजना अन्तर्गत विधिवत दर्ता भएका, सामाजिक क्षेत्र तथा नागरिक अधिकारको क्षेत्रमा कार्य अनुभव भएका र नेपालमा नागरिक समाजको सबलीकरण गर्दै लोकतान्त्रिक मूल्यमान्यताहरूलाई प्रवर्द्धन गर्न सक्ने योग्य राष्ट्रिय स्तरका महासंघ तथा सञ्जालको तर्फबाट लघु -परियोजना प्रस्ताव )Small Grant Proposal) पेश गर्न आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ।
प्रस्तावना पेश गर्ने राष्ट्रिय स्तरका महासंघ/सञ्जालहरूका न्यूनतम मापदण्डहरू
क)संस्था दर्ता ऐन २०३४ वा राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भई नविकरण भएको ।
ख)प्रचलित कानूनअनुसार समाज कल्याण परिषद् वा सरकारको आधिकारिक निकायमा दर्ता भई नवीकरण अद्यावधिक भएको ।
ग)स्थायी लेखा नम्बर (PAN) मा दर्ता भएको ।
घ)आ.व. २०८१/०८२ को कर छुट -नविकरण_ तथा कर चुक्ता भएको ।
ङ)दुई आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वित्तीय लेखापरीक्षण भएको ।
च)विधानमा स्पष्ट रुपमा संस्थाहरु सदस्य रहने प्रावधान भएको ।
छ)सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा लगानी निवारण (AML/CFT) सम्बन्धी व्यवस्था प्रति प्रतिबद्ध भएको ।
न्यूनतम मापदण्डहरू पूरा गरेका इच्छुक राष्ट्रिय स्तरका महासंघ तथा सञ्जालहरुले परियोजनाको प्रस्तावना संस्थाको ईमेल ठेगाना "info@ngofederation.org" मा विषयमा “Proposal for the Collaboration for CSO Networks' Engagement in Nepal” उल्लेख गरी २०८३ असार ३० गते मंगलबार साँझ ५:०० बजेभित्र "Proposal Guidelines 2026" मा उल्लेखित ढाँचामा प्राप्त भएको हुनुपर्नेछ । उल्लेखित मिति र समयपश्चात प्राप्त भएका प्रस्तावनाहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । यस प्रक्रियामा कुनै आवेदकको पक्षमा वा विपक्षमा प्रभाव पार्ने खालको कुनै हस्तक्षेप, दवाव वा अनुचित व्यवहार गरेको देखिएमा सो आवेदकले पेश गरेको परियोजना प्रस्तावना स्वतः खारेज हुनेछ ।
LINK:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 24 Jun, 2026 |
| Apply Before | 14 Jul, 2026 |
| City | Kathmandu |