पुराना मालसामान लिलाम विक्री सम्वन्धि बोलपत्र आह्वानको सूचना

VSO Nepal

Details / requirements:

भिएसओ नेपाल

पुराना मालसामान लिलाम विक्री सम्वन्धि बोलपत्र आह्वानको सूचना

यस संस्था अन्तर्गतका विभिन्न परियोजनाहरूमा प्रयोगमा आएका तथा हाल प्रयोगका लागि आवश्यक नरहेका देहाय बमोजिमका मालसामानहरू जुन अवस्थामा छन्, सोही अवस्थामा लिलाम बिक्री गर्ने निर्णय भएको हँदा ईच्छुक व्यक्ति, फर्म तथा संध संस्थाहरूवाट देहायमा उल्लिखित विवरण अनुसारका मालसामानहरूको लिलाम बिक्रीका लागि बोलपत्र आह्वान गरिन्छ ।

क्र.सं.विवरणपरिमाणटिप्पणी
१ल्यापटप, मोनिटर, प्रिन्टर, जेनेरेटर र रिवलविङ्ग चियरविभिन्न ६ लटबोलपत्रदाताले प्रत्येक लटको छुट्टाछुट्टै मूल्य प्रस्ताव गर्नुपर्नेछ । मालसामान एक एक थानका आधारमा लिलाम बिक्री गरिने छैन ।

अतिरिक्त जानकारीः

१. सफल बोलपत्रदाताले मालसामान उठाउने, ढुवानी गर्ने तथा अन्य जोखिमयुक्त कार्यहरू गर्दा वातावरण संरक्षण तथा सुरक्षाका लागि अपनाउनुपर्ने सम्पूर्ण आवश्यक सुरक्षाका उपायहरू अनिवार्य रुपमा अपनाउनुपर्नेछ । सो क्रममा उत्पन्न हुने आर्थिक र सामाजिक दायित्वका लागि भिएसओ नेपाल जिम्मेवार हुने छैन ।

२. उल्लेखित मालसामानहरू सोमवार, २०८३ असोज १९ गते, (५ अक्टोवर २०२६) देखि शुक्रवार, २०८३ असोज २३ गते (९ अक्टोवर २०२६) दिनको १:३० बजे देखि ४:३० बजे सम्म ललितपुरको ढोकाडोल स्थित भिएसओ नेपालको कार्यालयमा निरिक्षणका लागि उपलब्ध रहने छ ।

३. उल्लेखित मालसामानहरू जुन अवस्थामा छन, त्यही अवस्थामा र त्यहींबाट लिलाम बिक्री गरिनेछ । मालसामानको प्रत्येक लटको लागि भुक्तानी भइसकेपछि कुनै पनि रकम फिर्ता गरिने छैन । 

४. सिलबन्दी बोलपत्रसंगै कम्पनी दर्ता प्रमाणपत्र, भ्याट/प्यान दर्ता प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र आर्थिक वर्ष २०८१/८२ को प्रतिलिपी संलग्न गरी सूचना अवधिभर कार्यालय समय विहान ९ बजे देखि बेलुकी ५ बजे भित्र प्रत्येक लटका मालसामानका लागि छुट्टाछुट्टै मूल्य प्रस्ताव गरी, सिलवन्दी गरी तपशिलमा उल्लेख गरिएको स्थानमा बुझाउनुपर्नेछ ।

भिएसओ नेपालको कार्यालय

ललितपुर २, ढोकाडोल, सानेपा 

५. लिलाम बिक्रीसमम्वन्धी फारम मालसामानको निरीक्षणको समयमा भिएसओ नेपालको कार्यालयबाट प्राप्त गर्न सकिनेछ । सफल बोलपत्रदातालाई २०८३ असोज २७ गते जानकारी गराईनेछ । तत्पश्चात २०८३ असोज २८ गते (१४ अक्टोवर २०२६ बुधबार सम्म भुक्तानी गरिसकनुपर्नेछ र त्यसपछि लिलाम भएको मालसामानहरू भिएसओ नेपालको परिसरबाट २ दिनभित्र उठाई लैजानु पर्ने छ । 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 05 Oct, 2026
Apply Before 09 Oct, 2026
City Lalitpur