MIS and Documentation Associate

Campaign Nepal

Campaign Nepal is a non-political, secular and non-profit making organisation established in 2008 with its head office in the Rautahat district of Nepal. The organisation engaged in community development and humanitarian assistance sectors with the thematic area of WASH, Health, and Education promotion in the Terai region of Nepal. It works for the poor, vulnerable, marginalised, socially excluded communities, and institutions (Including children, women, youth, schools and health centres also) with the support of different funding agencies for meet encourage social and economic development and uphold the well-being and human rights of them.

Details / requirements:

पदपूर्ति सम्बन्धि सुचना

प्रथम पटक सुचना प्रकाशन मिति: ११ जुलाई २०२४

अनुसन्धान र विकासका निम्ति अभियान नेपाल सन् २००८ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो, जसको मुख्य कार्यालय रौतहट जिल्लामा रहेकोछ । यस संस्थाले नेपालको तराई क्षेत्रमा स्वास्थ्य, खानेपानी तथा सरसफाइ, शिक्षा र जीविकोपार्जन प्रवर्द्धन लगायतको विषयगत क्षेत्रका साथ सामुदायिक विकास र मानवीय सहायता क्षेत्रमा संलग्न रही कार्यक्रमहरु संचालन गरिरहेका छन । यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र संस्थाहरु (बालबालिका, महिला, युवा, विद्यालय र स्वास्थ्य केन्द्रहरू समेत) का लागि विभिन्न दातृ निकायहरुको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरुको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । 

USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company संगको सयुक्त साझेदारीमा अभियान नेपालद्वारा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल  गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशारीहरुलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यबहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

यसै अनुरुप केयर नेपालसंगको साझेदारीमा अभियान नेपालद्वारा रौतहट जिल्लाका आठ वाटा पालिकाहरु कटहरिया, गुजरा, गरुडा, देवाही गोनाही, बृन्दावन, माधव नरायण, गढिमाई र फतुवा विजयपुर पालिकामा USAID Adolescent Reproductive Health परियोजना संचालन भईरहेको छ । यस कार्यक्रमका लागि तपसिलमा उल्लेखित कर्मचारीको पदपुर्ति गर्नुपर्ने भएकोले तोकिएको मापदण्ड र १८ बर्ष पुगेका नेपाली नागरिकहरुले आवेदन पेश गर्नुहुन आह्वान गरिन्छ ।

सन्दर्भ सुचना नं: RT-011/2024

पद: MIS and Documentation Associate

आवश्यक संख्या: ०१ 

योग्यता, अनुभव र सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा १०+२ उतिर्ण गरि कम्तिमा ०२ वर्ष परियोजना वा तथ्याङ्क ब्यवस्थापनमा काम गरेको कार्य अनुभव भएको हुनुपर्ने । स्नातक तह उतिर्णलाई ग्राह्यता दिईनेछ।

यस पदको लागि आवश्यक योग्यता र कार्य विवरण तलको लिंकमा उपलब्ध छ ।

Link: Detail Job Description of MIS and Documentation Associate

आवश्यक कागजातहरु:

  • तलको लिंकमा उपलब्ध रोजगारी आवेदन फारम
  • न्युनतम दुई जना सन्दर्भ ब्यक्तिहरुको नाम र सम्पर्क ठेगाना सहितको ब्यैक्तिक विवरण
  • शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपी
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • विषयगत क्षेत्रको अनुभवका प्रमाण पत्रहरुको प्रतिलिपी

Link: Job Application Form

आवेदन गर्ने प्रकृया:

माथि उल्लेखित कागजात सहित संस्थाको कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा हुलाक वा विद्युतिय माध्यम मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले कुनै पनि आवेदन पूर्ण वा आशिंक रुपमा विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा पदको लागि आवेदन भनेर खुलाउनुहोला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्थाको यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरु सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व—घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । स्थानिय  आवेदकहरु लाई प्राथमिकता दिईनेछ । पुणश्चः यो पद स्वीकृतिको चरणमा  रहेको छ ।

दरखास्त दिने अन्तिम मिति:

इच्छुक उम्मेदवारहरूलाई तोकिएको आवश्यक कागजात सहित सुचना प्रकाशन भएको मितिले १५ दिन भित्र (२५ जुलाई २०२४ बेलुका ०५ बजेसम्म) आवेदन पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ०५ बजे सम्म आवेदन दिन सकिनेछ । यस सम्बन्धि थप केही बुझ्नु परेमा संस्थाको इमेल वा फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आवेदन दिने ठेगाना:

मानव संसाधन शाखा

अभियान नेपाल

गौर ०५ रौतहट

फोन न: ०५५ ५२१५७६

वा

ईमेल ठेगाना: vacancy.abhiyan@gmail.com

कार्य शक्तिको विविधताको कदर गर्दै, अभियान नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई यस पदका लागि आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

Overview

Category Development Project, Development / NGO
Openings 1
Position Type Full Time
Experience 2 Years
Education Intermediate (10+2), Bachelor’s Degree Preferred
Posted Date 11 Jul, 2024
Apply Before 25 Jul, 2024
City Rautahat