सिलवन्दी दरभाउपत्र आह्वानको सूचना

Khamari Thariya khanepani Tatha Sarasaphi Simta Surkhet

Details / requirements:

खमारी थारिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सिम्ता ७, सुर्खेत

को

खरिद समिति

सिम्ता ७, सुर्खेत

सिलवन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित सूचना: मिति: २०८० फाल्गुन १४ गते

एकीकृत जलश्रोत व्यवस्थापन कार्यक्रम, हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीय साझेदार संस्था समाज जागरण केन्द्र (स्याक) नेपाल द्वारा सिम्ता गाउँपालिका सुर्खेतमा सञ्चालित खानेपानी तथा सरसफाइ योजनाहरूको लागि खानेपानी योजना निर्माणमा प्रयोग हुने निर्माण सामाग्रीहरू खरिद गर्नुपर्ने भएकोले सिलवन्दी दरभाउपत्रमा उल्लेख गरिएको शर्तहरु र सामाग्रीको गुणस्तर (स्पेसिफिकेशन) बमोजिमको सामाग्रीहरू सप्लाई गर्न इच्छुक मूल्य अभिवृद्धि करमा दर्ता भएका आपूर्तिकर्ता, फर्म वा कम्पनिवाट निम्न शर्तहरूको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएकोछ ।

समुह क: एच.डि.पि. पाइप, जि.आई. पाइप, जि.आई./व्रास फिटिङ्ग, औजार, अन्य साामाग्रीहरू (रड, ग्याविन तार, काँडेतार, वाइडिङ्ग तार, कुखुरेजाली, टंकी इत्यादि)

समुख ख: फलामे निर्माण सामाग्री (फेव्रिकेटेड सामाग्रीहरू)

समुह ग: सिमेन्ट (ओ.पि.सि. ५३ ग्रेड)

शर्तहरू:

१. दरभाउपत्र निम्न स्थानमा नि:शुल्क उपलब्ध हुने वा लिङ्कबाट डाउनलोड गर्न सकिने छ ।

सिलवन्दी दरभाउपत्र पाइने स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल, फिल्ड कार्यलय, सिम्ता ६, सुर्खेत अथवा,

सिलवन्दी दरभाउपत्र डाउनलोड गर्नका लागि लिङ्क:

https://notice.helvetasnepal.org, https://sacnepal.org.np/category/notices/

Or, click on the link below:

Tender Form

दरभाउपत्र डाउनलोड वा प्राप्त गर्न केही समस्या भएमा ०८३ ५२१२८२ नं. मा सम्पर्क गर्न सकिनेछ ।

२. दरभाउपत्र बुझाउने अन्तिम मिति र स्थान:

दरभाउपत्र बुझाउने अन्तिम मिति: २०८० फाल्गुन २९ गते (१२ मार्च २०२४), दिउसो १२ बजे भित्र

दरभाउपत्र बुझाउने स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल, फिल्ड कार्यलय, सिम्ता ६, सुर्खेत

म्याद नाघी वा रित नपुगी आएका दरभाउपत्र उपर कुनै कारबाही हुने छैन ।

३. दरभाउपत्र पेश गर्ने सप्लायरले खरिद समिति वा उपभोक्ता समितिले जारि गरेको परिमाण सुची (Bill of quantity) मा मात्र दरभाउ पेश गर्नु पर्नेछ । अन्य कागजमा भरिएको दरभाउपत्रलाई मान्यता दिइने छैन ।

४. सिलवन्दी दरभाउपत्र खोल्ने मिति, समय र स्थान:

मिति: २०८० फाल्गुन २९ गते (१२ मार्च २०२४), दिउसो १ बजे

स्थान: समाज जागरण केन्द्र (स्याक) नेपाल, फिल्ड कार्यलय, सिम्ता ६, सुर्खेत

सिलवन्दी दरभाउपत्र दरभाउपत्रदाता वा निजका प्रतिनिधिको रोहवरमा खोलिने छ । दरभाउपत्रदाता वा निजका प्रतिनिधि उपस्थित नभएमा पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन ।

५. सामाग्री खरिद सम्झौता बमोजिम तोकिएको स्थान सम्म सामाग्री ढुवानी भै उपभोक्ता समितिले सामाग्री चेकजांच र प्राप्त गरे पछि मात्र आपूर्तिकर्तालाई भुक्तानी गर्नेछ ।

६. यो सूचनामा केहि संसोधन गर्नु परेमा सो को सूचना अहिले प्रकाशित भएका पत्रिकाहरू वा माध्यमबाट नै गरिने छ ।

७. दरभाउपत्र पेश गर्दा सिलवन्दी दरभाउपत्र साथ तपशिलमा उल्लेखित विवरण वमोजिमको शर्त रहित सक्कल बैंक जमानत दरभाउपत्र साथ संलग्न गर्नु पर्नेछ ।

जमानत जारी गर्नु पर्ने नाम (beneficiary name): KHAMARI THARIYA KHANEPANI TATHA SARSAPHAI UPABHOKTA SAMITI

जमानत रकम र मान्य अवधि रु.: ७०,०००.०० (सत्तरी हजार रुपैया मात्र) मान्य अवधि: कम्तिमा ७५ दिन (दरभाउपत्र पेश गर्ने अन्तिम मिति देखि गणना हुनेगरी)

जारी गर्ने बैंकको किसिम : नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकबाट मात्र

दर्ता भएका सिलवन्दी दरभाउपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस खरिद समिति, खमारी थारिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सिम्ता ७, सुर्खेतमा सुरक्षित रहनेछ ।

खरिद समिति

खमारी थारिया खानेपानी तथा सरसफाई उपभोक्ता समिति, सिम्ता ७, सुर्खेत

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 26 Feb, 2024
Apply Before 12 Mar, 2024
City Surkhet