सामाजिक परिचालक (Social Mobilizer)
Detailed Job description / requirements:
कर्मचारी आवश्यक्ता
प्रथम पटक सुचना प्रकाशित मितिः २०८० भाद्र २७ गते ।
मानव बेचबिखन/लैङ्गिक हिंसा अन्त्यको अभियानमा लामो समय देखि क्रियाशील आफन्त नेपाल (KIN NEPAL) लाई एटविन/युनिसेफको साझेदारीमा कञ्चनपुर र कैलाली जिल्लामा सञ्चालन भईरहेको Prevention of child labour exploitation: strengthening capacity and surveillance on migration and trafficking परियोजना अन्तरगत कृष्णपुर नगरपालिका र धनगढी उपमहानगरपालिका कालागि सामाजिक परिचालक (Social Mobilizer) आवश्यक रहेकोले ईच्छुक र योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ ।
पदः सामाजिक परिचालक (Social Mobilizer)
संख्याः २ (दुई जना) कृष्णपुर नगरपालिका र धनगढी उपमहानगरपालिका कालागि १/१ जना ।
परियोजना अवधीः ६ महिना
न्यूनतम शैक्षिक योग्यता: प्रवीणता प्रमाण पत्र उतीर्ण वा सो सरह
कार्य अनुभवः मानव बेचबिखन तथा ओसार पसार विरुद्ध तथा बाल श्रम रोकथाम वा सामाजिक परिचालनका क्षेत्रमा कम्तिमा ४ वर्षको कार्य अनुभव भएको ।
अन्य सीप तथा क्षमताहरु
कुशल सञ्चार र समन्वय गर्न सक्ने, बेचबिखन/हिंसामा परेका/पर्न सक्ने सम्भावनामा रहेका व्यक्ति तथा समुदायको उत्थानमा विशेष चासो राख्ने, आत्मविश्वासी; सृजनशील; सकारात्मक सिकाइ प्रवृति; आफन्त नेपालको मुल्य–मान्यता, दर्शन तथा लक्ष्यप्रति प्रतिवद्ध भई सामाजिक अभियन्ताको रुपमा सेवा गर्न ईच्छुक, दुइपांग्रे सवारी चालक अनुमति पत्र भएको भए राम्रो ।
आवेदनमा संलग्न गर्नुपर्ने आवश्यक कागजपत्रहरुः नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, व्यक्तिगत विवरण (CV), काम गरेको अनुभव पत्र, नियुक्ति पत्र तथा तालिमको प्रमाण पत्र व्यक्तिगत विवरण (CV) मा उल्लेख गरे अनुसार) ।
परिक्षाको किसिमः लिखित र अन्तरवार्ता
रितपुर्वक आएका आवेदनहरुबाट सुयोग्य उम्मेदवारहरु लाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ । उल्लेखित योग्यता पुगेका ईच्छुक व्यक्तिले यही २०८० असोज २ गते बेलुकी ४:०० बजे भित्र हस्तलिखित इच्छापत्र (Interest Letter) सहित आफन्त नेपाल कञ्चनपुर शाखा कार्यालय गड्डाचौकी मा अथवा ईमेलः nepalkin064@gmail.com मा आवेदन दिनुहुन सम्वन्धीत सबैलाई जानकारी गरीन्छ ।
नोटः सम्वन्धीत पालिकामा स्थायि बसोवास भएको, महिला, पछाडि पारिएको बर्ग समुदाय तथा बेचबिखन र हिंसाबाट प्रभावितलाई प्राथमिकता दिइनेछ । छनौट भएका उमेदवारको काम छिट्टै सुरु हुनेछ । छनौट प्रक्रियाको सम्पूर्ण अधिकार आफन्त नेपालमा निहित रहनेछ ।
Job Overview
Category | Development and Project, Development / NGO |
Openings | 2 |
Position Type | Full Time |
Experience | 4+ years |
Education | Intermediate (10+2) |
Posted Date | 14 Sep, 2023 |
Apply Before | 19 Sep, 2023 |
City | Lalitpur |