खरिद,लजिष्टिक तथा प्रशासन सहायक (Procurement, Logistic and Admin Assistant)

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

मिति २०८२ साल कार्तिक २१ गते

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरुमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरुको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरुको क्षमता विकासको माध्यमबाट अधिकारमा पहँुच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि विगत १४ वर्षदेखि कार्यरत रहदै आएको छ ।

महासंघले पोषण परियोजना (Mother Child Wellbeing Partnership Program Nurture Every Future) सँग सम्बन्धित गतिविधिहरु मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जीविकोपार्जनमा टेवा  पुर्याउने उद्देश्यले केएर नेपाल सँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरुसँगको सहकार्यमा “पोषण कार्यक्रम” सञ्चालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय, सिरहामा रही तपशिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपशिलमा उल्लेखित ठेगानामा २५ कार्तिक, २०८२ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा  पेश गर्न अनुरोध गरिन्छ ।  निवेदन पेश गर्दा आशातीत तलव समेत उल्लेख गर्नुपर्नेछ ।

पदसंख्याशैक्षिक योग्यताआवश्यक अनुभव
खरिद,लजिष्टिक तथा प्रशासन सहायक (Procurement, Logistic and Admin Assistant)व्यवस्थापन विषयमा प्रविणता प्रमाणपत्र तह उतीर्ण वा सो सरह उर्तीण भई कम्तीमा १ वर्षको कार्य अनुभव
  • खरिद, लजिष्टिक, लेखा व्यवस्थापन एवं प्रशासनमा कम्तिमा २ वर्ष अनुभव भएको ।
  • खरिद प्रकृया, कर व्यवस्थापन, बैंकिङ्ग कारोवार सम्बन्धि ज्ञान भएको ।
  • सानो नगदी कोष, खरिद प्रणाली तथा लेखा प्रणाली सम्बन्धि ज्ञान भएको ।
  • खरिद, लजिष्टिक, लेखाको दस्तावेजिकरण एवं प्रशासनीक गतिविधिहरुबारे ज्ञान भएको ।
  • महिला, दलित, जनजाति सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ । 
  • छोटो सूचिमा परेका उम्मेदवारहरुलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ  ।
  • कानुन विपरित कार्यमा संलग्न भई कानुनले कालो सूचीमा प्रमाणित गरेका उम्मेद्वारलाई छनौट प्रक्रियामा समावेश गरिनेछैन ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरु

  • रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरुको प्रतिलिपि 
  • दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।

दरखास्त बुझाउने अन्तिम मितिः २०८२ कार्तिक २५ गते  सम्म 

छनौट विधी : लिखित र मौखिक

पदपुर्ति समिति

Overview

Category Administrative / Management, Development Project, Logistics / Procurement, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Full Time
Experience 1+ years
Education Please check vacancy details
Posted Date 07 Nov, 2025
Apply Before 11 Nov, 2025
City Kathmandu