शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

शिलबन्दी बोलपत्र आह्वान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति २०८२/०७/२०)

राष्ट्रिय कृषक समूह महासंघ नेपालले केएर नेपालसँगको साझेदारीमा सिरहा जिल्लाको भगवानपुर गा.पा, सखुवानन्कारकट्टी गा.पा, लक्ष्मीपुर पतारी गा.पा, नरहा गा.पा धनगढीमाई न.पा. तथा बरियारपट्टी गा.पा , सप्तरी जिल्लाको रुपनी गा.पा., अग्नीसाईर कृष्णासावरण गा.पा., बलान बिहुल गा.पा. र सप्तकोशी न.पा संगको सहकार्यमा, भूमिहिन, विपन्न र कम आयश्रोत भएका महिला किसान परिवारको पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले स्वःउत्पादनबाट परिवारको पोषण विविधिकरण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उल्लेखित परियोजना अन्तर्गत तपसिल अनुसारका वीउ विजन र कृषि सामग्रीहरू किसान कार्ड प्रणाली र भौचर प्रणाली मार्फत खरिद गर्नुपर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका उल्लेखित सामग्री आपूर्ति गर्न इच्छुक तथा योग्य अधिकृत विक्रेता, आपूर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले १० दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र कार्यालयमा उपस्थित भई सम्बन्धीत फर्मको लेटर प्यडमा दरभाउ तथा शर्तहरु उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु हुन वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.comमार्फत आवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

आपूर्ति गरिने सामग्रीहरूको विवरण:

नोट माथिका सिफारीस गरिएको जातको अलावा स्थानीय उपयुक्त जात समेत हुन सक्नेछन् ।

सामग्रीहरुको विवरण को लागि Link मा जानुहोस्

  • इच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा ईमेल nfgfmadeshpradesh2075@gmail.com मार्फत बोलपत्र प्राप्तीको लागि आधिकारीक पत्र मार्फत बोलपत्र प्राप्त गर्न सक्ने छ । यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय खुलेको समयमा यस संस्थाको कार्यालयमा र इमेलमार्फत दरभाउ उल्लेखित गरी पेश गर्न सकिने छ ।
  • पेश गरिएका बोलपत्रहरू मिति २०८२ साल कार्तिक ३० गते १ बजे संस्थाका प्रतिनिधीहरू र बोलपत्र दाता स्वयम् वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यालयमा खोलिनेछ । तोकिएको दिनमा बोलपत्रदाता वा निजको प्रतिनिधिको अनुपस्थित भएमा पनि शिलबन्दी बोलपत्र खोल्न कुनै बाधा पर्ने छैनतर सो दिन सार्वजनिक बिदा परेमा सो को लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खोलिने छ ।
  • म्याद नाघी वा रित नपूगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
  • थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
  • फाराम बुझाउने अन्तिम मिति २०८२/०७/२९ गते दिउँसो ५:०० बजेसम्म हुनेछ ।

बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः

राष्ट्रिय कृषक समूह महासंघ नेपाल ,

मधेश प्रदेश कार्यालय

लहान न.पा. वडा नं. १, सिरहा( तरकारी बजारबाट दक्षिण तर्फ जाने गल्लिबाट १०० मि अगाडि )

फोन न. ०३३५६४०७३

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 Nov, 2025
Apply Before 15 Nov, 2025
City Kathmandu