खानेपानीको धारा जडानका गर्न आवश्यक सामाग्रीहरू खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सुचना
Details / requirements:
खानेपानीको धारा जडानका गर्न आवश्यक सामाग्रीहरू खरिदका लागि सिलबन्दी बोलपत्र आह्वानको सुचना
पहिलो पटक प्रकाशन मिति १९ अप्रिल २०२६ ( ०६ बैशाख २०८३ )
दलित जनकल्याण युवाक्लव, लहान एक गैर धार्मिक, गैर राजनैतिक र गैर नाफामूलक बिशुद्ध सामाजिक संस्था हो । यस संस्थाले विगत २५ वर्ष देखि बिभिन्न दातृ निकायहरूको साझेदारीमा सिरहा, सप्तरी, उदयपुर, सुनसरी, धनुषा र महोत्तरी जिल्लाहरूमा महिला अधिकार, शिक्षाअधिकार, जिबिकोपार्जन, विपद उत्थानशील समुदाय निर्माण, पोषण र वासको क्षेत्रमा काम गर्दै आएको छ ।
त्यसै गरी विगत ७ बर्ष देखि वाटरएड नेपालको सहयोगमा लहान नगरपालिका, नेपाल खानेपानी संस्थान र दलित जनकल्याण युवा क्लवद्धारा द बिकन परियोजना लहान नगरपालिकामा समेत संचालन हुदै आएको छ । यसै सन्दर्भमा लहान नगरपालिका अन्तर्गत शुद्ध खानेपानीको लागि यस बर्ष नेपाल खानेपानी संस्थानसंग सहकार्य गरी दलित वस्तीहरुमा धारा जडान गर्नका लागि तपशिल बमोजिम सामाग्रीहरू आवश्यक भएको हुँदा सोको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसंग बिगतमा समेत काम गरेको र काम गर्न ईच्छुक नेपाली ईजाजत प्राप्त फर्म/कम्पनीहरूलाई माँग गरिए बमोजिम आवश्यक कागजात ( कर चुक्ता २०८१ / २०८२, फर्म / कम्पनीको नबीकरण गरिएको कागजातहरू र काम गरेको अनुभव ) सहित गोप्य सिलबन्दी बोलपत्र तोकिएको ढाँचामा ४ मे २०२६ ( २१ बैशाख २०८३ ) साँझ ५ बजेसम्म दलित जनकल्याण युवा क्लव, लहानको कार्यालयमा बुझाउन आह्वान गरी यो सुचना प्रकाशित गरीएको छ ।
सामाग्रीहरूको विवरण :
https://drive.google.com/uc?export=download&id=1SX4Mo9mJvQGEk58b6Xsud1xXE4cQkutI
नोट : शिलबन्दी बोलपत्र फारम दलित जनकल्याण युवा क्लव लहानको कार्यालयबाट २३ अप्रिल २०२६ ( १० बैशाख २०८३) विहान १०:०० बजे देखि दिउसो ५ बजेसम्म तथा दिएको लिंकबात प्राप्त गर्न सकिनेछ । साथै बोलपत्र पेश गर्ने अन्तिम मिति विदाको दिन परेमा १ दिन पछिको मितिलाई आधार मानिनेछ भने तपाईले तयार गरेको टेण्डर फर्म सक्कल नै कार्यलयमा बुझाउन पर्नेछ । साथै बोलपत्रका कागजातहरू यसमा दिएको लिंकबाट प्राप्त गर्न सकिनेछ ।
शिलबन्दि बोलपत्र प्राप्त र पेश गर्ने ठेगाना :
दलित जनकल्याण युवा क्लव लहानको कार्यालय लहान १४, प्रदिपगिरी आश्रम, वस्तीपुर सिरहा
मोबाईल नं.: ९८४१३६३३९१, ९८२४७९६९४९
LINKS:
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 19 Apr, 2026 |
| Apply Before | 04 May, 2026 |
| City | Lahan |