कृषियन्त्र तथा उपकरणहरु खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वान को सूचना

Mahila Sana Kisan Krisi Sahakari Sanstha Limited

Our cooperative short form is WSFACL .It is established in 2075 B.S.shrawan 25 gate .It is registered in the office of Rural Municipality of Laxminiya in cooperative Department .It is started by 30 womens .

Details / requirements:

महिला साना किसान कृषि सहकारी संस्था लि.लक्ष्मीनियाँ

लक्ष्मीनियाँ गा.पा.-०७,धनुषा

कृषियन्त्र तथा उपकरणहरु खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वान को सूचना

शिलबनदी दरभाउँपत्र नं. ०१–२०८२/२०८३

प्रथम पटक सुचनाप्रकाशितभएको मितीः २०८२/५/९

महिला साना किसान कृषि सहकारी संस्था लि. लक्ष्मिनियाँ गा.पा.–७  धनुषाले GGGI द्धारा संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि यस सहकारी संस्था र GGGI को संयुक्त लगानिमा  सुरुवात तथा स्तरोन्नती गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरणहरु खरिद गर्नु पर्ने छ ।

उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागि तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरणहरु आपुर्तिको लागि सिलबन्दी दरभाउ पत्रआव्हान गरिन्छ । साथै देशैभरिका ईजाजतप्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता,आपुर्तिकर्ता तथा बितरकहरुबाट यो सुचना प्रकाशन भएको मितिले २१ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रहीकार्यलय समय भित्र गोप्य सिलबन्दी दरभाउँपेश गर्नु हुन वा ईमेल ठेगाना Agriculture Custom Hiring Center मार्फत पेश गर्नुहुन यो सुचनाप्रकाशित गरिएको छ ।

आपुर्ति गरिने सामग्रिहरुको बिवरणः–

लिङ्कः

https://drive.google.com/drive/folders/10vfcyMlqyyL9aXFIXtVjG3FxMkwHsmoR

तपसिलः–

१.    माथि उल्लेखित मेसिनरी तथा उपकरणहरु एकमुष्ट वा छुट्टाछुट्टै खरिद गर्न सकिनेछ । ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरक ले आफुसंग उपलब्ध मेसिनरी  तथा उपकरणहरु मात्रको लागि पनि शिलबनदी दरभाउपेशगर्न सकिनेछ ।गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।

२.    विक्रेतालाई भुक्तानी गर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।

३.    उपरोक्त कारोबार भदौ ५ देखि मंसिर १५, २०८२ सम्म संचालन गरिनेछ ।

४.    ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यलयमा उपस्थितभई वा (माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्तगर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितिले २१ दिनभित्र यस सहकारी संस्थाको कार्यलयमा दरभाउँ उल्लेखित गरि पेशगर्न सकिने छ । (अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेशगर्न सकिनेछ)।

५.    शिलबन्दी दरभाउँपत्र पेश गर्दा नविकरण भएको ईजाजतपत्र,आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि (आ.व. २०८१/२०८२ वा म्यादथपको पत्र सहित २०८०/२०८१ को करचुक्ता ) पेश गर्नु पर्ने छ ।

६.    शिलबन्दी दरभाउँपेश गर्ने सप्लायर्स/कम्पनी/फर्महरुले दर्ता शुल्कवापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि,जम्मा गरेको भौचर शिलबन्दी दरभाउँसंग पेशगर्नु पर्नेछ ।

७.    बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ ।अंकअक्षर बीच फरक परेमा अक्षरमा लेखिएको लाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

८.    कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खामबन्दी गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

९.    पेश गरिएका बोलपत्रहरु मिती २०८२ भदौ ३० गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्र दाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्र दाता वा प्रतिनिधीे अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउँ खोल्न कुनै बाधा पर्नेछैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन सिलबन्दी दरभाउँ खोलिने छ ।

१०.    म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

११.    अन्यशर्तहरु महिला साना किसान  कृषि सहकारी संस्था लि.लक्ष्मीनियाँ को खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार महिला साना किसान कृषि सहकारी संस्था लि.लक्ष्मीनियाँमा निहित रहनेछ ।

१२.    बोलपत्र दाताले जम्मा प्रस्तावित कबोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यलयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेको नेपाल इण्भेष्टमेण्ट मेगा बैंक लि.लक्ष्मीनियाँ शाखा खाता नंं. १७६०१०५००००६७३  मा दाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको Bank Guarantee  पत्र शिलबन्दी बोलपत्र संगै पेश गर्नु पर्ने छ । 

१३.    थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्तगर्न सकिने छ ।

बोलपत्रपेशगर्ने र खोलिने ठेगाना

महिला साना किसान कृषि सहकारी संस्था लि.,लक्ष्मीनियाँ 

लक्ष्मीनियाँ गा.पा.–७ ,धनुषा

ईमेलः.wsfacl.laxminiya@gmail.com

अध्यक्ष: बबिता देवी यादव ९८०२३३४८५६

प्रबन्धक: सरोज कुमार यादव ९८०२३३४८४७ 

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 26 Aug, 2025
Apply Before 15 Sep, 2025
City Dhanusha