डेरी उद्योग समान खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
Details / requirements:
साना किसान कृषि सहकारी संस्था लि. धनुषा गोविन्दपुर
धनुषाधाम नगरपालिका–२, मंगलपुर, धनुषा
डेरी उद्योग समान खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना
शिलबनदी दरभाउँ पत्र नं. ०१–२०८२/२०८३
प्रथम पटक सुचना प्रकाशित भएको मिती: २०८२/०५/१०
साना किसान कृषि सहकारी संस्था लि धनुषा गोविन्दपुर, धनुषाधाम नगरपालिका–२, मंगलपुर, ।धनुषाले GGGI द्धारा संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि Diary Processing Unit सुरुवात गर्नको लागि आवश्यक डेरी मेसिनरी तथा उपकरणहरु खरिद गर्नु पर्ने छ ।
उल्लेखित परियोजना अन्तर्गत Diary Processing Unit को लागि तपसिल अनुसारका डेरी मेसिनरी तथा उपकरणहरु आपुर्तिको लागि सिलबन्दी दरभाउँ पत्र आव्हान गरिन्छ । साथै देशैभरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता, आपुर्तिकर्ता तथा बितरकहरुबाट यो सुचना प्रकाशन भएको मितीले २१ दिन भित्र तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र गोप्य सिलबन्दी दरभाउँ पेश गर्नु हुन वा ईमेल ठेगाना sanagovindpur@gmail.com पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।
आपुर्ति गरिने सामग्रिहरुको बिवरणः
लिङ्कः– https://drive.google.com/drive/folders/13zwy7Ai2nz7GeVKHd70-6yLvKc8ZhPuO
तपसिलः–
१. माथि उल्लेखित मेसिनरी तथा उपकरणहरु एकमुष्ट वा छुट्टाछुट्टै खरिद गर्न सकिने छ । ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसंग उपलब्ध मेसिनरी तथा उपकरणहरु मात्रको लागि पनि शिलबनदी दरभाउ पेश गर्न सकिनेछ । गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।
२. विक्रेतालाई भुक्तानी गर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ । ३। उपरोक्त कारोबार भदौ १० देखि मंसिर १५, २०८२ सम्म संचालन गरिनेछ ।
४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यलयमा उपस्थित भई वा (माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्त गर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितीले २१ दिन भित्र यस सहकारी संस्थाको कार्यलयमा दरभाउँ उल्लेखित गरि पेश गर्न सकिने छ (अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेश गर्न सकिनेछ)।
५. शिलबन्दी दरभाउँ पत्र पेश गर्दा नविकरण भएको ईजाजत पत्र, आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि (आ.व. २०८१/२०८२ वा म्याद थपको पत्र सहित २०८०/२०८१ को करचुक्ता पेश गर्नु पर्ने छ ।
६. शिलबन्दी दरभाउँ पेश गर्ने सप्लायर्स/कम्पनी/फर्महरुले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि, जम्मा गरेको भौचर शिलबन्दी दरभाउँसंग पेश गर्नु पर्ने छ ।
७. बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्ने छ । अंक अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
८. कार्यालयमा प्राप्त हुने बोलपत्र फारम खाम बन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
९. पेश गरिएका बोलपत्रहरु मिती २०८२ भदौ ३० गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्र दाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्रदाता वा प्रतिनिधीे अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउँ खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन सिलबन्दी दरभाउँ खोलिने छ ।
१०. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।
११. अन्य शर्तहरु साना किसान कृषि सहकारी संस्था लि. धनुषा गोविन्दपुर, को खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार "साना किसान कृषि सहकारी संस्था लि" मा निहित रहनेछ ।
१२. बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यलयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाम “साना किसान कृषि सहकारी संस्था लि” मा रहेको NIC ASIA Bank खाता नंं. ३१६४१५००८००७१००२ मा दाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र संगै पेश गर्नु पर्ने छ ।
१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।
बोलपत्र पेश गर्ने र खोलिने ठेगाना
साना किसान कृषि सहकारी संस्था लि धनुषा गोविन्दपुर,
धनुषाधाम नगरपालिका–२, मंगलपुर, धनुषा
ईमेलः sanagovindpur@gmail.com
सम्पर्कः ९८५४०२७०२९, ९८१९८१४०८२
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 26 Aug, 2025 |
Apply Before | 15 Sep, 2025 |
City | Dhanusha |