कृषि यन्त्र तथा उपकरण खरिदको लागी शिलवन्दी दरभाउपत्र आह्वानको सुचना

Aaprawasi Bahuudeshyeey Saahkari Sanstha Limited

Details / requirements:

आप्रवासी वहुउदेश्यीय सहकारी संस्था लि 

लक्ष्मिनियाँ गा.पा.–७ धनुषा 

कृषि यन्त्र तथा उपकरण खरिदको लागी शिलवन्दी दरभाउपत्र आह्वानको सुचना  

शिलबन्दी दरभाउ पत्र नं. ०१–२०८२ ∕ २०८३

दोस्रो  पटक सूचना प्रकाशित भएको मिति २०८२∕०६∕१९  

आप्रवासी वहुउदेश्यीय सहकारी संस्था लि. लक्ष्मिनियाँ गा.पा.–७ धनुषाले GGGI द्धारा संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागी यस सहकारी संस्था र GGGI को संयुक्त लगानिमा Agriculture Custom Hiring Center सुरुवात गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरण खरिद गर्नु पर्ने छ । 

उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागी तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरण आपुर्तिको लागी सिलबन्दी दरभाउँपत्र आह्वान गरिन्छ । साथै देशैभरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता, आपुर्तिकर्ता तथा बितरकहरुबाट यो सुचना प्रकाशन भएको मितीले ०८ दिन भित्र तपसिलको शर्तहरुको अधिनमारही कार्यालय समयभित्र गोप्य सिलबन्दी दरभाउँपेश गर्नु हुन वा ईमेल ठेगाना mmcooperative2075@gmail.com मार्फत पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ । 

सम्बन्धित दरभाउपत्र सम्बन्धि आपुर्ति गरिने सामानको बिवरण र कागजातहरु यसै लिङ्कमा उपलब्ध छ:

लिङ्कः–

https://drive.google.com/drive/folders/13lWksOC_C4CUWy8OQRvqo8lUlsqhQwjY?usp=drive_link 

तपसिलः– 

१.     ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसंग उपलब्ध मेसिनरी  तथा उपकरण को लागि शिलबन्दी दरभाउ पेशगर्न सकिनेछ । गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ । 

२.     विक्रेतालाई भुक्तानी गर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ । 

३.    उपरोक्त कारोबार असोज १९  देखि मंसिर १५, २०८२ सम्म संचालन गरिनेछ । 

४.    ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थित भई वा ( माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्त गर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितीले ८ दिन भित्र यस सहकारी संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरि पेशगर्न सकिने छ (अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेशगर्न सकिनेछ)। 

५.     शिलबन्दी दरभाउपत्र पेश गर्दा नविकरण भएको ईजाजतपत्र, आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि (आ.व. २०८१/०८२ वा म्याद थपको पत्र सहित २०८०/२०८१ को करचुक्ता ) पेश गर्नु पर्ने छ । 

६.     शिलबन्दी दरभाउ पेशगर्ने सप्लायर्स/कम्पनी/फर्महरुले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि जम्मा गरेको भौचर शिलबन्दी दरभाउ संग पेशगर्नु पर्नेछ । 

७.     बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंकअक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्यहुने छैन । 

८.     कार्यालयमा प्राप्तहुने बोलपत्र फाराम खामबन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्यहुने छैन । 

९.     पेश गरिएका बोलपत्रहरु मिती २०८२ असोज २७ गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्रदाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्रदाता वा प्रतिनिधीे अनुपस्थित भएमापनि शिलबन्दी दरभाउ खोल्नकुनै बाधापर्ने छैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन सिलबन्दी दरभाउ खोलिने छ । 

१०.     म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । 

११.     अन्य शर्तहरु आप्रवासी वहुउदेश्यीय सहकारी संस्था लि . लक्ष्मिनियाको खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार आप्रवासी वहुउदेश्यीय सहकारी संस्था लि . लक्ष्मिनियामा  निहित रहनेछ । 

१२. बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५  प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेको  Nepal Investment Mega Bank  लक्ष्मिनियाको खाता नं.१७६०१०५०००१३०४ मा दाखिला गरि जम्मा गरेको बैंक भौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र संगै पेश गर्नु पर्ने छ । 

१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्त गर्न सकिने छ । 

बोलपत्र पेशगर्ने र खोलिने ठेगाना आप्रवासी वहुउदेश्यीय सहकारी संस्था लि., मधेश प्रदेश 

लक्ष्मिनिया गा.पा.–७ धनुषा  , फोन नं  ९८१५८३२८२२

ईमेलः mmcooperative2075@gmail.com

Overview

Category Development Project
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 06 Oct, 2025
Apply Before 13 Oct, 2025
City Terai Region