पद | शैक्षिक योग्यता | उमेर हद | आवश्यक अनुभव | पद संख्या |
कार्यक्रम संयोजक (Project Coordinator Health or Nutrition Background) | जन स्वास्थ्य वा पोषण विषयमा स्नातक तह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष पोषण क्षेत्रमा कार्य अनुभव भएको जन स्वास्थ्य वा पोषन विषयमा स्नातक तह उत्तीर्न गरी कम्तिमा ३ वर्ष पषण क्षेत्रमा कार्य अनुभव भएको (सम्बन्धित विषयमा स्नाकोत्तर भइमा प्राथमिक्ता दिने। | १८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको | - पोषण तथा स्वास्थ्यमा आधारीत गतिविधिहरुको विश्लेषण गर्ने सघन ज्ञान र अनुभव भएको।
- परियोजना ब्यवश्थापन तथा टिम संयोजन र परिचालन सम्बन्धी कुशल क्षमता भएको।
- कार्यक्रमको उद्देश्य, रणननिति प्रतिको गहिरो बुझाई सहितको संचार क्षमता साथै समुदायको आवश्यक्ता पहिचान, चुस्त योजना एवं गुणात्मक कार्यन्वयनको दक्षता भएको।
- संचालित गतिविधिहरुको प्रभावकारी अनुगमन, लैँगिक समानता तथा सामाजिक समावेशिकरण मुलप्रवाहिकरण बारे विविधकृत ज्ञान एवं सिप भएको।
- पोषण विशेष र संवेदनशिल कृयाकलापबारे गहिरो ज्ञान र सहजिकरण सिप भएको।
- पोषण विविधिकरणमा आधारित उत्पादन सँग सम्बन्धित कृयाकलापहरुमा नविन्तम अभ्यास सहित तोकिएको क्रियाकलापहरु गुणस्तरिय रुपमा संचालनको ज्ञान र अनुभव भएको
- सहजकर्ताहरुको लागि प्राविधिक ज्ञान विकास एवं गतिविधिहरुको प्रभावकारी कार्यनवयनको सिप र अनुभव भएको।
- लैङ्गिक मूलप्रवाहिकरण, सहभागितात्मक उत्पादन र उत्पादनको बजारीकरणबारे ज्ञान भएको।
- कार्यक्रमको प्रभावकारी कार्यनवयनका लागी स्थानिय तहसँग, अन्य सरकारी तथा गैरसरकारी संघ संस्था र विकास साझेदारीहरुसँगै समन्वय एवं सहकार्य गर्ने।
- कार्यक्रमको आवश्यक्ता अनुसार (मासिक, अर्ध वार्षिक र बार्षिक) प्रतिवेदन लेखन, घटना अध्ययन र सफलताका कथा लेखन तथा प्रभाव मुल्याङ्कनको सिप भएको।
- स्थानिय सरकारको अगुवाइमा सघन रुपमा पोषणमैत्री गाउँ अभ्यास संचालन कृषकलाई डिजिटल माध्यमबाट बजारमा पहुँच पुर्याउने काममा सहजिकरण गर्ने ज्ञान र सिप भएको।
- कृषि क्षेत्रमा रहेको खराब अभ्यासलाई कम गर्न महासंघको संरचना परिचालन मार्फत समुदायमा सचेतना बढाउने अनुभव भएको।
- स्थानिय तहको कृषि, पोषण एवं स्वास्थ्य सम्बन्धि नीति तथा कानुनको कार्यनवयनका लागी गाउँ तथा नगरपालिकासँग वकालत गर्न सक्ने।
- गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको।
- नेपाल सरकारको स्वास्थ्य तथा पोषण सेवा संवन्धि प्रणालीगत व्यवस्थापन बारे जानकार रहि आवश्यक सहकार्य तथा बहुक्षेत्रिय समन्वय गर्न सक्ने अनुभव तथा सीप भएको
| १ |
GESI & SBC अधिकारी | मानविकि, समाजशाश्त्र, मा स्नातका वा सो सरह उत्तीर्ण | १८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको | - कार्यक्रमहरुको लक्ष्य, उद्देश्य एवं लक्षित उपलब्धि हासिलको लागि GESI मूलप्रवाहीकरण योजना तथा कार्यक्रम निर्माण सम्बन्धि अनुभव भएको ।
- महासंघले संचालन गरेको जलवायुमैत्री गाउँ अभ्यास, कृषक पाठशाला खाद्य तथा पोषण सुरक्षा, अधिकारमा आधारीत गतिविधिहरुको GESI योजना कार्यान्वयन गर्न टिमलाई प्राविधिकरुपमा सहजीकरण गर्नसक्ने क्षमता भएको ।
- सरोकारवालाहरुसंगको समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अᳮययन लेखन, प्रभाव मुल्यांकन सीप भएको साथै GESI दृष्टीकोणबाट मूल्यांकन गर्न सक्ने ।
- परियोजनाको लक्षित समुदाय, महासंघका कर्मचारी, संरचनाका पदाधिकारीको क्षमता अभिबृद्धि गर्न GESI सम्बन्धि तालिमहरुको विकास गर्ने र कार्यान्वयनमा सहजीकरण सीप भएको ।
| १ |
वित्त तथा लेखा अधिकारी | व्यवस्थापन विषयमा स्नातक वा सो सरह उत्तिर्ण | १८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको | - गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि लेखा ब्यवस्थापन एवं प्रसासनमा कम्तिमा २ वर्षको अनुभव भएको ।
- लेखाको सिद्धान्त, विद्यमान आयकर तथा अन्य करबारे ज्ञान भएको ।
- प्रभावकारी वित्तिय ब्यवस्थापन क्षमता एवं गुणस्तरीय आर्थिक प्रशासकीय ब्यवस्थापनको ज्ञान भएको।
- वित्तिय अनुगमन मुल्यांकन र कर्मचारी तथा पदाधिकारीहरुको वित्तिय दस्तावेजिकरण क्षमता विकासमा योगदान गर्न सक्ने खरिद प्रकृया, कर ब्यवस्था, लेखा प्रणाली सम्बन्धि अनुभव भएको ।
- दस्तावेजिकरण एवं प्रशासनीक गतिविधिहरु बारे ज्ञान भएको ।
- दाहोरो लेखा प्रणालीको व्यवहारिक ज्ञानभएको ।
- नेपाल सरकारको करप्रणाली तथा अन्य नीतिगत व्यवस्था र अभ्यासबारे ज्ञान भएको ।
- FAMAS Software को प्रयोग र FAMAS मार्फत रिर्पोट तयार गर्ने, विश्लेषण गर्ने ज्ञान र अभ्यास भएको
| १ |
Health & WASH सहजकर्ताहरु | स्वास्थ्य सहायक वा नर्सिङ विषयमा प्रमाणपत्र तह, वा सो सरह उत्तीर्ण भइ पषण तथा मातृशिश स्वास्थ्य वा खानेपानी, सरसफाई तथा स्वच्छता को क्षेत्रमा कम्तिमा २ वर्ष को कार्यअनुभव भएको। | १८ वर्ष पूरा गरी ५० वर्ष ननाघेको | - सामुदायिक स्वस्थ्य तथा पोषणमा सुधारमा आधारित गतिविधिहरुको सहजीकरण सीप तथा अनुभव भएको ।
- सिमान्तकृत समुदायमा सामाजिक परिचालन एवं पोषण सँग सम्बन्धित गतिविधिहरु संचालनको अनुभव भएको ।
- स्वस्थ्य, स्वच्छन्दता एवं पोषणमा आधारित उत्पादनमा संलग्न रही, जीविकोपार्जनका कार्यक्रहरु सहजीकरणको अनुभव भएको ।
- सरोकारवालाहरुसंगको समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अᳮययन लेखन, प्रभाव मुल्यांकन सीप भएको
- स्थानीय सरकारसंगको सहकार्यमा सघन रुपमा सिमान्तकृत तथा महिला कृषक लक्षित स्वच्छ उत्पादनसंग सम्बन्धित गतिविधि सहजीकरण गर्ने ज्ञान र सीप भएको ।
- अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको ।
- गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको ।
- स्वास्थ्य संस्था तथा समुदाय स्तरमा पोषण विशेष तथा पोषण संवेदनशिल किृयाकलाप संचालन बारे अनुभव भएको ।
| ३ |