कृषि यन्त्र तथा उपकरण खरिदको लागी शिलवन्दी दरभाउ पत्र आह्वानको सुचना !

Sana Kishan Krishi sahkari Sanstha ltd.

Details / requirements:

साना किसान कृषि सहकारी संस्था लि. शान्तिपुर

बटेश्वर गा.पा ५, धनुषा

कृषि यन्त्र तथा उपकरण खरिदको लागी शिलवन्दी दरभाउ पत्र आह्वानको सुचना !

शिलबन्दी दरभाउपत्र नं. ०१२०८२ २०८३

प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०८२०५०९

साना किसान कृषि सहकारी संस्था लि. शान्तिपुर,बटेश्वर गा.पा. ५ धनुषाको GGGI द्धारा संचालित Climate Smart Agriculture (CSA)परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागी यस सहकारी संस्था र GGGI को संयुक्त लगानिमा Agriculture Custom Hiring Center सुरुवात गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरण खरिद गर्नु पर्ने छ ।

उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागी तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरण आपुर्तिको लागी सिलबन्दी दरभाउँपत्र आह्वान गरिन्छ । साथै देशै भरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता,आपुर्तिकर्ता तथा बितरकहरु बाट यो सुचना प्रकाशन भएको मितीले २१ दिन भित्र तपसिलको शर्तहरुको अधिनमारही कार्यालय समयभित्र गोप्य सिल बन्दी दरभाउ पेश गर्नु हुन वा ईमेल ठेगाना sanakishan2076@gmail.com पेशगर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।

सम्बन्धित दरभाउपत्र सम्बन्धि आपुर्ति गरिने सामान को बिवरण र कागजातहरु यसै लिङ्कमा उपलब्ध छ: लिङ्कः

तपसिलः

१.ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसंग उपलब्ध मेसिनरी तथा उपकरण को लागि शिलबनदी दरभाउ पेश गर्न सकिनेछ । गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।

२.विक्रेतालाई भुक्तानी गर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।

३. उपरोक्त कारोबार भदौ ९ देखि असोज १५, २०८२ सम्म संचालन गरिनेछ ।

४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थितभई वा ( माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्तगर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितीले २१ दिनभित्र यस सहकारी संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरि पेशगर्न सकिने छ अन्तिम दिन बिदापर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेशगर्न सकिनेछ)।

५. शिलबन्दी दरभाउपत्र पेश गर्दा नविकरण भएको ईजाजत पत्र,आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि(आ.व. २०८१/०८२ वा म्याद थपको पत्र सहित २०८०/२०८१ को कर चुक्ता ) पेश गर्नु पर्ने छ ।

६. शिलबन्दी दरभाउ पेशगर्ने सप्लायर्स/कम्पनी/फर्महरुले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि जम्मा गरेको भौचर शिलबन्दी दरभाउ संग पेशगर्नु पर्नेछ ।

७. बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंकअक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंकमान्यहुने छैन ।

८. कार्यालयमा प्राप्तहुने बोलपत्र फाराम खामबन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्रदर्ता गर्न बाध्यहुने छैन ।

९. पेश गरिएका बोलपत्रहरु मिती २०८२ भदौ ३० गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्र दाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्र दाता वा प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्नकुनै बाधापर्ने छैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन सिलबन्दी दरभाउ खोलिने छ ।

१०.म्याद नाघी वा रित नपुगीआएका बोल पत्र उपर कुनै कारबाही हुने छैन ।

११. अन्य शर्तहरु साना किसान कृषि सहकारी संस्था लि शान्तिपुर ,बटेश्वर गा.पा ५ खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलीत कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार साना किसान कृषि सहकारी संस्था लि. शान्तिपुर, बटेश्वर गा.पा ५ मा निहित रहनेछ ।

१२.बोल पत्र दाताले जम्मा प्रस्तावितकबोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक महेन्द्रनगर शाखाको खाता नं. १२४०१०००००२८१००१ मा दाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको द्यबलप न्गबचबलतभभ पत्र शिलबन्दी बोलपत्र संगै पेश गर्नु पर्ने छ

१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्तगर्न सकिने छ ।

बोल पत्र पेशगर्ने र खोलिने ठेगाना

साना किसान कृषि सहकारी संस्था लि. शान्तिपुर

बटेश्वर गा.पा ५,धनुषा, मधेश प्रदेश

ईमेलः sanakishan2076@gmail.com

अध्यक्ष . अनिरुद्र मन्डल धानुक

प्रबन्धक ,नरेन्द्र प्रसाद राय

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / INGO
Posted Date 25 Aug, 2025
Apply Before 14 Sep, 2025
City Dhanusha