कृषि यन्त्र तथा उपकरण खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !

SANA KISHAN KRISHI SAHAKARI SANSTHA LIMITED DHAMAURA

Sana Krisak Krishi Sahakari Santha Ltd, Dhamaura, Balwa Muncipalti-11, Mahottari, Madhesh Province, Nepal, is a community-driven organization dedicated to advancing agricultural productivity and enterprise development. Governed by a strong leadership structure, with policies in place to ensure transparency and efficiency, the cooperative focuses on agri-production, value chain enhancement, and enterprise support. It actively promotes local employment through soft loans and enterprise financing. Notably, 90% of its members are women, and the institution is proudly led by a woman, making it a powerful model of inclusive, women-led development that uplifts both its members and the broader community.

Details / requirements:

साना किसान कृषि सहकारी संस्था लि. धमौरा

बलवा न.पा. ११, (रौजा) महोत्तरी

कृषि यन्त्र तथा उपकरण खरिदको लागि  शिलबन्दी दरभाउपत्र आह्वानको सूचना !

शिलबन्दी दरभाउ पत्र नं. ०१२०८२२०८३

प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०८२०५०७

साना किसान कृषि सहकारी संस्था लि. धमौरा, बलवा न.पा.११ रौजा, महोत्तरीको GGGI द्वारा सञ्चालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि यस सहकारी संस्था र GGGI को संयुक्त लगानिमा Agriculture Custom Hiring Center सुरुवात गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरण खरिद गर्नु पर्ने छ ।

उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागि तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरण आपुर्तिको लागि शिलबन्दी दरभाउँपत्र आह्वान गरिन्छ । साथै देशैभरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता, आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र तपसिलको शर्तहरूको अधिनमारही कार्यालय समयभित्र गोप्य शिलबन्दी दरभाउ पेश गर्नु हुन वा ईमेल ठेगाना sfacldhamaura@gmail.com मार्फत पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।

सम्बन्धित दरभाउपत्र सम्बन्धि आपुर्ति गरिने सामानको विवरण र कागजातहरू यसै लिङ्कमा उपलब्ध :

लिङ्क:- https://drive.google.com/drive/folders/1VYzs9TOJ1ejMibffPhxsAQLyzKdqsc6I

तपसिल:-

१. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले आफुसँग उपलब्ध मेसिनरी तथा उपकरणको लागि शिलबनदी दरभाउ पेश गर्न सकिनेछ । गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।

२. विक्रेतालाई भुक्तानीगर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।

३. उपरोक्त कारोबार भदौ ७ देखि असोज १५, २०८२ सम्म सञ्चालन गरिनेछ ।

४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वा बितरकले संस्थाको कार्यालयमा उपस्थितभई वा (माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्त गर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितिले २१ दिनभित्र यस सहकारी संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरि पेशगर्न सकिने छ (अन्तिम दिन बिदापर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेशगर्न सकिनेछ)।

५. शिलबन्दी दरभाउपत्र पेश गर्दा नविकरण भएको ईजाजतपत्र, आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि (आ.व. २०८१/०८२ को करचुक्ता वा म्यादथपको पत्र सहित २०८०/२०८१ को करचुक्ता ) पेश गर्नु पर्ने छ ।

६. शिलबन्दी दरभाउ पेश गर्ने सप्लायर्स/कम्पनी/फर्महरूले दर्ता शुल्क बापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि जम्मा गरेको भौचर शिलबन्दी दरभाउसँग पेश गर्नु पर्नेछ ।

७. बोलपत्र फारममा उल्लेखित मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंकअक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

८. कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खामबन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

९. पेश गरिएका बोलपत्रहरू मिति २०८२ भदौ २७ गते १:०० बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्रदाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्रदाता वा प्रतिनिधी अनुपस्थित भएमापनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधापर्ने छैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन सिलबन्दी दरभाउ खोलिने छ ।

१०. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

११. अन्यशर्तहरू साना किसान कृषि सहकारी संस्था लि. धमौराको खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलित कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार साना किसान कृषि सहकारी संस्था लि. धमौरामा निहित रहनेछ ।

१२. बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेको सिधार्थ बैंक लि. रामगोपालपुरको खाता नं. ०२३१५१०४६९१ मा दाखिला गरि जम्मा गरेको बैंक भौचर वा सुरक्षण बापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र सँगै पेश गर्नु पर्ने छ ।

१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्तगर्न सकिने छ ।

बोलपत्र पेशगर्ने र खोलिने ठेगाना

साना किसान कृषि सहकारी संस्था लि. धमौरा

बलवा न.पा.११ महोत्तरी, मधेश प्रदेश

ईमेलsfacldhamaura@gmail.com

अध्यक्ष

Overview

Category Agriculture, Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 24 Aug, 2025
Apply Before 12 Sep, 2025
City Mahottari