कार्यक्रम अधिकृत - प्राविधिक (Program Officer - Technical)

Sahakarmi Samaj

Details / requirements:

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मितिः २८ अशोज, २०८३

अमेरिकी सरकारको आर्थिक सहयोगमा सहकर्मी समाजद्वारा जाजरकोट जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन भईरहेको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमको कर्मचारी आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ।

पदन्यूनतम शैक्षिक योग्यता तथा कार्यानुभवमुख्य जिम्मेवारीहरू
कार्यक्रम अधिकृत - प्राविधिक (Program Officer - Technical) (१ जना)नर्सिङ वा जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्ण भई क्लिनिकल पृष्ठभूमि भएको। मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण कार्यक्रममा कम्तीमा १ वर्षको अनुभव भएकालाई प्राथमिकता दिइने।
  • कार्यक्षेत्र (फिल्ड) स्तरका क्रियाकलापहरू कार्यान्वयन गर्न र प्रगति प्रतिवेदन तयार गर्न कार्यक्रम संयोजकलाई सहयोग पुर्‍याउने।
  • जिल्ला तथा स्थानीय तहमा मातृ, नवजात शिशु, बाल स्वास्थ्य र पोषणसम्बन्धी प्राविधिक फोकल पोइन्टहरूसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्ने।
  • कार्यसञ्चालन योजनाहरू निर्माण गर्ने र कार्यक्षेत्रमा तिनको समयमै तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने।
  • पालिका स्तरका सम्बन्धित सरकारी तथा गैर-सरकारी निकायहरूसँग समन्वय गर्ने।
  • मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने र परियोजना क्षेत्रका स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई अभिमुखीकरण तथा प्राविधिक सहयोग प्रदान गर्ने।
  • मातृ, नवजात शिशु, बाल स्वास्थ्य तथा पोषण सेवाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय तह र स्वास्थ्य संस्थाहरूलाई प्राविधिक सहयोग प्रदान गर्दै स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप तथा कार्यसम्पादनको सुदृढीकरणका लागि यथोचित प्राविधिक सहयोग प्रदान गर्ने।
  • तथ्याङ्कको व्यवस्थापन र विश्लेषण गर्दै परियोजनाका सफलताका कथा र चुनौतीहरूको अनुगमन, मूल्याङ्कन र अभिलेखीकरण गर्ने।
  • पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), शैक्षिक योग्यताका प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ।

प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

दरखास्त दिने अन्तिम मितिः ०३ कार्तिक २०८३

दरखास्त पठाउने इमेल ठेगाना: sahakarmisamaj.org@gmail.com मा पठाउनुहोला ।

इमेल मार्फत आबेदन पठाउन असमर्थ हुनेहरुले निबेदन सहित आवश्यक कागजातको हार्डकपि निम्नानुसार ठेगानामा बुझाउनुपर्ने छ।

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।

नोट:

  • म्याद नाघी आएका दरखास्त मूल्याङ्कनमा समावेश गरिने छैन।
  • प्रस्तुत परियोजना दाताको स्वीकृति र आर्थिक सहायताको उपलब्धतामा निर्भर रहनेछ।

Overview

Category Public Health, Development Project, Nursing
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 14 Oct, 2026
Apply Before 21 Oct, 2026
City Jajarkot