कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशन मिति: २०८० असोज ७ गते आइतबार

World Vision International Nepal को सहयोगमा दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) द्धारा मधेश प्रदेशको महोत्तरी जिल्लामा सञ्चालित हुने बाल संरक्षण तथा स्पोन्सरसीप कार्यक्रम अन्तर्गत तपशीलका जनशक्तिहरु आवश्यक भएको हुँदा निम्नानुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त आह्वान गरिन्छ ।

पद

शैक्षिक योग्यता

न्युनतम योग्यता

लेखा अधिकृत

(Finance Officer)

१ (एक) जना

स्नातक तह उत्तिर्ण गरेको र सम्बन्धीत क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यअनुभव भएको ।

  • कम्प्युटरको ज्ञान भएको तथा लेखा प्याकेज गर्न सक्ने भएको
  • Spreadsheet मा काम गर्न सक्ने
  • कार्यतालिका तथा मानव व्यवस्थापन सम्बन्धी ज्ञान भएको
  • सृजनशील,उत्प्रेरक तथा उत्प्रेरणा जगाउन सक्ने ज्ञान भएको
  • स्पष्ट रुपमा अंगे्रजी तथा नेपाली भाषामा प्रतिवेदन लेख्न सक्ने ज्ञान भएको
  • कम्प्युटरको Office package; World, Excel, Power point, English Nepali typing and email internet राम्रो दक्षता भएको
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको भएको ।

क्षेत्री परिचालक

(Field Mobilizer-CPMR/CFLG )

१ (एक) जना

प्रविणता प्रमाणपत्र तह वा  १०+२ उत्तिर्ण गरेको, सम्बन्धित क्षेत्र (बालमैत्री स्थानीय शासन ) मा २ वर्षको कार्यानुभव वा सो सम्वन्धी तालिम लिएको ।

  • बालमैत्री स्थानीय शासन, बाल संरक्षण तथा जीवन उपयोगी सीपबारे जानकारी भएको 
  • समुह व्यवस्थापन तथा सारेकारवलाहरुको व्यवस्थापनबारे जानकारी भएको 
  • राम्रो सञ्चार सीप भएको 
  • Smart Phones/Tablets, digital camera, MS Word, Excel, Power point को दक्षता भएको, नेपाली तथा अंग्रेजी भाषामा राम्रो टाइपिङ्ग speed भएको साथै इमेल, इन्टरनेट चलाउन सक्ने ।

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु: माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले व्यक्तिगत विवरण (Bio-Data), हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपि, तालिम तथा कार्य अनुभव पत्रहरुको प्रतिलिपि सहित आफुले आवेदन गर्न चाहेको पद प्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference persons) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागज पत्रहरुमा सक्कल बमोजिम नक्कल ठिक छ भनी स्व:प्रमाणित गरी आवेदन पेश गर्न सकिन्छ ।

आवेदन दिने अन्तिम मिति: सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलि पल्ट ।

आवेदन पेश गर्ने स्थान: दलित समाज उत्थान समिति नेपाल, जनकपुरधाम ४, (विश्वकर्मा) सचोक)

फोन नं. ०४४-५२१०४०, ९८०२३०३३५५ र ९८५४०२९२७७ वा संस्थाका ईमेल dswcn.vacancy2023@gmail.com मा सबै आवेदन इमेल गर्न सकिन्छ ।

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुती करण प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार दलित समाज उत्थान समिति नेपाल संस्थामा सुरक्षित रहनेछ ।

दलित समाज उत्थान समिति नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेद्वारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

Overview

Category Accounting and Finance, Development and Project, Development / NGO
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 24 Sep, 2023
Apply Before 30 Sep, 2023
City Janakpurdham