फिल्ड सहजकर्ता
Job posted on 09 May, 2025
Apply before 13 May, 2025
YGGP
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशन मिति: २०८२/०१/२४
सुशासन प्रवर्द्धनका लागि युवा संस्थाको सहजिकरण एवं प्राविधिक सहयोग तथा CREHPA Nepal को आर्थिक सहयोग र साझेदारीमा पञ्चपुरी नगरपालिकाको वडा नं २ देखि ११ सम्म र बराहताल गाँउपालिकाको वडा नं. २ र ४ देखि १० नं. वडाका कार्यक्षेत्र भित्र "Addressing Barriers in Menstrual Health and Justice" परियोजना सञ्चालन गर्न तपसिलमा उल्लेखित पदका लागि स्थानीय फिल्ड सहजकर्ता (महिला)हरूको आवश्यकता भएको हुनाले यो सुचना प्रकाशन भएको मितिले ७ दिन भित्र दरखास्त दिन हुन यो सूचना प्रकाशित गरिएको छ ।
- पद: फिल्ड सहजकर्ता (पञ्चपुरी नगरपालिकाका लागि ४ जना र बराहताल गाँउपालिकाका लागि ४ जना: जम्मा ८ जना)
- परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता ।
- सेवा अवधी: ५ महिना (जुन ०१, २०२५ देखि लागु हुने गरी) ।
- दरखास्त दिने अन्तिम मिति: २०८२/०१/३० गते साँझ ०५:०० बजे सम्म ।
- सेवा सुविधा: संस्था र कार्यक्रमको स्वीकृत बजेट अनुसार ।
न्यूनतम योग्यता र कार्य अनुभवः
- मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य तथा स्वास्थ्य शिक्षाशास्त्र वा सो सरह अन्य विषयमा स्नातक उत्तीर्ण भई कम्तिमा २ बर्षको अनुभव प्राप्त गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य, स्वास्थ्य शिक्षा विषयमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण भई कम्तीमा ३ वर्षको अनुभव भएको ।
- समुदाय तथा वडा स्तरमा साक्षारता कक्षा तथा सरोकारवालाहरूका लागि अनुशिक्षण सेसनहरू सञ्चालन गरेको ज्ञान, सिप र अनुभव भएको ।
- कार्यक्रम तथा योजना तर्जुमा, बजेट कार्यान्वयन तथा फिल्ड सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न सक्ने सिप भएको ।
- परियोजनाका क्रियाकलाप कार्यान्वयन, अनुगमन, मुल्याङ्कन तथा प्रतिवेदन लेखन सम्बन्धी ज्ञान, सीप र अनुभव भएको ।
- स्थानीय स्तरमा समन्वय, सहकार्य, स्थानीय श्रोत र साधनको परिचालन, तालिम व्यवस्थापन र सहजिकरण सम्वन्धी ज्ञान, सीप र अनुभव भएको ।
- स्थानीय सरकार तथा अन्य विषयगत सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी कार्य सम्पादन गर्न सक्ने ।
- कम्प्यूटर (Microsoft word, excel, power point, internet) सम्बन्धी दक्षता भएको ।
- फिल्ड सहजकर्ताले आफ्नो तोकिएको कार्यक्षेत्र भित्र रहि फिल्ड भ्रमण गर्न सक्ने र स्थानीय महिलाहरूलाई आबेदनका लागि विशेष प्राथमिकता हुनेछ ।
पुनश्चः
- माथि उल्लेखित पदको लागि सो को विवरण समेत खुल्ने गरी निवेदन, अनुभव सहितको वायोडाटा, माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि , नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र अनुभवसँग सम्बन्धित प्रमाण पत्रका प्रतिलिपिहरू सहित सुशासन प्रवर्द्धनका लागि युवा संस्था वीरेन्द्रनगर ८, सुर्खेतको कार्यलयमा दरखास्त बुझाउन सकिनेछ वा संस्थाको ईमेल yggpskt2075@gmail.com मार्फत पनि पेश गर्न सकिनेछ ।
- तोकिएको मिति भित्र प्राप्त भएका आवेदनहरू छानविन गरी छोटो सुची प्रकाशन गरिनेछ । छोटो सुचीमा परेका आवेदकहरूलाई मात्र परीक्षा प्रकृयामा समावेश हुनका लागि सुचना प्रकाशन गरी जानकारी गराईने छ ।
- म्याद नाघि आएका आवेदन उपर कुनै कारबाही अगाढी बढाईने छैन । छनौट प्रकृयामा अबाञ्छित हस्तक्षेपलाई निरुत्साहित गरिनेछ । कर्मचारी छनौट सम्बन्धी अन्तिम निर्णय सस्ंथामा निहित हुनेछ ।
Overview
Category | Education, Public Health, Development and Project |
Openings | 1 |
Salary | Rs. / |
Position Type | Contract |
Experience | 2+ years |
Education | B. Ed. (Education), B.P.H. (Bachelors in Public Health) |
Posted Date | 09 May, 2025 |
Apply Before | 13 May, 2025 |
City | Karnali |