प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना

Sindhuli Integrated Development Services Nepal (SIDS Nepal)

Details / requirements:

प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना

(REF.: WVIN/SIDS/NRL/RFP/2025/006)

प्रकाशित मिति: २०८२/०१/२६ गते

वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिन्धुली एकीकृत विकास समाज (SIDS) सिन्धुलीको आयोजनामा संचालित पोषण तथा उत्थानशिल जिविकोपार्जन (NRL) परियोजना को जीविकोपार्जन कार्यक्रम अन्तर्गत कार्यक्रम संचालित तीनपाटन, फिक्कल र गोलन्जोर गाउँपालिकामा परियोजना मार्फत संचालित क्रियाकलापहरुबाट समुदायमा आएको सकारात्मक परिवर्तनहरुलाई स्पष्ट र सरल तरिकाले देखाउँदै समुदायमा देखिएका ठोस परिवर्तनहरु, सफल तथा असल  अभ्यासहरु  र स्थानीय   जनजीवनमा परेका सकारात्मक प्रभावहरुलाई देखाउँदै परियोजना अन्तर्गत संचालित मुख्य कार्यहरु  जस्तै: कृषि,  पुशपालन, पोषण , व्यवसायिक  सीप विकास र वातावरणमैत्री अभ्यासहरुद्धारा समुदायमा आएको परिवर्तनहरुको भिडियो डकुमेन्ट्री बनाउने क्रियाकलाप रहेको हुनाले सो कार्यक्रम संचालन गर्न इच्छुक सम्भावित फर्म, कम्पनी, संस्थाहरु तथा व्यक्तिहरुबाट यस कार्यालयमा तल उल्लेखित कागजात सहित मिति २०८२/०२/०१ गते (१५ मे २०२५) भित्र कार्यालय समयमा दिनको ४ बजे सम्ममा प्रस्तावना पेश गर्न आह्वान गर्दछौ । 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

संस्था तथा कम्पनीहरुको हकमा

१. निवेदन 

२. कम्पनी तथा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (नविकरण भएको)

३. PAN/VAT दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि 

४. आर्थिक बर्ष डण्रडज्ञ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि 

५. कम्पनी तथा फर्मको प्रोफाइल

६. सहजकर्ताहरुको व्यक्तिगत विवरण तथा अनुभवको प्रतिलिपीहरु र पुर्व बनाएको भिडियोको नमुना

७. सम्बन्धित क्षेत्रमा विगत तिन बर्ष सम्म विभिन्न  निकायहरु सँग कारोवार गरेको प्रमाणित गर्ने कागजातहरु । 

८. प्राविधिक तथा वित्तिय प्रस्तावना 

९. यो सुचनामा उल्लेख भए बाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्न गर्न सकिने छ ।

व्यक्तिहरुको हकमा

१. निवेदन 

२. प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपी 

३. भिडियो डकुमेन्ट्रीहरु बनाएको प्रमाणको प्रतिलिपीहरु वा भिडियोको नमुना 

४. व्यक्तिगत विवरण (बायोडेटा)

५. प्राविधिक तथा वित्तिय प्रस्तावना 

(नोट: यदि प्रस्तावना बुझाउने अन्तिम दिन शनिवार वा सार्वजनिक बिदाको दिन परेमा सो को भोलिपल्ट दिनको १२ बजे सम्ममा प्रस्तावना पेश गर्न सकिनेछ । समायावधी भन्दा पछि प्राप्त भएको प्रस्तावना मान्य हुने छैन )

आवश्यक सूची दर्ता फाराम तथा ToR  तलको लिंक बाट प्राप्त गर्न सकिनेछ साथै कार्यालयमा सम्पर्क राखी वा इमेल मार्फत पनि माग गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/1l71UsNLVPEAcuXO3D7CN-Li7VPEnEX9W?usp=sharing

शिल गरिएको प्रस्तावना फारम बुझाउने ठेगाना: (Accepted and Valid only Hardcopy)

सन्धुली एकीकृत विकास सेवा (SIDS), सिन्धुली

कमलामाई–०६, सिन्धुली  

फोन नं. ९८५२०७३२४१

इमेल: scm.sids@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 09 May, 2025
Apply Before 15 May, 2025
City Sindhuli