कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Social Awareness Center SAC Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७९।०८।०९ गते)

समाज जागरण केन्द्र (स्याक) नेपाल एक गैर नाफामूलक गैरसरकारी संस्था हो । यस संस्थाले महिला, बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरीय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माण गर्ने परिकल्पनाका साथ आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्दे आइरहेको छ । यस संस्थाले स्वास्थ्य, शिक्षा, जिविकोपार्जन, संरक्षण र जलवायु परिवर्तन, विपद व्यवस्थापन तथा मानवीय सहायता लगायतका क्षेत्रमा कार्य गर्दछ । यसै सन्दर्भमा यस संस्थाले USAID को आर्थिक सहयोगमा केएर नेपालको अगुवाइ तथा अन्य संस्थाहरुसंगको साझेदारीमा सुर्खेत जिल्लाका पञ्चपुरी, भेरीगङ्गा, गुर्भाकोट र लेकवेशी नगरपालिकामा USAID Adolescent Reproductive Health परियोजना सञ्चालन हुन लागिरहेको छ । 

USAID Adolescent Reproductive Health परियोजना CARE Nepal नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego and Nepal CRS Company को सयुक्त साझेदारीमा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोरकिशारीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गराउन सक्षम बनाउन सशक्तिकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोरकिशारीहरुलाई प्रजनन् स्वास्थ्यका बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यका बारेमा उपयुक्त निर्णय लिने सिपका लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यका बारेमा स्वस्थ्य निर्णय लिनका लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पूर्ण क्षमताको विकास गर्नुरहेको छ । 

यस कार्यक्रमका लागि तपसिल अनुसारका कर्मचारी आवश्यक परेकाले तल उल्लेखित पदमा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

विज्ञापन नं.: ०७/२०७९/२०८०

पद: ARH and QA Coordinator / District Lead

आवश्यक संख्या: १ (एक) जना

उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको 

योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य तथा नर्सिङ्ग विषयमा स्नातकोत्तर गरी २ वर्षको सम्बन्धित क्षेत्रको अनुभव तथा मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य तथा नर्सिङ्ग विषयमा स्नातक गरी ५ वर्षको सम्बन्धित क्षेत्रको अनुभव भएको ।

बिस्तृत रुपमा तलको लिंकमा दिईएको कार्यबिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1NOneXgjRnvTOPxvICm4RAb2ebf9aV39o

विज्ञापन नं.: ०८/२०७९/२०८०

पद: Monitoring, Evaluation and Documentation Officer

आवश्यक संख्या: १ (एक) जना

उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको 

योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, ज्ञान व्यवस्थापन, जनसंख्या, विकास अध्ययन, अनुसन्धान, सामाजिक विज्ञान तथा विश्लेषण) मा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्षको कार्य अनुभव भएको, संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम् स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको । 

बिस्तृत रुपमा तलको लिंकमा दिईएको कार्यबिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1MhJ128CHCPofM7MMLmZuG20uixQJAn6T

विज्ञापन नं.: ०९/२०७९/२०८०

पद: ARH and GESI Officer

आवश्यक संख्या: २ (दुई) जना

उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको 

योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, नर्सिंग, महिला तथा लैंगिक अध्ययन वा समाजशास्त्र) मा स्नातक तह उत्तीर्ण गरी लैंगिक समानता तथा सामाजिक समावेशिकरण, परिवार नियोजन तथा प्रजनन स्वास्थय तथा किशोरकिशोरीको क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको । 

बिस्तृत रुपमा तलको लिंकमा दिईएको कार्यबिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1rTEoGj4sHih8livsvYWEtP8iuTRZzaDD

विज्ञापन नं.: १०/२०७९/२०८०

पद: Finance and Admin Officer

आवश्यक संख्या: १ (एक) जना

उमेर: १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको

योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वित्त, व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन) मा स्नातक तह उत्तीर्ण गरी गैर सरकारी तथा विकास संस्थाको आर्थिक प्रतिवेदन, वजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम लेखा प्रणालीमा ३ वर्ष कार्य अनुभव भएको । 

बिस्तृत रुपमा तलको लिंकमा दिईएको कार्यबिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=10AkF-PtRh4kLK1o0Abo0V8ZxMxgRpbHf

विज्ञापन नं.: ११/२०७९/२०८०

पद: ARH Facilitator

आवश्यक संख्या: ४ (चार) जना

उमेर: १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको

योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमी तथा अहेव तह उत्तीर्ण गरी ३ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्टाफ नर्स वा हेल्थ असिष्टेण्ट तह उत्तीण गरी १ वर्षको कार्य अनुभव भएको तथा सामुदायिक स्वास्थ्य, सामाजिक परिचालन, लैंगिक समानता तथा सामाजिक समोवेशिकरण तथा स्वास्थ्य सम्बन्धी कार्य अनुभव भएको । 

बिस्तृत रुपमा तलको लिंकमा दिईएको कार्यबिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1ymF5MuNSFccSL-uGjhmA7VmkXM7ZgWT_

विज्ञापन नं.: १२/२०७९/२०८०

पद: प्रशासन सहायक (Admin Associate)

आवश्यक संख्या: १ (एक) जना

योग्यता, अनुभव तथा सिप: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा प्रविणता प्रमाण पत्र तह वा दश जोड दुई उत्तीर्ण गरी गैरसरकारी संस्था तथा विकास संस्थामा प्रशासन तथा लेखामा कम्तीमा २ वर्ष कार्य अनुभव भएको । व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बधित कार्य अनुभव भएकालाई प्राथमिकता दिइनेछ । 

बिस्तृत रुपमा तलको लिंकमा दिईएको कार्यबिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1ps2UzVtXjRDVtGx3mr-PNSRAupnz41dM

दरखास्त दिने विधि:

सन्दर्भ व्यक्तिहरुको (References) नाम, सम्पर्क नम्बर, आफ्नो इमेल र सम्पर्क नम्बर सहितको व्यक्तिगत विवरण (वायोडाटा) तथा निवेदन सहित यसै सूचनामा रहेको https://bit.ly/sacnepal मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएका शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । संस्था तथा कार्यक्रमले सकारात्मक विभेदिकरण नीति अवलम्बन गर्ने भएकाले महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्ग, वञ्चितिकरणमा परेको वर्ग तथा स्थानीयलाई प्राथमिकता दिईनेछ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरुसहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नुहुन समेत जानकारी गराइन्छ । 

दरखास्त दिने अन्तिम मिति: २०७९।०८।२३ गते दिनको ४:०० बजेसम्म । यदि कुनै कुरा बुझ्न परेमा तल उल्लेखित इमेल वा फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ । 

नोट: दलित, जनजाति र समाजमा पछाडि पारिएका समुदायका ब्यक्तिहरु तथा र महिलाहरुलाई आबेदन दिनको लागि बिशेष प्रोत्साहित गरिन्छ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईने छ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।

थप जानकारीका लागि 

समाज जागरण केन्द्र (स्याक) नेपाल

वीरेन्द्रनगर, सुर्खेत

info@sacnepal.org.np

सम्पर्क नं. ०८३ ५२१२८२

Job Overview

Category Development and Project, Finance & Administration, Development / NGO, Documentation Officer
Openings 10
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 25 Nov, 2022
Apply Before 09 Dec, 2022
City Birendranagar Surkhet