कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मिति: २०७९/०८/०)

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) वि.सं. २०५६ सालमा बाँके जिल्लामा दर्ता भई समतामूलक, स्वस्थ र आत्मनिर्भर समाज स्थापनाका लागि मानव अधिकारको संरक्षण र प्रवर्धन, वातावरणको संरक्षण र सामुदायीक विकासका क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था हो । संस्थाले तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हाल लुम्बिनी प्रदेशमा मानव अधिकारको संरक्षण र प्रवर्धन वातावरण तथा जैविक विविधताको संरक्षण, शिक्षा, पोषण तथा स्थास्थ्य, खानेपानी सरसफाई तथा स्वच्छता, जीविकोपार्जन, जलवायु परिवर्तन अनुकुलन तथा विपद् जोखिम न्यूनीकरण विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकाय र साझेदार संस्थाहरुसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । 

यसै सन्दर्भमा संस्थाले १० देखि १९ वर्ष उमेर समूहका सिमान्तकृत समुदाय लगाएतका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गर्ने एक पहलका रुपमा USAID Adolescent Reproductive Health परियोजना CARE NEPAL को नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company को संयुक्त साझेदारीमा बाँके जिल्लाको खजुरा गा.पा., जानकी गा.पा. डुडुवा पा.पा. र नरैनापुर गा.पा.मा सञ्चालन गर्न लागिरहेको छ । यस परियोजनाले किशोर किशोरीलाई प्रजनन् स्वास्थ्यको बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी प्राप्त गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिनसक्ने सिपको विकास गर्ने एवम् प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरुलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरुको पुर्ण क्षमताको विकास गर्न आवश्यक मार्गदर्शन गर्ने लक्ष्य लिएको छ । 

उल्लेखित परियोजनाका लागि तपशिल बमोजिमका पदपूर्ति गर्नुपर्ने भएकाले तोकिएको आवश्यक न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तोकिए बमोजिमको रित पुर्‍याएर दरखास्त पेश गर्न यो सूचना आह्वान गरिएको छ ।

विज्ञापन नं.: ०३/२०७९/२०८०

पद: Adolescent Reproductive Health and QA Coordinator/District Lead

पद संख्या: १ (एक) जना

शैक्षिक योग्यता र कार्यानुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य वा नर्सिङ्ग विषयमा स्नाकोत्तर तह उतिर्ण गरी परिवार नियोजन तथा प्रजनन् स्वास्थ्य अधिकार र व्यवहार परिवर्तन सञ्चारका क्षेत्रमा कम्तिमा २ वर्षको कार्यानुभव भएको वा उल्लेखित विषयमा स्नातक तह पास गरी उल्लेखित क्षेत्रमा कम्तिमा ५ वर्ष कार्यानुभव भएको ।  

बिस्तृत रुपमा तलको लिंकमा  दिईएको कार्य बिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1gnjCE0sdLwA1IYZ05bpp6uBKoYZFODGg

विज्ञापन नं.: ०४/२०७९/२०८०

पद: Monitoring, Evaluation and Documentation Officer

पद संख्या: १ (एक) जना

शैक्षिक योग्यता र कार्यानुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य/ज्ञान व्यवस्थापन/जनसंख्या/विकास अध्ययन/अनुसन्धान/सामाजिक विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यानुभव भएको । साथै संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम् स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको । 

बिस्तृत रुपमा तलको लिंकमा  दिईएको कार्य बिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1FkQdr07nEl2Ix5sLS7Sv5uO5GvXXwYs2

विज्ञापन नं.: ०५/२०७९/२०८०

पद: Adolescent Reproductive Health and Gender Equality and Social Inclusion Officer

पद संख्या: २ (दुई) जना

शैक्षिक योग्यता र कार्यानुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य/नर्सिङ्ग/लैंगिक तथा सामाजिक विकास अध्ययन/ग्रामीण विकास/समाजशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरी लैंगिक समानता तथा सामाजिक समावेशिकरण, परिवार नियोजन तथा प्रजनन स्वास्थ्य तथा किशोर किशोरीको क्षेत्रमा कम्तिमा २ वर्ष कार्यानुभव भएको । 

बिस्तृत रुपमा तलको लिंकमा दिईएको कार्यबिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1-PI5OyTWxKKdtUJN9uNnnfX5VtzEXV4C

विज्ञापन नं.: ०६/२०७९/०८०

पद: Admin and Finance Officer

पद संख्या : १ (एक) जना

शैक्षिक योग्यता र कार्यानुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन/वित्त/व्यवसाय प्रशासन तथा व्यवसाय अध्ययन विषयमा स्नातक तह उत्तीर्ण गरी गैरसरकारी संस्था तथा विकास संस्थाको आर्थिक प्रतिवेदन, बजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम् सफ्टवयरमा आधारित लेखा प्रणालीमा कम्तिमा ३ वर्ष कार्यानुभव भएको ।

बिस्तृत रुपमा तलको लिंकमा  दिईएको कार्य बिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1qej3Fsl8ucS4qf94ftpvsSgyzYlw7-D3

विज्ञापन नं.: ०७/२०७९/०८०

पद: Adolescent Reproductive Health Facilitator

पद संख्या: ४ (चार) जना

उमेर: १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको

शैक्षिक योग्यता र कार्यानुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट अनमी/अहेव तह उत्तीर्ण गरी कम्तिमा ३ वर्ष परिवार नियोजन तथा किशोरकिशोरीको प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यानुभव भएको वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्टाफ नर्स वा हेल्थ असिष्टेण्ट तह उत्तीण गरी कम्तिमा माथि उल्लेखित क्षेत्रमा १ वर्षको कार्यानुभव भएको । साथै सामुदायिक स्वास्थ्य, सामाजिक परिचालन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धी कार्यानुभव भएको । 

बिस्तृत रुपमा तलको लिंकमा  दिईएको कार्य बिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1mqnLtGTGDE6TkHxa23I8cTNFc1YWrt_W

विज्ञापन नं.: ०८/२०७९/०८०

पद: प्रशासन सहायक (Admin Associate)

पद संख्या: १ (एक) जना

शैक्षिक योग्यता र कार्यानुभव: मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा प्रविणता प्रमाण पत्र तह वा दश जोड दुई उत्तीर्ण गरी गैरसरकारी संस्था वा विकास संस्थामा प्रशासन तथा लेखामा कम्तीमा २ वर्ष कार्यानुभव भएको वा व्यवस्थापन तथा व्यवसाय अध्ययन विषयमा स्नातक तह उत्तीर्ण गरी प्रशासन तथा लेखामा कम्तीमा १ वर्ष कार्यानुभव भएको । 

बिस्तृत रुपमा तलको लिंकमा  दिईएको कार्य बिवरण हेर्नुहोला ।

https://drive.google.com/uc?export=download&id=1aFS5TEW6Z_trckRsgHeeFqjgeKE8fqgC

दरखास्त दिने विधि:

दुईजना सन्दर्भ व्यक्तिहरुको (Referees) नाम, फोन नम्बर र इमेल ठेगाना उल्लेख गरी वयक्तिक विवरण (Bio-data) र निवेदन सहित कार्यालयमा स्वयम् वा अन्य व्यक्ति उपस्थित भई वा हुलाकबाट दरखास्त पेश गर्न सकिनेछ । साथै ईमेल beegroup.vacancy@gmail.com मार्फत पनि दरखास्त पेश गर्न सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरु स्वीकृत गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनैपनि आवेदन, विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा नीहित गर्दछ ।

परिक्षाको किसिम: छोटो सूची (Short-List) मा छनौट भएका उम्मेदवारहरुलाई मात्र लिखित र मौखिक परिक्षामा समावेश गराईने छ । आवश्यक परेमा प्रयोगात्मक अभ्यास पनि गर्न सकिने छ । 

नोट: समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । विज्ञापन नं. ०७/२०७९/०८० को पदपूर्ति गर्दा स्थानीयलाई उच्च प्राथमिकता दिईनेछ । यो संस्थाले सबै प्रकारका यौन उत्पीडन, शोषण, दुर्व्यवहार र बाल दुर्व्यवहार का विरुद्धमा शुण्य सहनशिलताको नीति अवलम्बन गर्दछ । दरखास्त पेशकर्ता संस्थाको संरक्षण नीति र बाल संरक्षण नीतिको पूर्ण पालना गर्न प्रतिबद्ध हुनु पर्नेछ । यदि दरखास्त पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नजिकको नाता पर्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने दरखास्तको साथमा स्व:घोषणा गर्नुहुन समेत जानकारी गराईन्छ । 

दरखास्त दिने अन्तिम मिति: २०७९/०८/२३ गते दिनको ४:०० बजे सम्म । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ४:०० बजेसम्म । यदि विज्ञापनको बारेमा केही बुझ्न परेमा तपशिलमा उल्लेखित इमेल वा फोन नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

दरखास्त पेश गर्ने ठेगना

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group)

नेपालगञ्ज, बाँके, लुम्बिनी प्रदेश

सम्पर्क टेलीफोन नं. ०८१ ५५०२९५

इमेल ठेगना: beegroup.vacancy@gmail.com

Overview

Category Development and Project, Finance & Administration, Documentation Officer
Openings 10
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 25 Nov, 2022
Apply Before 09 Dec, 2022
City Nepalgunj