कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

Protection Nepal

Details / requirements:

संरक्षण नेपाल, बारा

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना 

प्रथम पटक सूचना प्रकाशन मिति: १८ माघ २०८२, (१ फरवरी २०२६)

संरक्षण नेपाल सन् २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको तराई क्षेत्रमा बाल, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ र मानवीय सहायताको विषयगत क्षेत्रहरू काम गर्दै आएको एक अग्रणी संस्था हो ।  यसले गरिब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ ।

संरक्षण नेपालको सहजिकरणमा Nurture Every Future-Poshan Project रौतहट जिल्लाको ५ वटा नगरपालिकाहरूमा खाद्य सुरक्षा, पोषण, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, बजारिकरण, लैगिक समानता र सामाजिक समावेशिकरण र लक्षित बर्गहरूको व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।

संरक्षण नेपाल संस्थाले (रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका र ईशनाथ नगरपालिकामा) Nurture Every Future-Poshan परियोजना लागू गर्न लागेको छ । यस परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरूको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ ।

तपसिलका कर्मचारीहरूको पद तथा योग्यता, अनुभव र सिप:

क्र.सपदपद संख्या योग्यतायोग्यता, अनुभव र सिप:
Health Officer (स्वास्थय अधिकृत)स्नातकोत्तर / स्नातक तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य (Public Health) वा नर्सिङ्ग विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ४ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

Link: JD for Health Officer

Monitoring, Evaluation, Accountability & Learning (MEAL) Officer (अनुगमन, मुल्यंकन, जवाफदेहिता तथा अभिलेखिकरण अधिकृत)

स्नातकोत्तर/स्नातक तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषय (जनस्वास्थ्य, ज्ञान व्यवस्थापन, जनसंख्या, विकास अध्ययन, अनुसन्धान, सामाजिक विज्ञान तथा विश्लेषण) मा स्नातकत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ४ वर्ष कार्यअनुभव भएको, संख्यात्मक र गुणात्मक तथ्यांक संकलन तथा विश्लेषण एवम स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयन गरेको अनुभव भएको हुनुपर्ने ।

Link: JD for MEAL Officer

Agriculture and marketing Officer (कृषि तथा वजारीकरण अधिकृत)

स्नातक तह

मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषी बिज्ञान (Agriculture) वा सो सरह विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि बिज्ञान (Agriculture) वा सरह विषयमा स्नातक तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ४ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

Link: JD for Agriculture and marketing Officer

Agriculture, Livelihood and Marketing Facilitator (कृषि, जीविकोपार्जन तथा बजारीकरण सहजकर्ता)प्रविणता प्रमाण पत्र तह

कृषि विषयमा प्रमाण पत्र तह, वा जे.टि./जे.टी.ए. उतीर्ण भई सम्बन्धित पदमा रहि कम्तिमा २ वर्षको कार्य अनुभव भएका विषयमा प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी खाद्य, सुरक्षा, पोषण तथा कृषि सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको हुनुपर्ने ।

Link: JD for Agriculture, Livelihood and Marketing Facilitator

नोट: महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइने छ । 

दरखास्तमा समावेश गर्नुपर्ने कागजातहरू:

आवश्यक कागजात

१. नेपाली नागरिकताको प्रमाण पत्र

२. शैक्षिक प्रमाण पत्रको प्रतिलिपि

३. यस भन्दा अघि काम गरेको अनुभव (Experience letter) को साथमा नियुक्तिपत्र ।

४. अद्यावधिक गरेको २ जना रेफरेन्स व्यक्ति सहितको आवेदकको विस्तृत वायोडाटा (CV) 

५. आवेदन पत्र सहित हाल सालै खिचेको फोटो (PN_Job Application Form.doc)

६. छनौटको किसिम: लिखित तथा अन्तरवार्ता (दुवै)- Physically

आवेदन गर्ने प्रकृया:

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy.pnbara@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, तोकिएका मापदण्ड पुरा नभएका वा रित पुरा नगरेका निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिएको ........ पदको लागि आवेदन भनेर खुलाउनु होला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको सुंरक्षा नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नु हुन समेत जानकारी गराइन्छ । स्थानिय आवेदकहरूलाई प्राथमिकता दिईनेछ ।

दरखास्त दिने अन्तिम मिति: इच्छुक उम्मेदवारहरूलाई आफ्नो आवेदन अद्यावधिक गरिएको biodata सहित ७ दिन भित्र २४ माघ २०८२ (७ फरवरी २०२६) बेलुका ०५:०० बजेसम्म पेश गर्न अनुरोध गरिन्छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजे सम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा माथि उल्लेखित इमेल वा तल उल्लेखित फोन नं. मा सम्पर्क गर्न सक्नुहुनेछ ।

आवेदन दिने ठेगाना:

संरक्षण नेपाल

कलैया, बारा

फोन नः ०५३–५५०६०५/६९०३१८

वा

ईमेल ठेगाना: vacancy.pnbara@gmail.com

कार्यशक्तिको विविधताको कदर गर्दै, संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

Overview

Category Agriculture, Public Health, Social Science, Development Project, Development studies, Management, NGO/INGO/Social work, Nursing
Openings 5
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 01 Feb, 2026
Apply Before 07 Feb, 2026
City Bara