सूची दर्ता गर्ने सम्बन्धी सूचना

Ratauli Yuwa Club (RYC)

Details / requirements:

सूची दर्ता गर्ने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/१०/१८

रतौली युवा क्लव एउटा मुनाफा रहित स्वयं सेवी गैर सरकारी संस्था हो । ग्रामिण क्षेत्रका युवा जनशक्तिलाई परिचालन गराउने हेतुले ग्रामिण समुदायहरूको आर्थिक, सामाजिक, साँस्कृतिक र शारीरिक विकासार्थ स्वावलम्बन, पारस्परिक सहयोग र नैतिकतालाई जनजिवनमा आधारित तथा जनता प्रति जवाफदेहितामा वृदिको प्रतिबद्धताका साथ मानिसद्वारा स्थापित भई हाल मधेश प्रदेशमा विभिन्न कार्यक्रमहरू संचालनमा ल्याएका छन् । रतौली युवा क्लवले आफुसँग सहकार्य गर्ने सबै व्यक्ति तथा संस्थाहरूले आफ्नो बाल संरक्षण नीतिको पालना गरेको तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको भन्ने अपेक्षा गर्दछ ।

रतौली युवा क्लव आफ्नो कार्यक्षेत्रमा तपसिल बमोजिमका आवश्यक विभिन्न सामाग्री तथा सेवाहरू सरल र सहज ढंगले आपुर्ति गर्न ईजाजत प्राप्त दर्तावाला ईच्छुक फर्म/कम्पनी/संस्थाहरू/व्यक्ति (सेवा प्रदायक) को सूचीकरणको लागि मिति ३ फाल्गुन २०८२ (१५ फरबरी २०२६) भित्र तोकीएको ढाँचामा फारम “Supplier Registration Form” भरि आवश्यक कागजातहरूका साथ शिलबन्दी गरी दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक सामाग्री तथा सेवाहरूको वर्गीकरण:

https://drive.google.com/file/d/1BOxtUedDsbd-4x-NR1h-hCJWJ0V04QZz/view?usp=sharing

दरखास्त फारम साथ पेश गर्नु पर्ने कागजातहरू

१. पुरा भरी छाप तथा दस्तखत गरीएको “Supplier Registration Form

२. फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी

३. स्थायी लेखा नम्बर/मूल्य अभिबृद्धि करमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि

४. २०८१/२०८२ को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि 

५. बाल संरक्षण नीतिलाई पालना गर्ने प्रतिबद्धता पत्रको प्रतिलिपि 

६. नागरिक्ताको प्रमाण पत्रको प्रतिलिपि– प्रोपराईटर/कंपनी प्रमुख को

Links:

RYC Child Safeguaring policy & Anti-Corruption-Bribes

Supplier registration form in English 2082

Supplier registration form in Nepali 2082

विस्तृत विवरण, थप जानकारी र दर्ता गराउन लागि ईमेल procurementryc@gmail.com अथवा भौतिक उपस्थितिमा निम्न ठेगानामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Supply Chain Department

रतौली युवा क्लव,

प्रधान कार्यालय, टाउन प्लानिङ, जलेश्वर–२, महोत्तरी

सम्पर्क नं। ०४४–५२०८४३

तौली युवा क्लव,

सम्पर्क कार्यालय, जिरोमाइल, वार्ड नं।–७, जनकपुर, धनुषा

सम्पर्क नं। ०४१–४२१२१८