कर्मचारी पदपूर्ति सम्बन्धी सूचना
Details / requirements:
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group)
बाँके जिल्ला, लुम्बिनी प्रदेश
कर्मचारी पदपूर्ति सम्बन्धी सूचना
प्रथम पटक सुचना प्रकाशन मिति: वि.सं. २०८१ असार ७ गते, (जुन २१, २०२४)
भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) सन् २००० मा बाँके जिल्लामा दर्ता भई स्थापना भएको एक नाफारहित गैरसरकारी संस्था हो । समतामूलक, स्वस्थ, सुरक्षित र आत्मनिर्भर समाजको स्थापना गर्ने परिकल्पना सहित यस संस्थाले मानवअधिकारको संरक्षण र प्रवद्र्धन, वातावरण संरक्षण र सामुदायीक विकासको क्षेत्रमा काम गरिरहेको छ । सामाजिक, आर्थिक रुपमा पछाडि पारिएका दलित, मधेशी, मुश्लिम, जनजाति एवम् बालबालिका, युवा, महिलाहरुको हकहितको संरक्षणका लागि वकालत गर्दै आएको यस संस्थाले स्वास्थ्य र पोषण, पेशागत स्वास्थ्य सहयोग, जलवायु परिवर्तन अनुकुलन, विपद् जोखिम न्यूनीकरण, खानेपानी सरसफाई र स्वच्छता, शिक्षा र जीविकोपार्जनका विषयमा लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्ला, कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम जिल्ला र सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । प्रणालीगत सुदृढिकरणबाट मात्र सामाजिक रुपान्तरण र दीगो विकास सम्भव हुन्छ भन्ने विश्वासका साथ काम गरिरहेको यस संस्थाले विपन्न तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागीतालाई सुनिश्चित गर्दै विकास प्रक्रियामा मूलप्रवाहीरकण गर्न एवम् विपद् तथा जलवायु परिवर्तनको जोखिममा रहेका व्यक्ति तथा परिवारको उत्थानशिलता अभिवृद्धि गर्न सहजीकरण गरिरहेको छ ।
यस संस्थाले CARE Nepal, iDE Nepal र MAP International सँगको सयुक्त साझेदारीमा बाँके जिल्लाका खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा Mother and Child Wellbeing (MCW) परियोजना सञ्चालन गर्दैछ । परियोजनाले लक्षित समुदायको खाद्य सुरक्षा, आमा र बच्चाको पोषण र स्वास्थ्य अवस्थामा सुधार, खानेपानी, सरसफाई र स्वच्छता व्यवहार सबलीकरण गर्न क्षमता विकास गर्ने ध्यय राखेको छ । यसै सन्दर्भमा उल्लेखित परियोजनाका लागि तपसिल अनुसारका कर्मचारीहरुको पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।
तपसिल
क्र.स | पद | संख्या | शैक्षिक योग्यता र कार्याअनुभव: |
१. | परियोजना संयोजक | १ | मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य वा नर्सिङ्ग विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्ष कार्य अनुभव वा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ५ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । विस्तृत कार्यविवरणका लागि यो लिङ्क खोल्नुहोस् । https://drive.google.com/uc?export=download&id=1A7gNtYYgKtp0ooyiacLoSMkVu6Scg8eS |
२. | स्वास्थ्य अधिकृत | १ | मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य वा नर्सिङ्ग विषयमा स्नातक तह उतिर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्ने । विस्तृत कार्यविवरणका लागि यो लिङ्क खोल्नुहोस् । https://drive.google.com/uc?export=download&id=1vEAYfMd6hHe6Gy80XgVG2sJ48p8eXjcW |
३. | अनुगमन, मूल्याङ्कन, तथा जवाफदेही अधिकृत | १ | मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य, नर्सिङ्ग, ज्ञान व्यवस्थापन, जनसंख्या, ग्रामीण विकास, अनुसन्धान, सामाजिक विज्ञान आदि विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्षको कार्याअनुभव भएको हुनुपर्ने छ । विस्तृत कार्यविवरणका लागि यो लिङ्क खोल्नुहोस् । https://drive.google.com/uc?export=download&id=1t9p2EfQz-zmIb2-i5i-oTB1iNZm5hbF9 |
४ | लैङ्गिक समता तथा सामाजिक समावेशीकरण अधिकृत | १ | मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य, नर्सिङ्ग, महिला तथा लैङ्गिक अध्ययन, सामाजिक विज्ञान तथा ग्रामिण विकास विषयमा स्नातक तह उतिर्ण गरी सम्बन्धित विषयमा कम्तिमा ३ वर्ष कार्याअनुभव भएको हुनुपर्ने । विस्तृत कार्यविवरणका लागि यो लिङ्क खोल्नुहोस् । https://drive.google.com/uc?export=download&id=1K6CbzJp_ES1j8_p41hPEFtcWTEp2oYIq |
५ | प्रशासन तथा लेखा अधिकृत | १ | मान्यता प्राप्त शैक्षिक संस्थाबाट वित्त व्यवस्थापन र प्रशासन विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा ३ वर्ष कार्याअनुभव भएको हुनुपर्ने । विस्तृत कार्यविवरणका लागि यो लिङ्क खोल्नुहोस् । https://drive.google.com/uc?export=download&id=1ixvgSbma4rc5h74OMuKXVZl_v1euTdf- |
६ | कृषि उत्पादन बजारीकरण अधिकृत | १ | मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्यानुभव भएकोे हुनुपर्ने । विस्तृत कार्यविवरणका लागि यो लिङ्क खोल्नुहोस् । https://drive.google.com/uc?export=download&id=13sZSTNXauPNu5Q0DEqrKABezFwjRmExo |
७ | पोषण र कृषि उत्पादन बजारीकरण सहजकर्ता | १० | मान्यता प्राप्त शैक्षिक संस्थाबाट कृषि विज्ञानमा डिप्लोमा उतिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको वा कृषि नायव प्राविधिक सहायक उतिर्ण गरी ३ वर्षको कार्य अनुभव भएको वा स्वास्थ्य सहायक तह उतिर्ण गरी २ वर्षको कार्य अनुभव भएको वा सि.एम.ए. उतिर्ण गरी ३ वर्ष कार्याअनुभव भएको हुनुपर्ने । विस्तृत कार्यविवरण लागि यो लिङ्क खोल्नुहोस् । https://drive.google.com/uc?export=download&id=1qSalY-nUxZTz4hclPLszFW02-FLvj9Aq |
८ | खानेपानी, सरसफाई र स्वच्छता सहजकर्ता | ५ | मान्यता प्राप्त शैक्षिक संस्थाबाट ओभसियर उतिर्ण गरी खानेपानी सरसफाई तथा स्वच्छता प्रणालीको सबलीकरणका क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको वा सव–ओभरसियर तह उतिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्ष कार्य अनुभव भएको हुनुपर्ने । विस्तृत कार्यविवरण लागि यो लिङ्क खोल्नुहोस् । https://drive.google.com/uc?export=download&id=1YyCV1xvVvXB1u6G3EfzKZVZSIClsNMss |
दरखास्त पेश गर्दा समावेश गर्नुपर्ने कागजातहरु
१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
२. शैक्षिक प्रमाण पत्रको प्रतिलिपी
३. सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव पत्रको प्रतिलिपी
४. हाल काम गरिरहेको पछिल्लो तत्कालिन काम गरेको संस्थाको र विगतमा काम गरेको संस्थाको तत्कालिक सुपरभाईजरको नाम ठेगाना, इमेल र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
छनौटका लागि सञ्चालन गरिने परिक्षाको किसिम: लिखित र मौखिक दुबै
आवेदन दिने प्रक्रिया:
माथि उल्लेखित कागजातको प्रतिलिपी सहित यस सूचनासँग संलग्न भएको संस्थाको निवेदन ढाँचामा व्यक्तिगत विवरण तयार गरी यस संस्थाको कार्यालय नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलाशपुर (भेरी नर्सिङ्ग कलेजको सामुन्ने) मा स्वयम् उपस्थित भएर वा beegroup.vacancy@gmail.com मा पठाउन सकिने छ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता र अनुभव नपुगेका निवेदनहरुलाई स्वीकार्न संस्था वाध्य हुने छैन । संस्थाले पूर्ण वा आशिंक कुनैपनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा नीहित गर्दछ ।
प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र लिखित परिक्षामा समावेश गरिने छ । समाजमा पछाडि पारिएका सिमान्तकृत समुदायहरु:दलित, मुस्लिम, मधेशी, जनजाति, महिला, यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति आदिलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहन गरिन्छ । यस संस्थामा काम गर्न इच्छुक उम्मेदवारले संस्थाको यौन उप्पीडन, शोषण, दुव्र्यवहार र बाल संरक्षण नीतिका प्रावधानलाई अक्षरशः पालना गर्न जिम्मेवार हुनुपर्ने छ । साथै दरखास्त पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नाता पर्ने व्यक्ति वा स्वार्थको द्वन्द्व आकर्षित हुने अवस्था छ भने निवेदनमा स्पष्ट उल्लेख गरी स्व:घोषणा गर्न अनुरोध गरिन्छ । अधिकृत बाहेकका पदहरुमा सम्बन्धित पालिकाको उम्मेदवारलाई छनौट गरिने छ भने अन्य पदहरुमा स्थानीयलाई विशेष ग्राह्यता दिइनेछ ।
दरखास्त पेश गर्ने अन्तिम मिति: २०८१ साल असार १६ गते (तदनुसार जुन ३०, २०२४) बेलुका ५:०० बजेसम्म । यदि दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजेसम्मा दरखास्त पेश गर्न सकिने छ । दरखास्त पेश गर्ने सम्बन्धी केही सहयोग आवश्यक परेमा संस्थाको टोलीफोन नं. ०८१ ५५०२९५ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
Overview
Category | Accounting and Finance, Development and Project, Finance & Administration, Development / NGO, Agriculture/Livelihood |
Openings | 21 |
Position Type | Full Time |
Experience | Please check vacancy details. |
Education | Please check vacancy details |
Posted Date | 21 Jun, 2024 |
Apply Before | 30 Jun, 2024 |
City | Banke |