कर्मचारी आवश्यकता सम्वन्धी सूचना

SAFAL SAMAJIK UDHAMI MAHILA SAHAKARI SASTHA LI.

Details / requirements:

सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.

मितिः २०८२/०६/२६

आवश्यकता !    आवश्यकता ! !    आवश्यकता ! ! !

यस सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लि.भरतपुर महा.न.पा. २९ मा १ जना कुशल, दक्ष र अनुभवी ( १ जना वेसार संकलन तथा प्रसोधन केन्द्र र  वेसारको वजारिकरणका लागि ) आवश्यकता परेको हुनाले मिति २०८२/०६/२६ गते देखि २०८२/०७/१४ गतेका दिन सम्ममा १ जना कर्मचारीहरूको दरखास्त आह्वान गरिएको जानकारी गराईन्छ । 

आवेदकले तपशिल बमोजिमका मापदण्डहरू पेश गर्नु पर्ने छ :

१. आवेदकको निवेदन ( आफ्रनै हस्ताक्षरमा हुनु पर्ने छ ) ।

२. नागरिकताको प्रमाण पत्रको प्रतिलिपी । 

३. शैक्षिक योग्यताको प्रमाण पत्रहरू (  प्रसोधन केन्द्र तर्फ १२ पास व्यवस्थापन संकाय तर्फ  ) ।

४. अनुभवका प्रमाण पत्रहरू । 

५. कम्तिमा २ वर्षको कुनै पनि सामाजिक संघ संस्थामा काम गरेको । 

६. स्कुटर तथा वाईक  चलाउन सक्ने तथा चालक अनुमती पत्रको प्रतिलिपी । 

७. कम्प्युटर सम्वन्धि अनुभव: नेपाली टाईप गर्न सक्ने , माईके वर्ड, एक्सल र सफ्रटवेयर सम्वन्धि ज्ञान भएको । 

८. पासपोर्ट साईजको १ प्रति फोटो ।

९. स्थानियलाई प्राथमिकता दिईने छ ।

१०. निवेदन दस्तुर रु.१०० ( एक सय रुपैयां मात्र ) ।

१०. परीक्षाको किसिम: लिखित , मौखिक र प्रयोगात्मक हुने छ ।

नोटः ( सेवा सुविधा संस्थाको नियम अनुसार आपसी समझदारीमा हुने छ )

निवेदन बुझाउने स्थान: सफल सामाजिक  उद्यमी महिला सहकारी संस्थाको कार्यलय खुल्ने समय विहानको १० वजे देखि वेलुकाको ५वजे सम्म , भरतपुर २९, भतेरी चितवन  ।

मधुमाया गुरुङ्ग

अध्यक्ष 

सफल  सामाजिक उद्यमी महिला सहकारी संस्था लि.

भरतपुर , २९,भतेरी  चितवन ।

safalsahakari69@gmail.com

९८४५९५४८११/९८६१७०२०२८

Overview

Category Development Project
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Oct, 2025
Apply Before 31 Oct, 2025
City Chitwan, Bharatpur