कर्मचारी आवश्यकता सम्बन्धी सूचना

Shahid Pariwar Samaj Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मितिः २०८२/०७/०२ गते

स्थानीय सरकार (सुनछहरी र लुंग्री गाँउपालिका), हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सहिद परिवार समाज नेपालको सहजिकरणमा संचालन गर्न प्रस्तावित कृषि तथा पशु विकासमा  आधारित साना किसान तथा यूवा उद्यमशिलता साझेदारी कार्यक्रम को लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरूको आवश्यकता भएकाले यो सुसूचना प्रकाशन भएको मितिले १५ दिन भित्र दरखास्त दिनु हुन अनुरोध गरिन्छ ।

सुनछहरी गाँउपालिकाको लागि

१.पद: परियोजना संयोजक

संख्याः १ (एक) जना 

परियोजना क्षेत्र – सुनछहरी गाउंपालिकाको सवै वडाहरू 

न्युनतम योग्यता र कार्यअनुभवः

  • कृषि वा पशु चिकित्सा (भेट्नेरी) वा समाज शास्त्र, ग्रामिण विकासमा स्नातक तह उतिर्ण गरि कम्तीमा ३ वर्षको अनुभव भई सामुदायिक विकास, बाख्रा पालन, कृषि ,तरकारी आदिको मुल्यश्रृखलमा काम गरेको  अनुभव भएकालाई विशेष ग्राहयता दिईनेछ ।
  • योजना तर्जुमा, बजेट व्यवस्थापन, परियोजना व्यवस्थापन कार्यन्वयन, अनुगमन र प्रतिवेदन सम्वन्धमा ज्ञान सिप तथा अनुभव भएको ।
  • साना किसान सवलीकरण तथा उद्यमशीलता सम्वधमा अनुभव भएको ।
  • नेतृत्व क्षमता, कर्मचारी व्यवस्थापन, तालिम व्यवस्थापन तथा सहजिकरण, र प्रतिवेदन लेखनमा अनुभव भएको 
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • परियोजना सरोकारवालाहरू, स्थानीय/प्रदेश सरकारहरू सँग समन्बय, सहकार्य र प्रतिवेदन लेख्न सक्ने क्षमता भएको ।
  • कम्प्युटरको Office Package (micro-soft word, excel, power point, English Nepali typing and  email internet) सम्वन्धी दक्षता भएको ।
  • परियोजना क्षेत्रमा (field based) ७० प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने ।
  • मोटरसाईकल चलाउन सक्ने र आफ्नै मोटरसाईकल भएकोलाई ग्राहयता दिईनेछ । 

२) पद: लेखा अधिकृत

संख्याः १ (एक) जना 

न्युनतम योग्यता र कार्यअनुभव:

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
  • लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटरको ज्ञान भएको तथा लेखा सफ्टवेयर सम्वन्धी ज्ञान भएको ।
  • लेखा प्रतिवेदन तयारी, तथ्यांक विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञान सीप भएको । 
  • नेपाल सरकारको सार्वजनिक खरिद ऐन र नियमावली सम्वन्धी ज्ञान भएको ।  
  • परियोजना क्षेत्रमा (field based) ५० प्रतिशत समय फिल्डमा काम गर्नुपर्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।
  • मोटरसाईकल चलाउन सक्ने र आफ्नै मोटरसाईकल भएकोलाई ग्राहयता दिईनेछ ।

३) पद: बजार सहजकर्ता

संख्याः केही संख्यामा 

न्युनतम योग्यता र कार्यनुभव:

  • प्रबिणता प्रमाण पत्र तह (+2) वा जे.टि.ए.(JTA) उत्तिर्ण गरी कम्तीमा १ वर्षको कार्यअनुभव भएको ।
  • सामुदायिक विकास, कृषि तथा पशु वस्तुको मुल्य श्रृंखलामा अनुभव भएको साथै समूह गठन, व्यस्थापन तथा परिचालन सम्वन्धि अनुभव भएको । 
  • तालिम सहजीकरण तथा व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको । 
  • कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विषेश ज्ञान भएको ।
  • कृषि तथा पशु उपजको बजारीकरण सम्बन्धी ज्ञान र अनुवभ भएको ।
  • समुदाय स्तरमा र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
  • स्वावलम्बी समूहहरूको परिचालन, सहकारीको सदस्यता वृद्धि, संस्थागत तथा व्यवसायिक क्षमता विकासमा सहजीकरण, सामुहिक बजारीकरणमा सहजीकरण, फिल्ड प्रतिवेदन तयारी ज्ञान र अनुवभ भएको ।
  • सम्वन्धित पालिकामा स्थाई बसोवास भएकोलाई विषेश ग्राहयता दिईनेछ ।

लुंग्री गाँउपालिकाको लागि

४) पद: बजार सहजकर्ता

संख्याः केही संख्यामा 

न्युनतम योग्यता र कार्यनुभव:

  • प्रबिणता प्रमाण पत्र तह  (+2) वा जे.टि.ए.(JTA) उत्तिर्ण गरी कम्तीमा १ वर्षको कार्यअनुभव भएको ।
  • सामुदायिक विकास, कृषि तथा पशु वस्तुको मुल्य श्रृंखलामा अनुभव भएको साथै समूह गठन, व्यस्थापन तथा परिचालन सम्वन्धि अनुभव भएको । 
  • तालिम सहजीकरण तथा व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको । 
  • कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विषेश ज्ञान भएको 
  • कृषि तथा पशु उपजको बजारीकरण सम्बन्धी ज्ञान र अनुवभ भएको ।
  • समुदाय स्तरमा र दुर्गम क्षेत्रमा भ्रमण तथा काम गर्न रुचि भएको ।
  • स्वावलम्बी समूहहरूको परिचालन, सहकारीको सदस्यता वृद्धि, संस्थागत तथा व्यवसायिक क्षमता विकासमा सहजीकरण, सामुहिक बजारीकरणमा सहजीकरण, फिल्ड प्रतिवेदन तयारी ज्ञान र अनुवभ भएको ।
  • सम्वन्धित पालिकामा स्थाई बसोवास भएकोलाई विषेश ग्राहयता दिईनेछ ।

नोटः 

१. सेवा सुविधा: परियोजनको नियमानुसार हुनेछ ।

२. दरखास्त दिने अन्तीम मिती: सूचना प्रकाशन भएको मितिले १५ दिनको कार्यालय समय भित्र

३. परिक्षाको किसिम: लिखित,अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक ।

४. आवश्यक कागजातहरु: पदको आवेदन खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा),शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभवपत्र  अन्य कागजातहरूको प्रतिलिपी सहित तपसिलमा उल्लेखित सहिद परिवार समाज नेपाल, (SPS Nepal)अर्घाखांचीको को कार्यलय सन्धिर्खक न.पा ०१, फिल्ड कार्यालय सुनिलस्मृती  गाँउपालिका सुलिचौर रोल्पामा वा सस्था को इमेल मार्फत दरखास्त बुझाउनु सकिनेछ ।

नोट: प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित तथा मौखिक परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।  

पदपुर्ति समिति

सहिद परिवार समाज नेपाल

Email: spsnepalb@gmail.com, सम्पर्क नं.:–९८६७२१२२३४

Overview

Category Agriculture, Development Project
Openings Few
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 19 Oct, 2025
Apply Before 02 Nov, 2025
City Western Region