कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रकाशन मितिः २०८२ भाद्र २१ गते
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल (National Farmers Group Federation-NFGF, Nepal) सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।
महासंघले पोषण परियोजना (Nurture Every Future/Poshan Project) सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले केयर नेपालसँगको साझेदारीमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्ंचालन गर्न गईरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहामा एवं सम्बन्धित पालिकाहरूमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरूले तपसिलमा उल्लेखित ठेगानामा २५ भाद्र, २०८३ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा पेश गर्न अनुरोध गरिन्छ ।
निवेदन पेश गर्दा अपेक्षित तलव समेत उल्लेख गर्नुपर्नेछ ।
| पद | पद संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
वित्त तथा प्रशासन अधिकृत (Admin and Finance Officer) | १ (एक) | व्यवस्थापन विषयमा स्नातक वा सो सरह उतीर्ण |
Link: |
क्लिनिकल सहयोग अधिकृत (Clinical Support Officer) (पुनः प्रकाशन) | १ (एक) | नसिङ्ग विषयमा स्नातक तह उतिर्ण गरी कम्तिमा ३ वर्ष पोषण तथा मातृशिशु स्वास्थ्य वा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा कार्य अनुभव भएको |
Link: |
- महिला, दलित, सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ ।
- छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
- यौन शोषण, दुव्र्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू
- रितपूर्वकको निवेदन, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाण पत्रहरूको प्रतिलिपि
- दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
- दरखास्त बुझाउने अन्तिम मितिः २५ भाद्र, २०८३ सम्म
- छनौट विधीः लिखित र मौखिक
पदपूर्ति समिति
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल
Overview
| Category | Development Project, Medical / Nursing, Finance & Administration |
| Openings | 2 |
| Position Type | Full Time, Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 06 Sep, 2026 |
| Apply Before | 10 Sep, 2026 |
| City | Siraha, Saptari |