कर्मचारी आवश्यकता सम्बन्धी सूचना
Details / requirements:
कर्मचारी आवश्यकता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशन मितिः २०८२/१०/०८ गते
दलित सहयोग समाज (DHS) र युनाईटेड मिसन टु नेपाल (UMN) बझाङ्गको साझेदारीमा बुङ्गल नगरपालिका वडा नं ६, ७, ९, १० र ११ मा सन्चालित समान ब्यवहार र समुदाय र स्थानिय सरकार विपद तथा जलवायु उत्थानशिल परियोजना अन्र्तगत सामाजिक परिचालक आवश्यक भएकाले यो सुचना प्रकाशन भएको मितिले ७ दिनभित्र दरखास्त दिनुहुन आह्वान गरिन्छ ।
१. आवश्यकता सम्बन्धी विवरण:
पद: सामाजिक परिचालक
पद संख्या: ३ जना (समान व्यवहार परियोजनाका लागी १ जना र स्थानिय सरकार विपद तथा जलवायु उत्थानशिल परियोजनाका लागी २ जना )
२. न्युनतम योग्यता:
- नेपाली नागरिक हुनुपर्ने ।
- नेपाल सरकारको मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रबिणता प्रमाण पत्र तह पास गरेको ।
- सामुदायिक बिकास तथा सम्बन्धित क्षेत्रमा न्युनतम ३ बर्षको कार्य अनुभव भएको ।
- समुदायमा हुने तालिम सहजीकरण, व्यवस्थापन तथा प्रतिवेदन लेखन सम्बन्धि ज्ञान, सीप तथा अनुभव भएको ।
- समुह परिचालन तथा दर्ता, समुहको बैठक सन्चालन, माईन्युटिङ, समुह सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्बन्धी दक्षता भएको ।
- परियोजनाको आवश्यकता अनुसारको मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक प्रतिवेदन तयार गर्न सक्ने क्षमता भएको ।
- स्थानिय सरकार तथा अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने सिप भएको ।
- विद्यालयहरू, वार्ड विपद् व्यवस्थापन समिति, किसानहरूका लागि तालिमको सुविधा, र क्षेत्र भ्रमणहरू सञ्चालन गर्ने, र प्राविधिक ब्याकस्टपिङ प्रदान गर्ने सक्ने क्षमता भएको ।
- एकल महिला, दलित, महिला र अपाङ्गता (फिल्डमा काम गर्न सक्ने) लाई ग्राहेता दिईने छ ।
- उम्मेदवारको उमेर १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।
३. सेवा सुविधा: परियोजनाको नियमानुसार हुनेछ ।
४. दरखास्त दिने अन्तिम मिति: २०८२/१०/१४ गते कार्यालय समय भित्र ।
५. परिक्षाको किसिम: लिखित, अन्तर्वार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
६. आवश्यक कागजातहरू: सामुदायिक सहजकर्ता पदमा आवेदन गरेको हो सोको विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्बन्धीत विषयको कार्यानुभव पत्र, पासपोर्ट साईजको फोटो २ वटा र अन्य आवश्यक कागजातहरूको प्रमाणित प्रतिलिपी दलित सहयोग समाज बझाङ्गको बुगल न.पा.वडा नं.४ झापा फिल्ड कार्यालय र जयपृथ्वी नगरपालिका–१०, चैनपुर स्थित कार्यालय वा dhsbajhang@gmail.com मा दरखास्त बुझाउन सकिनेछ ।
नोट: प्रारम्भीक छनौंटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारबाही गरिने छैंन । साथै उल्लेखित प्रक्रिया पुरा भएका बुगल नगरपालिका भित्रका उम्मेदवारहरूले मात्र आवेदन दिन पाउनेछ ।
संयोजक
पदपूर्ति समिति
फोन नं. ०९२–४२१३६७
Overview
| Category | Development Project, Development / NGO |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 22 Jan, 2026 |
| Apply Before | 28 Jan, 2026 |
| City | Bajhang |