कर्मचारी आवश्यक्ता सम्बन्धी सूचना

Community Development & Advocacy Forum Nepal

Details / requirements:

आवश्यक्ता

प्रथम पटक सूचना प्रकासित मिति: २०८२/०२/०१

GEF/ Small Grant Program अन्तर्गत United Nation Development Program (UNDP) को आर्थिक सहयोगमा वागमती प्रदेश, सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, (CDAFN) बर्दिवास, महोत्तरीले दुधौली नगरपालिकाको सहयोग, सहकार्य तथा समन्वयमा संचालन गर्न गईरहेको Community Based Adaptation Project का लागि तपसिल अनुसारका कर्मचारीहरुको आवश्यक्ता भई सोही अनुरुप पद पुर्ति गर्नु पर्ने भएकोले माग भए बमोजिमका योग्यता पुगेका १८ वर्ष उमेर पुरा भई ६० वर्ष ननाघेका नेपाली नागरिकहरुका लागि आज मिति २०८२/०२/०१ गते यो दरखास्त आवहान गरिन्छ । 

तपसिल

पद: फिल्ड संयोजक (Field Coordinator)

संख्या: १ जना 

न्युनतम शैक्षिक योग्यता/अनुभव: मान्यता प्राप्त शैक्षिक संस्थानवाट कृषि (Agriculture) वा वनबिज्ञान (Forestry) विषयमा  Bachelor वा सो सरह उतिर्ण गरेको र चुरे संरक्षण, जलवायु परिवर्तन, प्राकृतिक श्रोत व्यवस्थापन , वातावरण संरक्षण, प्रकोप जेखिम  ब्यबस्थापन, न्यूनीकरण  तथा जिविकोपार्जनका क्षेत्रमा २ वर्ष अनुभव भएको । Masters गरेको लाई थप प्राथमिकता दिइने छ ।

प्रमुख जिम्मेवारी: परियोजनाको निर्दिष्ट मापदण्डमा बसि परियोजना चक्र ब्यबस्थापन (Project Cycle Management) को लागी CDAFN का कार्यकारी निर्देशक सँग समन्वय गरी पुर्ण निम्मेवारीका साथ परियोजना संचालन गर्ने । सम्बन्धित नगरपालिका, सहयोगी संस्था (UNDP), अन्य स्थानिय गैरसरकारी संघ संस्था तथा स्थानिय समुदाय र सरोकारवालाहरु सँग प्रत्यक्ष र प्रभावकारी समन्वय गरी परियोजना संचालन गर्ने । आफु मातहतका कर्मचारीहरुको योजना बनाई प्रभावकारी परिचालनको सुनिश्चित गर्ने । कृयाकलापहरु तोकिएको समयसिमा भित्र संचालन गर्ने कुराको सुनिश्चित गर्ने । तोकिएको मापदण्ड र समयसिमा भित्र प्राबिधिक तथा आर्थिक प्रतिवेदनहरु तयार गरी UNDP तथा संबन्धित सरोकारवालाहरुलाई पेश गर्ने । CDAFN का Admin and Logistic Manager सँग प्रत्यक्ष समन्वय गरी Admin तथा Logistic ब्यबस्थापनको काम गर्ने । CDAFN कार्यसमिति सँग आवस्यक समन्वय गर्ने । अन्य बिस्तृत जिम्मेवारीहरु कार्य  बिबरणमा उल्लेख भए अनुसार हुनेछन् ।

नोट: फिल्डबेस पद तथा जिम्मेवारी भएकोले सिन्धुली जिल्लाको तोकिएको नगरपालिकामा नै कम्तिमा ८०% बसि काम गर्नु पर्ने छ ।

पद: कृषि/वन प्राबिधिक (Agriculture/Forestry Technician)-Social Mobilization

संख्या: १ जना 

न्युनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थानवाट JTA (Agriculture) वा वनबिज्ञान (Forestry) विषयमा डिप्लोमा (+2) वा सो सरह उतिर्ण गरेको ।

कार्य अनुभव: सम्वन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको  अनुभव भएको । 

प्रमुख जिम्मेवारी: नगरपालिका, गाउंपालिका स्तरिय कृषि, वन तथा वातावरण सम्बन्धि प्राविधिक तालिम संचालन गर्ने, समुह परिचालन गर्ने, लक्षित समुहलाई स्थानिय तहमानैं बसि प्राविधिक सहयोग प्रदान गर्ने, फिल्ड संयोजकलाई मासिक प्रतिवेदन तयार गरि पेश गर्ने, सफलताको कथाहरु तयार गर्ने तथा स्थानिय सहजकर्ताहरुलाई सहयोग गर्ने । अन्य बिस्तृत जिम्मेवारीहरु कार्य  बिबरणमा उल्लेख भए अनुसार हुनेछन् । 

नोट: फिल्डबेस पद तथा जिम्मेवारी भएकोले सिन्धुली जिल्लाको तोकिएको नगरपालिकामा नै बसि काम गर्नु पर्ने छ । 

बुझाउनु पर्ने कागजातहरु: आफ्नो योग्यता संग मेल खाने पद र सोको जिम्मेवारी बहन गर्न सक्ने अनुभव सहित खुलेको निवेदन, वायोडाटा (फोटो समेत), सम्पुर्ण शैक्षिक योग्यताको प्रमाण पत्रहरुको प्रतिलिपी, नागरिकता प्रमाण पत्रको प्रतिलिपी, कम्प्यूटर सम्वन्धी ज्ञानको प्रमाण पत्रको प्रतिलिपी, अनुभवको प्रतिलिपी र दुबै पदका लागी मोटरसाईकल/स्कुटर सवारी चालक अनुमति पत्रको प्रतिलिपी समेत ।

निवेदन बुझाउने अन्तिम मिति: बिज्ञापन प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यालय समयमा वा सो दिन विदा पर्न गएमा विदाको भोली पल्ट कार्यालय संचालन भएको समयमा दरखास्त वुझाउन सकिनेछ । संस्थाको ईमेल cdafnmahottari@gmail.com मार्फत पनि पुर्ण कागजात सहितको दरखास्त पठाउन सकिने छ ।

परिक्षाको किसिम: लिखित र अन्तरवार्ता

नोट: न्युनतम आवश्यक योग्यता पुरा भएका निबेदनहरुको छानबिन पश्चात छोटो सूचीमा (short list) पर्न सफल उम्मेदवारहरुलाई लिखित र अन्तरवार्ताको लागि सूचना गरिने छ । स्थानिय/सम्वन्धित जिल्लाका महिला, दलित, मुस्लिम तथा पिछडिएका समुदायलाई विशेष ग्राहयता दिईने छ ।

सम्पर्क:

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल (CDAFN)

(कर्मचारी  छनौट तथा भर्ना समिति)

बर्दिवास नगरपालिका, महोत्तरी 

मोवाईल नं.: ९८४४०३००९३

Email: cdafnmahottari@gmail.com

Overview

Category Agriculture + Livestock, Development and Project, Development / NGO
Openings 2
Salary As per organization rules /
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 15 May, 2025
Apply Before 21 May, 2025
City Mahottari